20140222

भारतीय खास एजेन्ट भनी प्रख्यात नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले अबको एक-दुई दिनभित्रै सुशील कोइरालाले एमालेलाई गृहमन्त्रालय दिएर सहमति गर्नुपर्ने बताए

देउबा नै लागि रहेका छन शुशीललाई असफल बनाउन, भारत पनि खुशी देखिएन शुशीलसँग, एमाले अडान कायमै, शुशील झुक्न वाध्य बनाइदै, पारा हेर्दा लाग्यो शुशील झन असफल हुने सम्भावना बढ्दैछ  !        
एमालेसँग वार्तामा सक्रिय सहभागी भारतीय खास एजेन्ट भनी प्रख्यात  नेपाली कांग्रेसका सभासद
अमरेशकुमार सिंहले अबको एक-दुई दिनभित्रै सुशील कोइरालाले एमालेलाई गृहमन्त्रालय दिएर सहमति गर्नुपर्ने बताएका छन् । कोइराला तत्काल सहमतिमा नआए संसदले नयाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री तीनै जनाको चुनाव गर्ने सिंहको विश्लेषण छ । चाँडै देशमा सहमति भएन भने प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपति तीनैजनाको नयाँ निर्वाचन हुन्छ । यो सरकार कानूनी हिसाबले बहुमतमा रहेजस्तो देखिए पनि व्यवहारिक हिसाबले अल्पमतमा परिसकेको छ ।’ सिंहले शनिबार भने, ‘सहमति मुखले हैन, व्यवहारले गर्नुपर्छ र त्यसका लागि एमालेलाई गृहमन्त्रालय दिनैपर्छ ।’ कोइराला प्रधानमन्त्री बन्नुपूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँगै एमालेसँग वार्तामा खटिएका सिंहले गृहमन्त्रालय एमालेलाई दिने विषयमा कोइराला त्यतिबेलै जानकार रहेको दाबीसमेत गरे । सिंहले अनलाइनखबरसँग भने-’सातबुँदे सहमति हुँदा केपी ओलीले स्पष्टसँग भनेका थिए, एमालेलाई उपप्रधान र गृहमन्त्रालय नदिए हामी सरकारमा जाँदैनौं । तर, ओलीले यसोभन्दा सुशील कोइराला बोलेनन् । गृह नदिने भए त्यतिबेलै कोइरालाले बोल्नुपथ्र्यो ।’ विशेषगरी दक्षिणतर्फको छिमेकी भारतसँग राम्रो सम्बन्ध र पहुँच रहेका कांग्रेसका युवा नेता सिंहले सुशील कोइरालाको व्यवहारप्रति अन्तरराष्ट्रिय समुदायको पनि विश्वास टुटेको बताए । ‘अन्तरराष्ट्रिय समुदायको पनि आशा छैन कि यो सरकारले गरी खान्छ र संविधान बनाउँछ ।’ पार्टी सभापतिले अह्राएर महामन्त्री सिटौला र आफू एमालेसँग वार्ताका लागि खटिएको सिंहले बताए । ‘हामी नखटुञ्जेल रामशरण महत र दीपकुमार उपाध्यायले १५ दिनदेखि वार्ता गरेकै हुन्, तर, हामी खटिनासाथ एमालेसँग सहमति भयो,’ कांग्रेस नेता सिंहले भने-’अहिले हामी चूपचाप हेरिरहेका छौं, संसदमा जाने र घर आउनेमात्रै गरिराखेका छौं, सिटौलाजी र मिनेन्द्रजी पनि चुप लागेर हेरिरहनुभएको छ ।’ प्रधानमन्त्री कोइरालाले एमालेसँग सहमति तोडेपछि सरकार अल्पमतमा परिसकेको बताउँदै सिंहले आफ्नै दलका सभापतिसँग असन्तुष्टि पोख्दै भने- ‘प्रधानमन्त्रीको एजेन्डा के हो ? सरकार कसरी चलाउने ? संविधान बसरी बनाउने ? जनताले केही बुझ्न सकेका छैनन् । मैले पनि बुझेको छैन ।’ प्रधानमन्त्री कोइरालाले अब एक-दुईदिनभित्रै एमालेलाई गृहमन्त्रालय दिएर सहमतिमा आउनुपर्ने सिंहको सुझाव छ । ‘सरकार विस्तारका लागि पहिले शेरबहादुर देउवासँग सहमति गर्नुपर्‍यो, त्यसपछि एमालेसँग सहमति गर्नुपर्छ,’ सिंहले भने । आफ्नै दल र एमालेसँग सहमति गरिसकेपछि विस्तारै एमाओवादी र मधेसवादीलाई पनि सहमतिमा ल्याउनुपर्ने सुझाव दिँदै नेपाली राजनीतिका भविश्यवाणीकर्ता सिंहले अनलाइनखबरसँग भने, -चाँडै सहमति नगरे देश अस्थिरतातर्फ जान्छ र तीन महिनाअगावै नयाँ प्रधानमन्त्रीको चुनाव हुन्छ, सँगै राष्ट्रपति र उपराष्ट्रपतिको पनि चुनाव हुन्छ ।’ नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले तत्काल आफ्नो पक्षका मन्त्री हुनेको नाम नदिने भएका छन् । पार्टी सभापति समेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले शुक्रबार साँझ भएको सहमति २० मिनेटमै तोडेको देउवाको आरोप छ । वरिष्ठ नेता देउवाले आफू पक्षीय केन्द्रीय सदस्यहरुसँग शनिबार भएको छलफलमा तत्काल आफ्नो पक्षबाट सरकारमा जाने नेताहरुको नाम नदिने बताए । ‘शुक्रबार साँझ भएको छलफलमा प्रधानमन्त्री बाहेक संस्थापन पक्षबाट एकजना बढी राखेर मन्त्री थप्ने सहमति भएको थियो’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने-’बालुवाटारबाट बूढानीलकण्ठ आइपुग्नासाथ प्रधानमन्त्रीले फोन गरेर अघि मिस अन्डरस्ट्याण्डिङ भएछ, तपाई दुईजना मन्त्रीको नाम दिनुस्, म दुईजना थपेर मन्त्रिपरिषद् विस्तार गर्छु भन्नु भयो ।’ आफूले दुई जनाको नाम दिँदा कोइरालाले आफ्नो पक्षबाट तीन जना थप्ने देउवाको आँकलन छ । ‘६ जनाको मन्त्रिपरिषद् हुँदैन, बिजोर संख्या बनाउँदा सभापतिले तीनजना राख्ने निश्चित छ’ उनले भने-’रामशरण महत पहिल्यै हुनुहन्छ, त्यसैले यो सहमति विपरीत हुन्छ ।’ देउवा पक्षका नेताका अनुसार शुक्रबार साँझ भएको छलफलमा कांग्रेसको भागमा पर्ने मन्त्रालयको आधामा प्रधानमन्त्रीले आफू बाहेक एक बढी मन्त्री बनाउने सहमति भएको थियो । स्रोत अनुसार देउवाले नाम दिन अस्वीकार गरेपछि प्रधानमन्त्री कोइराला थप अफ्ठ्यारोमा परेका छन् । सहमतिअनुसार गृह मन्त्रालय नपाएको भन्दै सत्ता साझेदार एमाले सरकारमा सहभागी भएको छैन । एमालेले गृह दिए पनि सरकारमै नजाने संकेत दिएको छ । एमाले संसदीय दलका नेता केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । वाथ रोग र यूरिक एसिडले च्यापेपछि ओली धापासीस्थित ग्रान्डी अस्पताल भर्ना भएका हुन् । KP-oli-newकेही महिनायता वाथ र युरिक एसिडले समस्या पारेपछि ओलीलाई स्वास्थ्योपचारका लागि अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए । ‘उहाँको हात सुन्निएर समस्या भएकाले उपचार तथा आरामका लागि अस्पताल भर्ना गरिएको हो’, आचार्यले भने ‘त्यस्तो गम्भीर समस्या केही होइन, उहाँलाई आरामको जरुरत भएकाले अस्पतालमा राखिएको हो । यूरिक एसिड बढेर स्वास्थ्यमा समस्या भएपछि ओलीलाई अस्पतालमा राखेर उपचार गर्नुपरेको हो । ‘अस्पतालमा उपचार गर्दा चाँडो रिकोभर हुनेभएकाले भर्ना गरिएको हो’, आचार्यले भने ‘लगातारको दौडधुपबाट टाढा राखेर आराम दिलाउन अस्पतालमा भर्ना गरिएको हो ।’ वाथ र यूरिक एसिडले समस्यामा परेका ओलीलार्इ यसअघि मृगौलाको रोगले पनि समस्यामा पारेको थियो । स्वास्थ्यमा समस्या भएपछि नेता ओली शनिबारबाट शुरु केन्द्रीय कमिटीको बैठकमा पनि उपस्थित हुन सकेनन् । बैठकमा जान ओली तयार भएपनि उनलाई यूरिक एसिडले समस्यामा पारेपछि सहयोगीको सल्लाहमा अस्पताल भर्ना गरिएको हो । शनिबारबाट शुरु बैठक नवौं महाधिवेशन र कांग्रेस नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे केन्द्रित छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक