(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीतिबाट पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

20140224

राप्रपा नेपालले एक वर्षभित्र संविधान निर्माणका लागि आठबुँदे फास्ट ट्याक योजना प्रस्ताव

Kamal-thapa-fast-track
अनलाइन खबरका अनुसार  राप्रपा नेपालले एक वर्षभित्र संविधान निर्माणका लागि आठबुँदे फास्ट ट्याक योजना प्रस्ताव गरेको छ । ०७१ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन संविधान जारी गरी लागू गर्ने उसको प्रस्ताव रहेको छ । राप्रपा

नेपालले अघि सारेको प्रस्तावमा पाँचवटा विषयगत, दुई वटा प्रक्रियागत र संवैधानिक समिति बनाउने प्रस्ताव गरेको छ । अघिल्लो संविधानसभाका विषयगत समितिहरुमा भएका निर्णय सभासदहरुले पेश गर्न चाहे नयाँ प्रस्ताव ल्याउनुपर्ने र त्यसमाथि छलफल गरी आवश्यक निर्णय गरी संवैधानिक समितिमा पेश गर्ने र यो काम आगमी वैशाख मसान्तभित्र गर्ने उसको प्रस्ताव छ । विषयगत समिति र संवैधानिक समितिबाट प्राप्त प्रस्तावका आधारमा प्रारम्भीक मस्यौदा तयार पर्ने र तयार भएको मस्यौदालाई संविधानसभामा पेश गरि असारभित्र निर्णय गरिसक्ने प्रस्तावमा उल्लेख छ । राप्रपा नेपालको फास्ट ट्याक योजना अनुसार संविधानसभाको पूर्ण वैठकले पारित गरी बनेको नयाँ मस्यौदालाई जनतामा लैजाने र प्राप्त सुझावका आधारमा असोज मस्यौदाभित्र अन्तिम मस्यौदा निर्माण गरी संविधानमा पेश गरिनेछ । राप्रपा नेपालले संविधानसभाको पूर्ण बैठकबाट समेत निरुपण हुन नसकेका र दुरगामी महत्वका विषयबारे कात्तिकमा जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेको छ । जनमत संग्रहबाट प्राप्त जनादेश अनुसार संवैधानिक समितिले अन्तिम मस्यौदा बनाइ संविधानसभाको पूर्ण बैठकमा पेश गर्ने र माघ ८ गतेभित्र नयाँ संविधान पारित गर्ने प्रस्तावमा उल्लेख छ । संविधानसभाबाट पारित भएको नयाँ संविधान २०७१ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन जारी गर्ने राप्रपा नेपालको फास्ट ट्याक कार्यसूचीमा उल्लेख छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक