20140216

पोखराबाट जुम्ला तर्फ जाँदै गरेको चालक दल सहित १८ जना सबार नेपाल वायुसेवा निगमको जहाज दुर्घटना !

यही ४३ वर्ष पुरानो 9N-ABB विमान नेपाली कांग्रेसले सशस्त्र संघर्षका क्रममा विराटनगरबाट उड्दा अपहरण गरेको थियो। २०३० साल जेठ २८ गते विराटनगरबाट उडेको विमान अपहरण गर्ने योजनामा सुशील कोइराला पनि संलग्न थिए, जो आज नेपालका प्रधानमन्त्री छन्।

घटनाको पूर्ण आधिकारिक पुस्टि हुन बाँकी .......
Updated news......पोखराबाट जुम्ला तर्फ जाँदै गरेको चालक दल सहित १८ जना सबार नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको छ ।  अर्घाखाँचीको खिदिम जंगलमा भएको बिमान दुर्घटनामा परि चालक
दलका तिन सदस्य सहित सबै यात्रुको मृत्यु भएको अनुमान गरिएको छ । प्रमूख जिल्ला अधिकारी
कमलराज अधिकारीका अनुसार बिमानको खोजिका लागि काठमाडौंबाट आएको हेलिकोप्टरले गरेको निरिक्षण, स्थानियले दिएको जानकारी र घटनास्थल पुगेको सुरक्षाकर्मीहरुका अनुसार दुर्घटनाग्रस्त बिमान आगलागी भएको छ । बिमानमा केही जलेको अवस्थामा लास भेटिएको छ भने, कसैको पनि पहिचान गर्न सकिने अवस्था छैन । दुर्घटनाको खवर सुरुमा स्थानीयले ठूलो आवाज आएको र आगो लागेको भन्दै सदरमुकाममा रहेका प्रहरी, पत्रकार र सुरक्षा निकायलाई गराएका थिए । स्थानियले बिमान ठुलो आवाज सहित खसेको बताएका छन् । तर घटनाको पूर्ण आधिकारिक पुस्टि हुन बाँकी नै छ बिमान दुर्घटनामा र यात्रुको मृत्युबारेमा नेपाल वायुसेवा निगम प्रशासनले भने पुष्टि नभइसकेको भन्दै थप जानकारी दिन मानेन । काठमाडौंस्थित नेपाल वायुसेवा निगमका अधिकारीहरुले बिमान दुर्घटनाग्रस्त भेटिएको भन्ने अपुष्ट खवर आएपनि आधिकारीक जानकारी नआइसकेको भन्दै थप जानकारी केही बेरमा दिने बताए । अर्घाखाँचीको खिदिम जंगलमा दुर्घटना भएको विमानमा सवार मध्ये दश जना यात्रुले कर्णाली ट्राभलबाट टिकट काटेको खुलेको छ । ट्राभलले जनाए अनुसार टिकट काट्नेहरुमा नेपाली कांग्रेस जुम्लाका सभापति मानव सेजुवाल, नेपाल पत्रकार महासंघकि पुर्व केन्द्रिय सदश्य गौरी कठायत, नेपाली सेनाको २४ नम्बर बाहिनीका मेजर दीपक श्रेष्ठ , टेकबहादुर महतरा, नन्दा महतरा, डी महतरा, वर्षा हमाल न्यौपाने, उनका छोरा दिप हमाल, जिल्ला हुलाक कार्यालय जुम्लामा निमित्त प्रमुख उमा तामाङ, कर्णली स्वास्थ्य प्रतिष्ठानका डा विकल्प पोखरेल, डीपी उपाध्याय र युनसेफमा कार्यरत डेनमार्कका नागरिक थिए । यस्तै कृषि विकास वैंक जुम्लाका प्रमुख राजेन्द्रप्रसाद देवकोटा, हुम्लाका हुलाक प्रमुख उमा श्रेष्ठ, कृष्णनाथ योगी पनि रहेको खुलेको छ । विमानको पाइलट शंकर श्रेष्ठ, को पाइलट रवीन्द्र बन्जारा र एयर होस्टेज मुना महर्जन थिए ।

विमानमा रहेकी एयर होस्टेस मुना महर्जन
विमानमा रहेकी एयर होस्टेस मुना महर्जन

विमानका को पाइलट कोपाइलट रवीन्द्र बञ्जारा

बिमान संपर्कबिहिन हुना साथ नागरिक उद्ड्यन प्राधिकरणले प्रकाशइत गरेको प्रेस रिलिज यस्तो थियो 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक