20140217

सेना र प्रहरीको टोलीले घटनास्थल अर्घाखाँचीको मसिना लेकको खोँचबाट १८ जना सबैको शव फेला पारे !



दुर्घटनाग्रस्त भएको नेपाल एयरलाइन्सको विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको पुष्टि 

आइतबार दुर्घटनाग्रस्त भएको नेपाल एयरलाइन्सको विमानमा रहेका सबै १८ जनाको मृत्यु भएको पुष्टि नेपाली सेनाले गरेको छ । उद्धारमा खटिएको सेना र प्रहरीको टोलीले घटनास्थल अर्घाखाँचीको मसिना लेकको खोँचबाट १८ जना सबैको शव फेला पारेको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।  विमानमा
तीन जनाको चालक दल र १५ जना यात्रु रहेका थिए । यात्रुमध्ये एक जना बालक र एक डेनिस नागरिक रहेका छन् । १८ मध्ये ८ जनाको शवको पहिचान भइसकेको पनि पोखरेलले बताए ।  काठमाडौंबाट पोखराहुँदै जुम्लाका लागि उडेको विमान आइतबार दिउँसो १:१३ मिनेटबाट सम्पर्कविहीन भएको थियो । अन्तिम पटक भैरहवा विमानस्थल टावरसँग भएको सम्पर्कमा विमानका चालकले विमान आकस्मिक अवतरणका लागि त्यसतर्फ फर्काएको बताएका थिए ।  त्यसपछि सम्पर्कविहीन विमान सोमबार बिहान अर्घाखाँचीको मसिनेलेकमा हिँउ परेको हेर्न गएका युवाले दुर्घटनाग्रस्त अवस्थामा फेला पारेका थिए ।  मृतकहरूको शव घटनास्थलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानी ल्यार्इ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । जलेका शवको पहिचार गरी पोष्टमार्टमपछि परिवारलार्इ जिम्मा लगाइने अस्पतालले जनाएको छ। दुघर्टना भएको नेपाल वायु सेवा निगमको विमानको ब्ल्याकबक्स पनि सोमबारै भेटिएको छ । विमान क्षतविक्षत अवस्थामा भेटिएपनि दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन नेपाल नागरिक उड्यनन प्राधिकरणले विमान दुर्घटनाबारे छानविनका लागि त्रिरत्न मानन्धरको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ । सन् १९५५ यता नेपालमा भएको यो ७५ औं हवार्इ दुर्घटना हो । पछिल्लो समय नेपालमा हवाइ दुर्घटना बढ्दै गएको छ । सन् २०१० देखि २०१३ सम्ममा मात्रै ८ वटा हवार्इ दुर्घटना भएका छन् । 


दुर्घटनामा मृत्यु सबै १८ जनाको नामावली यसप्रकार रहेको छ-
नन्दा महतारा र उनका श्रीमान् टेकबहादुर महतारा –चन्दननाथ १
उमा तामाङ – जिल्ला हुलाक कार्यालय जुम्लामा निमित्त प्रमुख
राजन चौंलागाई (टिका) – चन्दननाथ ९ मालाभिड
बबरजँग शाही
वर्षा हमाल र उनका छोरा दिप हमाल  
डा.बिकल्प पोखरेल – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर
दीपक श्रेष्ठ – नेपाली सेनाको २४ नम्बर बाहिनीका मेजर
राजेन्द्र देवकोटा – कृषि विकास बैंक जुम्लाका म्यानेजर
गौरी कठायत – रेडियो नारी आवाजका अध्यक्ष तथा पत्रकार महासंघका पूर्व सदस्य
मानव सेजुवाल – नेपाली काँग्रेस जुम्लाका सभापति
कृष्णनाथ योगी – 
डीपी उपाध्याय – चन्दननाथ गाविस
एम म्याथिसेन (डेनिस पर्यटक)
चालक दल
क्याप्टेन शंकर श्रेष्ठ
को-पाइलट रवीन्द्र वञ्जारा
एयर होस्टेज मुना महर्जन


री दुर्घटना भएको थियो ।
आइतबार अपराहृनबाट सम्पर्कविहीन जहाज आज बिहान करिब ६ बजेको समयमा दुर्घटना भएको स्थान पत्ता लागेपछि सशस्त्र प्रहरी, नेपाली सेना र प्रहरी पुगेर उद्दार गरेको थियो।
मृतकको शवलाई नेपाली सेनाको हेलीकप्टरको सहायताले राजधानी ल्याइएको छ ।
हेर्नुहोस् केही तस्विरहरु
दुर्घटनास्थलबाट संकलन गरिएका शवहरु सेनाको ब्यारेकतर्फ लैजादै । तस्विर गणेश

दुर्घटनास्थलमा उद्दार गर्दै सशस्त्र प्रहरीको उद्दार टोली । तस्विर सौजन्य एपिएफ

दुर्घटनास्थल । तस्विर सौजन्य नेपाली सेना।
उद्दार गरेर राजधानी ल्याउने क्रममा । तस्विर सौजन्य नेपाली सेना

संकलन गरिएका शवहरु हेलिकप्टरमा राख्न तयार गरिदै । तस्विर सौजन्य नेपाली सेना

विनानस्थलमा शवहरु । तस्विर सौजन्य नेपाल आर्मी

दुर्घटनास्थल । तस्विर सौजन्य नेपाली सेना।

दुर्घटनास्थल । तस्विर सौजन्य नेपाली सेना।

दुर्घटनास्थलमा उद्दार गर्दै सशस्त्र प्रहरीको उद्दार टोली । तस्विर सौजन्य एपिएफ

दुर्घटनास्थलमा उद्दार गर्दै सशस्त्र प्रहरीको उद्दार टोली । तस्विर सौजन्य एपिएफ


दुर्घटनास्थलमा उद्दार गर्दै सशस्त्र प्रहरीको उद्दार टोली । तस्विर सौजन्य एपिएफ







No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक