20140206

पोखराबाट बुटवलका लागि छुटेको लु १ ख ४९२४ नम्बरको बस पाल्पाको चिदीपानी २ भालुखोलामा पल्टिँदा १४ जनाको ज्यान गयो !

पाल्पाको चिदीपानी २ भालुखोलामा बस पल्टिँदा १४ जनाको ज्यान गएको छ । बुधबार राति भएको दुर्घटनामा ७ जना गम्भीर घाइते भएका छन् । पोखराबाट बुटवलका लागि छुटेको लु १ ख ४९२४ नम्बरको बस सिद्धार्थराजमार्गको आर्यभन्ज्याङ नजिक चिदीपानीबाट झण्डै तीनसय मिटर तल भालुखोलामा खसेको हो । घाइतेमध्ये चारजनाको युनाइटेड मिसन अस्पतालमा र तीन जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । पाल्पामा भएको यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने १४ मध्ये १३ जनाको सनाखत भएको छ । बाँकी एक पुरुषको मात्रै सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेहरुम गाडी धनी भिमगिठे बुर्तिबाङ्ग बाग्लुङ्गका २८ बर्षिय मोहन केसी, चालक पाल्पा मुझुङ्गका ३३ बर्षिय रोमन सिंह सारु, गुल्मी सिमिचौर ६ का डिङ्गबहादुर बस्नेत रहेका प्रहरीले जनाएको छ । यसैगरी  भरतपोखरी १ कास्कीका बुद्धिबहादुर बिक, मोरभाङ्ग ९ रुकुमका ३८ बर्षिय राजबहादुर गुरुङ्ग, पर्बत ठुलीपोखरी बाबुराम आचार्य, पर्बतकै फौला लाकुरका ठाकुर सुनार, गुल्मी मेहलपोखरीका गिरिराज भट्राई, मोरङ्ग बिराटनगरका  ४९ बर्षिय गोपाल ढकालको पनि दुर्घटनामा ज्यान गएको छ । यसैगरी ज्यान गुमाउनेमा बर्दिया मंगरागढी ९ का २१ बर्षका बिराट सिंह ठकुरी र मगरागढीकै राम वली, नरपानी ८ अर्घाखाँचीका पदम झाक्री र कौडिया ५ दाङ्गका ३१ बर्षिय टेकराज पौडेल रहेका प्रहरीले जनाएको छ । मृतक मध्ये १२ जनाको घटनास्थलमै र २ जनाको उपचार गर्न अस्पताल लाने क्रममा बाटोमै ज्यान गएको हो ।




 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक