20140207

५ जना माओबादी हत्याराहरुलाई अदालत द्वारा जन्मकैदको फैसला, पालो अरुको पनि आउंछ कि !

जिल्ला अदालत ओखलढुङगाले एमाले नेता छविलाल कार्कीको हत्याका ५ जना अभियुक्तलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधिस सुवासबाबु पुरीको इजलासले शुक्रबार उक्त फैसला गरेको हो । हत्या आरोपमा जन्मकैदको सजाँय फैसला भएका सबै पाँच जना एमाओवादी कार्यकर्ता भएको बताइएको छ । जन्मकैदको सजाँय पाउनेमा पोखरे गाविसका यदुनाथ घिमिरे, दियाले–९ का टिकाराम भुजेल, पोखरे गाविस विमर्शराज घिमिरे, तलुवा गाविसका नवराज बस्नेत र कार्कीका दाजु चन्द्रबहादुर कार्की रहेको जिल्ला अदालतका श्रेस्तेदार धनबहादुर कार्कीले जानकारी दिए । हत्या आरोप लागेका देवबहादुर कटवाल, दिलबहादुर सार्की र लालबहादुर भुजेललाई तीन वर्षको कैद तोकिएको छ । उक्त मुद्दामा किटानी जाहेरी परेर फरार रहेका एमाओवादीका अन्य सात जना कार्यकर्ताहरुको मुद्दा मुल्तवीमा राखिएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक