20140208

हामी नेपाली कता जाँदैछौं कुन्नी !!!!!!

हामी नेपाली कता जाँदैछौं कुन्नी ! राम्रा कुरा, सिक्नु पर्ने कुरा, समाजलाई फाईदा पुग्ने कुरा, आफ्नो धर्म सँस्क्रितिका कुरा, आफ्ना सन्तानहरुलाई आफ्नो सँस्कार, मुल्य मान्यता, भाषा, रितिरिवाज सिकाउने कुरामा भन्दा पनि केबल पश्चिमा सँस्क्रिति, छाडा सँस्क्रिति, बच्चा पाउनु अगाडीका गर्ववतिका भुँडी मुसार्दै गरिने बेबी सावर ( भुँडी पूजा : बच्चा जन्मिने कहिले कहिले कन्नानी लाउने अहिले !!! ) , भ्यालेन्टाइन डे, बोय फ्रेन्ड, गर्ल फ्रेन्ड, अफेयर, डिस्को, फेसन याबत गलत सँस्कार तर्फ प्रोत्साहित गरिरहेकाछौं । अङ्रेजिमा बोल्दा दँग परेर आमा बाबुले नाक ठुलो पार्दा छोरा छोरीले नेपाली भुलेर बिजोग छ । नेपालबाट आफन्त जनले फोन गर्दा, हजुर बा, हजुर आमा र आफन्त आउँदा ठुलो ग्याप भैसकेको देखिन्छ । अरु कुरा छोडौँ अब हाम्रै सन्तानहरु बिदेशी कल्चर सिकेर १८ बर्ष हुँदा घर छोड्न चाहने, केटा केटी मिलेर बाहिरै बस्ने, बाबु आमाबाट टाढा रहने, क्रिसमसमा गिफ्ट बोकेर मात्र एक दिन भेट्न आउने बातावरण बन्दै गएको देखिन्छ । के यही हो हाम्रो सँस्कार ?? हामी हाम्रा सन्तानलाई कता लैजाँदैछौं ?? कतै हामी आफैले बुढेसकालमा आफ्नै लागि ब्रिद्ध आश्रम बुक त गर्दै छैनौ ???!!!! मेरा मित्रहरु सँग बिनम्र अनुरोध : कृपया बेबी सावर मेरो परिभासामा भुँडी पूजा, भ्यालेन्टाइन डे लगायतका कार्यक्रम, पार्टीहरु जुन सँस्कारहरु हाम्रा हुँदा पनि होइनन, हुने पनि छैनन, मा मलाई निम्ता नगरि दिनुभएमा म आभारी हुनेछु । तर हाम्रा नेपाली चाडवाड, सँस्क्रितिहरु, मुल्य मान्यताका सँस्कारहरु, धार्मिक कुराहरुमा म टाउकोले टेकेर पनि उपस्थित हुने प्रयास गर्नेछु । धन्यवाद ।
                 *Everyday visit www.Nepalmother.com*







यिनिहरु हुन हाम्रो नेपालका वास्तविक नेपाल सुन्दरीहरु । जसले पौरख गरेर खान्छन । जसले नेपाल थामेका छन । जो वास्तविक नेपाली हुन र मन मुटु सबै नेपाली नै छ ।  22-27 थरी मेकअपका सामानको खोलो बगाएर, बिरालो जस्तै हिंडेर, तीघ्रा र नाइटो देखाएर, मान्छे बाउन्न बिरे, हिल जुत्ता लगाएर हाइट बढाएर ! अह हामी त मान्दै मान्दैनौँ  तिनीहरुलाई नेपाल सुन्दरी । मेकअप उतारेका बेला हेर्नु पर्छ तिनको अशली अनुहार ! तर्साउने जस्ता । होकी होइन ल भन्नुस ?? - नेपाल मदर डट  कम               

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक