20140204

भनिन्छ, बेश्या र डाँकामा पनि इमान जमान हुन्छ, उनीहरु त्यो रेखा कहिल्यै नाघ्दैनन् तर हाम्रा नेताहरु ?????!!!!


संविधान लेख्न छाडेर छिर्की हानाहान

- राजन कार्की 

ठूला दलहरु अझै परिपक्व भएका रहेनछन् । विवेकीहरु ठेस लागेर पीडाबोध गरिसकेपछि बिर्सर्ेेपनि खुट्टा लतारेर हिड्दैनन् । ०६४ साल चैत २८ को संविधानसभा ४ वर्षा बिघटन हुनपुग्दा घाइते अनुभव गरेका शर्ीष्ा दलहरु नै ०७० सालको संविधानसभाको दोस्रो निर्वाचनका मुख्य पात्रहरु हुन्् तर फेरि पनि उनीहरु पहिलेको ठेस र पीडाबोध बिर्सर्ेेसत्ता छिनाझप्टीकै अध्यासमा अभ्यस्त हुनथालेका छन् । परिपक्वता आएका भए मुख्य दलहरु यसरी का“चो चरित्र देखाउने थिएनन् ।  ल्ाोकतान्त्रिक गणतन्त्र भनेको नैतिक चरित्र नभएर सत्तासीन हुने प्रवृत्तिमात्र हो - राजनीति वनारसको छाडा गल्ली र राजनेता भनेको बाइफाले बेश्याजस्तो हनुसक्छन् - भनिन्छ, बेश्या र डा“कामा पनि इमान जमान हुन्छ । उनीहरु त्यो रेखा कहिल्यै नाघ्दैनन् । गजब छ, हाम्रा नेताहरुले ०६३ साल वैशाख ११ गतेदेखि अभ्यास गरेको लोकतन्त्रलाई ०७० सालमा आइपुग्दा पनि लज्जाहीन बनाइरहेका छन् । देश सम्मानित संविधानको माग गरिरहेको छ, एकवर्षै संविधान लेख्छौं भनेर अङ्भर गरेका जिम्मेवार नेताहरु संविधान छाडेर आफू-आफू र एक-दोस्रालाई छिर्की हानाहान गरेर समय बिताइरहेका छन् । यी शर्ीष्ा नेता हुन् कि अदृश्य अभिष्ठबाट परिचालित शिखण्डी पात्र - संशय
गर्नसकिने प्रशस्त आधारहरु छन् ।
मंसिर ४ को निर्वाचन आएपछि घण्टाभरमै ठूला दलहरुले संसदीय दलको नेता छान्नुपथ्र्यो र जनादेश सहमतीय सरकार गठन गरेर सहमतिबाट संविधान लेख्नु भन्ने स्पष्ट भइसकेको स्थितिमा सहमतीय सरकार गठन गरिहाल्नुपथ्र्यो । यसरी झण्डै ३ महिना समय खेर फाल्नु हुन्नथ्यो । अझै पनि सरकार गठन गर्न थरि थरिका र्सत बन्देजसहितको च्या“खे थाप्ने, छिर्की हान्ने असहृय चर्को राजनीति खेलहरु दृश्य अदृश्य रुपमा चलिरहेकै छन् । जनताले खोजेको नया“ संविधान लेखन प्राथमिक विषय बनेकै छैन । यस्तो घटनाक्रमले एकवर्षा संविधान लेखिन्छ भनेर विश्वास गर्न सकिन्न, भएको विश्वास मर्दै जान थालेको छ ।
नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ । यो दलका सभापतिलाई संसदीय दलको नेता हुन दिन्न भनेर बरिष्ठ नेता शेरबहादुर देउवाले झगडा झिके । अन्ततोगत्वा चुनाव भयो र सभापति सुशील कोइराला नै नेता चुनिए, कांग्रेसले सुशील कोइरालाको नेतृत्वमा सरकार गठन गर्ने निर्ण्र्ाागर्‍यो । सुशील अघि र्सनासाथ केही पार्टर्ीी सहमति दिए, केहीले दिएनन् । यही कारणले सहमतीय सरकार गठन हुनसकेन । अव माघ २७ गते बहुमतीय प्रक्रियाबाट सरकार बनाउने मिति तोकिएको छ । तर कांग्रेसभित्रै देउवाले भनेका छन्- अव ६०, ४० होइन, बराबरी भाग हामीलाई पनि चाहिन्छ । देउवालाई नै बहुमतीय सरकार गठन गर्ने अन्तरदल वार्ता समितिमा बसिदिन आग्रह गर्दा देउवाले असहयोग गरिदिएका छन् । भवानीपुरको भीडबाट जन्मेको नेपाली कांग्रेसको नानीदेखिको बानी सुध्रेको देखिन्न । 
एमाले सबैभन्दा 'अल्टर दल'का रुपमा देखिएको छ । अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेता मान्न केपी ओलीले इन्कार गरिदिए । उनले वामदेव गौतमलाई आफ्नो र्समर्थक बनाएपछि क्रुद्ध माधवकुमार नेपालले अध्यक्ष झलनाथ खनाललाई सुर्‍याएर चुनावी मोर्चामा उतारे । माघ २१ गते भएको निर्वाचनमा केपीले झलनाथ खनाललाई ७५ का विरुद्ध ९८ मतले पराजीत गरिदिए । जतिसुकै एक भएर जाने र संविधान लेखनमा एक भएर लाग्ने भनेर भाषण छा“टे पनि एकपटक फुटिसकेको घ्याम्पो फेरि मानसिक रुपमा फुट्यो, एमालेभित्र गूटबाजीको लक्ष्मणरेखा कोरियो । यसको असर सत्ता निर्माण, सत्ता प्रवेश र पार्टर्ीीे प्राथमिकतामा पर्ने निश्चित छ ।
एमाओवादी तेस्रो ठूलो दल, यो दलभित्र बाबुराम भट्टर्राई र नारायणकाजी श्रेष्ठले नेतृत्व बदल्न अधिवेशन माग गरे । चङ्ख अध्यक्ष प्रचण्डले वैशाखमा अधिवेशन होइन, राष्ट्रिय सम्मेलन बोलाउने प्रस्ताव पास गराएर आफ्नो नेतृत्वमाथिको खतरा टारिदिएका छन् । एमाओवादीभित्रको नेतृत्व परिवर्तनको ज्वारभाटा साम्य भइसकेको छैन । छुट्टीभिन्न भएका नेकपा-माओवादीका अध्यक्ष मोहन बैद्य र सचिव देव गुरुङ प्रचण्ड सच्चिएर आए, राजनीतिक सम्मलन गर्न तैयार हुने हो भने एक भएर जान सकिन्छ भनेर खुल्लमखुल्ला प्रस्ताव गरिरहेका छन् भने पुत्र प्रकाशले सामाजिक सञ्जालबाटै पिता प्रचण्डलाई कमरेड बैद्यस“ग एक भएर जा“नु उपयुक्त हुनेछ भनेर सुझाइरहेका छन् । बाबुराम, काजीहरुको धेरै विरोधलाई मत्थर पार्दै नेतृत्व परिवर्तन हु“दैन भन्न पुगेका प्रचण्ड आजकल कम बोल्न थालेका छन् । अर्थात् मंसिर ४ को निर्वाचन परिणामले मेजरबाट माइनरमा खस्कदा गएको भूकम्पको कम्पन पेरिसडा“डामा कम भएको छैन । पेरिसडा“डा बिस्तारै खस्कदै खस्कदै गएको देखिन्छ ।
कांग्रेस, एमाले र एमाओवादीभित्र नेतृत्वतहको तेजोबध प्रकरणले खेल्नेलाई लाभ हुनगयो, राप्रपा नेपाल बलियो शक्तिका रुपमा उदायो । ठूला दलले राष्ट्रिय दायित्वको मियो पक्रन नसक्दा, राप्रपा नेपाल र अन्य साना दलहरुले आफ्नो महिमा स्थापित गर्ने अवसर पाए । राप्रपा नेपालले हिजोको भारी बोकिन्न, बैध संविधानसभालाई छलेर अवैध रुपमा फालिएका हिन्दर्ूधर्म र संवैधानिक राजतन्त्र पुनर्स्थापित गरिनेछ, नया“ संविधानसभाले नया“ राष्ट्रपति चुनिन्छ भनेर कर्ुर्लिदा जनयुद्ध र जनआन्दोलनकारी नेताहरु संविधानसभामा 'लाटाले केरा हेरेजस्तो' गरी टोलाएको देखियो । राप्रपा नेपालको दबाबको प्रभाव यसरी पर्‍यो कि प्रचण्ड कांग्रेसको बैठकमा जान सकेनन्, ठूला तीनदलले पहिलेको संविधानसभाको स्वामित्व स्वीकार गर्ने सहमतिलाई संविधानसभामा टेबुल गर्ने हिम्मत देखाएनन् । संसदीय दलको नेतामा हारेका देउवाले समेत पार्टर्ीीनर्ण्र्ााविपरित राष्ट्रपतिको निर्वाचन हुनर्ुपर्छ भन्ने विवादलाई हावा दिए र राष्ट्रपतिको चुनाव हुनर्ैपर्छ भन्ने केपी ओली 'भावी प्रधानमन्त्रीका रुपमा' एमालेको संसदीय दलको नेता बन्न सफल भएका छन् ।
यसरी संविधानसभाभित्रको शक्ति उही भए पनि शक्ति सन्तुलनका नया“ धारहरुमा इस्पातको धारझैं धारिला र पेचिला रुपमा परिवर्तन देखिएका छन् । एकथरि बहुमतीय सरकार गठन गर्दा सहमतीय आधार अपनाउन सकिन्छ भनेर पधेरो गफ चुट्दैछन् भने अर्काथरि प्रधानमन्त्री, राष्ट्रपति, सभामुखको चुनाव गराएर आ-आफ्नो बर्चस्व स्थापित गर्न र भागबण्डा मिलाउन आतूर भएका छन् । संविधान निर्माण अभिव्यक्तिमा सिमित हुनपुगेको छ, छिर्की हानाहान राजनीति मौलाएको छ । अहिलेसम्म सुशील कोइराला, झलनाथ खनाल, माधव नेपाल, प्रचण्ड छिर्की हानाहानको अग्रपंक्तिमा देखिए पनि यो क्रम अव संविधानसभा, सिंहदरवार हु“दै शीतलनिवास प्रवेश गर्ने ढोका ढक्ढक्याउन थालिसकेको छ । यो छिर्की राजनीतिमा कूटनीतिक शक्तिहरुसमेत सक्रिय भएको देखिनु चाहिं संविधान निर्माण अवधिलाई लम्ब्याउने र नेपाली र्सार्वभौमिकता खुम्च्याउने दुस्साहस हो ।
संविधानसभामा अलोकतान्त्रिक कोही पनि छैनन् । वीपीलाई फा“सी दिनर्ुपर्छ भनेर राजाका विरुद्ध कालोटिका लगाउने र तिनै राजाको तावेदार बन्न रुचाउने र्सर्ूयबहादुर थापाले संविधानसभा हा“क्ने अवसर पाएपछि र राप्रपा नेपाल प्रभावकारी चौथो शक्तिका रुपमा उभिएपछि यो र्सवस्वीकार्य जनादेशको परिदृश्यले कसैलाई पनि अलोकतान्त्रिक भनेर डाम्न अधिकार रहेन । जनादेशले संविधानसभा चुनेको हो, जनताभन्दा माथि कोही छैन । व्यवहारले ठूला दलहरु आफूलाई 'कठपुतली' बनाउ“छन् भने यो नेपाली राजनीतिको दर्ुभाग्य हो जसले हिजोको संविधानसभा असफल पार्‍यो र यो दोस्रो संविधानसभालाई पनि असफल पार्ने गर्भगृह खोतल्न थालिसकेको छ । घरमा आगो लगाएर न्यानो अनुभव गर्नेहरु ठूला दल हुन् जो आज पनि संविधान निर्माणलाई पन्छाएर छिर्की राजनीतिमै अभ्यस्त हुन खोजिरहेको छ । हिजोका पञ्च राजालाई देखाएर जनतालाई र जनतालाई देखाएर राजालाई तर्सर्ााे र आफ्नो उद्देश्यपर्ूर्ति गर्थे । व्यवस्था फेरियो व्यवहार फेरिएन, व्यक्ति फेरिए प्रवृत्ति फेरिएन । त्यही पञ्चे प्रवृत्तिबाट प्रवृत्त भएर लोकतान्त्रिक हु“ भन्ने ठूला नेताहरु 'पञ्चे आए, राजा आउ“छ' भन्ने हाउगुजी देखाएर जनता तर्सर्ााहेका छन् र भागबण्डे राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् । सबैलाई थाहा छ, जनचाहनामा दरवारबाट जंगल गएको राजतन्त्र जनचाहनाबिना र्फकन सक्दैन । जनताले चाहे भने कसैको केही लाग्दैन । यस्तो खुलासत्यमाथि झूठ बोलेर नेताहरु लोकतन्त्रको आवरण र लेपनमा आफ्नो गूटगूटको कूटकूट स्वार्थहरु पूरा गरिरहेका छन् । स्वार्थसिद्धीका लागि छिर्की राजनीतिलाई चर्काइरहेछन् ।
संविधानसभाको दोस्रो ऐतिहासिक निर्वाचन सम्पन्न भयो, ऐतिहासिक रुपमै जनताले सहभागिता जनाए । यस्तो अनुकूलतालाई पनि राजनीतिक बृत्तले संविधान निर्माण गर्ने सुवर्ण्र्ाावसर ठानेन । राजनीतिक नेताहरुमा विवेकको खडेरी जो देखियो, यो नेपालको वर्तमान कालखण्डमा सबैभन्दा पीडादायी कालखण्डको नजीर बन्नेवाला छ । जब नेतृत्वतहमा विवेकको खडेरी पर्छ, राष्ट्र तन्नमहरि बन्ने असफल भीरबाट भत्किदैजान्छ । राष्ट्रलाई सा“ढे सातको दशा भनेको यही हो । यो दशाबाट मुक्त हुनका लागि संकटा, महांकालको प्रदक्षिणा गर्नैपर्छ । राजनीतिमा पुण्यकर्ममा बरदानका दाता अथवा पापका दण्डाधिकारर्ीर् इश्वर पनि जनता, दशामुक्तिका कर्ताधर्ता पनि जनता भएकाले तत्काल जनदबाब सिर्जना नहुने हो भने सत्ता र शक्तिको फिक्रीमा छिर्की राजनीतिमा लागेका राजनीतिक दलहरु संविधान निर्माणमा नलाग्ने पक्कापक्की छ । ७ वर्षेखिको संक्रमण र गाईजात्रे राजनीतिको अन्त्य सम्भव हुनेछैन । 
*****************************************************************

वेदको महिमा र हराएको दर्ुलभ चित्रकला

- राजन कार्की
प्रशिद्ध जर्मन विद्वान म्याक्स मुलुरले भनेका छन्- हिन्दूहरुको षर्डदर्शन -कपिलको सांख्य, ऋषि पतञ्जलीको योग, मषिर् जैमिनीको पर्ूवमिमांसा, महषिर् व्यासको बेदान्त, उत्तर मिमांसा, महषिर् कणदको वैशसषक र महषिर् गौतमको न्याय) आधुनिक युगको जुनसुकै साहित्य भन्दा उत्तम र जडभरत भएको बताएका छन् । एटम बमका पिता हुन् जुलिउस आर आपेन हेमर जसले भनेका छन्- आधुनिक विज्ञानमा हामीले जेजे कुराहरु प्राप्त गरिरहेका छौं, ती सबै हिन्दूहरुको प्राचीन दर्शन वेदको आधारमा गरेका छौं । वैज्ञानिक अर्ल्बर्ट आइन्सटाइनले पनि हामी वैदिक दर्शन वेद र र हिन्दूहरुप्रति आभारी छौं किनभने उनीहरुले हामीलाई गणित विद्या दिदैनथिए भने विश्वमा कुनै पनि आविस्कार सम्भव नै थिएन भनेका छन् । यही कुरा भारतका पर्ूवराष्ट्रपति तथा वैज्ञानिक एपीजे अब्दुल कलामको मान्यता रहिआएको छ ।
विश्वकै एकमात्र हिन्दूराष्ट्र -ठूला राजनीतिक दलहरुले मनलागी तरिकाले हाल धर्मनिरपेक्ष घोषणा गरे पनि) नेपाल वेद लेख्ने व्यासभूमि हो । यसकारण पनि नेपालको महिमा कति छ कति - हामीले यो वेदभूमिको महत्वलाई बोक्न सक्ने हो भने नेपालको उन्नतिको आधार यही एउटा तत्वज्ञानबाट सम्भव छ । यस्ता अनगिन्ति आधारहरु हामीले पाएका छौं तर राजनीतिक अपराधको कुण्डमा डुबेकाले हामी भ्यागुते उप|mाइमै रलमलिइरहेका छौं । 
पर्ूर्वीय संस्कृतिको धनी मुलुक हो नेपाल । नेपाललाई मन्दिरै मन्दिरको देश भनेर पनि चिनिन्छ । बिबिध जाति र बिबिध संस्कृतिको बिबिधकरणमा रहेकोले पनि नेपाल कला, संस्कृति र सभ्यताको विशेषतायुक्त मानिन्छ । सभ्यता जतिसुकै विकासको शिखरमा पुगे पनि त्यो विकसित सभ्यता पर्ूर्वीय सभ्यता जान्न आतूर छ र नेपालतिर आकषिर्त छ । नेपालमा आउने पर्यटक, अनुसन्धानकर्मीहरु त्यही पर्ूर्वीय बैशिष्ठ्य जान्ने अभ्रि्रायले बढी आउने गर्छन् ।
नेपाल प्रकृत्रि्रेमीहरुका लागि पनि र्स्वर्ग हो । तर यही प्रकृतिभित्र धार्मिक, सांस्कृतिक गुत्थीहरु गुजुल्टिएका छन् । जो महाभारत, रामायण पढ्छन्, जो संस्कृतिको उद्गमबारे जान्न खोज्छन् तिनीहरुका लागि नेपाल पढ्नैपर्ने, हर्ेर्नैपर्ने र बुझ्नैपर्ने मुलुक हो । आजको पश्चिमा सभ्यता चन्द्रमा अथवा मंगलग्रहमा बसाइ बसाउने अभियानमा छ । तर ती सबै आधुनिक विज्ञानले पाएको सफलताका पछाडि बेद छ, पर्ूर्वीय संष्कृति छ । त्यो संष्कृति अध्ययन गर्न नेपाल आउनर्ैपर्छ । यसैगरी पुरातत्वविदहरु नेपालमा अनेकन तात्वीक पुरातन विषयहरु फेला पारिरहेका छन् । यसरी कला, साहित्य, संस्कृति र मठमन्दिरले भरिभराउ मुलुक नेपाल विश्व आकर्षा हो । यो त हामी नेपालीको दर्ुभाग्य हो कि हामीले हामीस“ग भएका कस्तुरीको बिनाको सुगन्धको भेउ पाउन नसकेर भड्किरहेका छौं । यसको सदुपयोग गर्न सकिरहेका छैनौं । गलत विषयमा अल्भिmरहेका छौं, रुमल्लिइरहेका छौं ।
तेह्रौदेखि सोह्रौ शताव्दिमा पनि नेपालमा चित्रकलाको व्यापक प्रगति भएको देखिन्छ । यस्तै एउटा चित्रकला नेपालले प्राप्त गरेर राष्ट्रिय अभिलेखालयमा सुरक्षित राखेको थियो । त्यो चित्रकलाको महिमा र महत्व हामीले बुझ्दै बुझेनौं । त्यो चित्रकलालाई पर््रदर्शनी पनि गरेनौं । नेपालीले समेत त्यो चित्रकलाबारे केही थाहा पाएनन् ।
२७ वर्षघि राष्ट्रिय अभिलेखालयबाट साह्रै हिफाजत र सुरक्षाका साथ राखिएको नेपालको सबैभन्दा पुरानो र दर्ुलभ चित्रकला एकाएक हरायो । यो चित्रकलाको खोजी व्यापक रुपमा भएको हो तर सुरक्षा निकायले अत्तोपत्तो पाउन सकेन । केही दिन हल्ला भयो, खोजेजस्तो गरियो र यो प्रकरण त्यसै सेलायो ।
अचानक गत मार्च महिनामा त्यो चित्रकला अमेरिकाको न्यूयोर्कमा देखियो । अमेरिकी 'क्रिष्टी' विश्वभरका पुराना चित्रकला संकलक र बिक्रेता हुन् । उनले नेपालको दर्ुलभ चित्रकलालाई पर््रदर्शन र लिलाममा राखेको देखिएपछि नेपालमा ठूलै हल्लाखल्ला मच्चियो । नेपालले व्यापक कूटनीतिक चातर्ुयताका साथ आग्रह गरेपछि त्यो चित्रकला नेपाल फर्काएको हो । अभिलेखालयबाट हराएको पुरानो चित्रकला अभिलेखालयमा नै फिर्ता आयो ।
विश्वास गरौं फेरि त्यो चित्रकला हराएको छैन होला किनभने चित्रकला फिर्ता आएपछि सुरक्षित राखिएको होला भन्ने विश्वास छ । तर अभिलेखालयले त्यो चित्रकला सुरक्षित छ भनेर भनेको अवस्था भने छैन । राजनीति पैसामा बिक्न थालेको र राजनीतिज्ञ पैसाका लागि जतिसुकै गिर्न सक्ने बेइमान बनिसकेको वर्तमान स्थितिमा त्यो दर्ुलभ चित्रकला यथावत सुरक्षित छ कि छैन शंका गर्न सकिन्छ । अनेक पर््रदर्शन हुन्छन्, नेपालको त्यो गौरवपर्ूण्ा चित्रकला नेपालीका लागि पर््रदर्शनीमा किन नराख्ने - किन अभिलेखालयको चिसो कोठामा कोचेर कुहाउने -
पहिलेदेखि नै सुरक्षाकर्मीहरुस“ग सेटिङ मिलाएर नेपालका निधिहरु चोरी गर्ने र विदेशमा लैजाने माफियाहरु सक्रिय थिए । अहिले त जेलमा रहेका चार्ल्स शोभराज एयरपोर्टबाट हात्ती छिराइदिने दावी गर्छन् । अध्यागमन, प्रहरी, एयरलाइन्स कर्मचारी र अन्य सुरक्षाकर्मीको संलग्नतामा दिनहु“ हुने मानवदेखि अन्य तस्करी धन्दा देख्दा शोभराजले गलत बोलेका हुन् जस्तो लाग्दैन । नेपाल सुरक्षामा कमजोर बन्दैगएको छ ।
नेपालबाट मन्दिरका टु“डालहरु, बुद्धका बोधिबृक्ष काटेर बनाइएका पिर्काहरु, पुरातत्व महत्वका थाङ्का र अन्य बस्तुहरु दिनहु“ गायब भइरहेका छन् । कतिपय क्षेत्रका मर्ूर्तिहरु पनि गायब हुने गरेका छन् । लाग्छ, ती सबै पुरातत्व महत्वका बस्नुहरु धमाधम विदेश निकासी भइरहेको छ । हुन त नेपाली सेनाले समेत पुराना हतियार बेचेका दृष्टान्तहरु छन् । पुराना भनेपछि कामै लाग्दैन भन्ने गलत मानसिकताले गर्दा स्वार्थकेन्द्रितहरु साना साना स्वार्थमा देशका ठूला निधिहरु विदेशीलाई बेचिरहेका छन् । खुल्लमखुल्ला बिक्री हुने गरेका र चोरी निकासी गर्नेहरुका कारण नेपाली गौरवपर्ूण्ा इतिहास पनि बिक्री भइरहेका छन्, खण्डित हुनेगरेका छन् । इतिहासको महत्व हामीले नबुझे पनि आउने पुस्ताका लागि संरक्षण गरिदिन सके त्यसले ठूलै महिमा कायम हुनसक्थ्यो । इतिहास नभई हामी वर्तमान हुन सकेनौं भन्ने शासकहरुले कहिले बुझ्नेहोला -
हाम्रै आफ्नै दर्ुलभ चित्रकलाहरु विदेशमा देखिनु हाम्रा लागि लज्जाको विषय हो । भनिन्छ, पर्ूवराजाले लगाउने असली श्रीपेच पनि कलात्मक, कलाकारितापर्ूण्ा कारिगरीको नमूना थियो । त्यो श्रीपेच कतारको हात लागेको छ र कतारले पर््रदर्शन पनि गरिसकेको छ । कतारलाई अनुरोध गरेर त्यो असली श्रीपेच नेपाल फर्काउन सके त्यो पनि नेपालको ऐतिहासिक निधि हुनसक्थ्यो । ढुंगाका अनेक मर्ूर्तिहरु, तामा तथा ढलौटका कलापर्ूण्ा मर्ूर्तिहरु पनि विदेशका विभिन्न स्थानमा छन् । पोलेण्डको एसिया म्यूजियममा नेपालको घण्ट सुरक्षित छ भनिन्छ । के हो, कति पुरानो हो त्यो घण्ट - कहा“बाट कसरी त्यहा“ पुग्यो घण्ट - नेपाली पुरातत्वस“ग सम्बन्धित बस्तुहरु हराइरहेका छन् र त्यसको कारण खोज्न जरुरी भइसकेको छ । तर हामीस“ग नीति र नियमबद्ध केही पनि छैन । हामी केही हराए हरायो भन्छौं, खोज्दैनौं । अरुले त्यसको महत्व बुझेर किनेर लैजान्छ । कसरी लैजान्छ, को जिम्मेवार छ त्यसरी लैजान दिनुमा हामीलाई केही पनि थाहा छैन । नेपालका पुरातत्व महत्वका अनेक वस्तुहरु कुनै अमेरिका, कुनै बेलायत, कुनै कतार वा अन्य देशमा पुगेका छन् । ती बस्तुहरुको खोजी गर्ने र त्यस्ता वस्तु लैजान सहयोग गर्नेहरुमाथि कुनै छानबिन गर्ने माग समेत उठेको छैन । हामी अन्यौलमा छौं, राजनीतिक अन्यौललाई भाग्य निर्माणको संक्रमण मानिरहेका छौं । यथार्थमा हामी भाग्य हराइरहेका छौं । इतिहास, कला, कलाकारिता, संस्कृति बिहीन बनिरहेका छौं । सभ्यताको शिखरमा पुगेकाहरु पुरातनवस्तु, पुरातत्व संकलन गरिरहेका छन् र हामी पुरातत्व धनीहरु गरिब बन्दै गइरहेका छौं । आर्श्चर्य छैन त - के यही हो हाम्रो अग्रगमन - यही हो हाम्रो लोकतन्त्र ????




No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक