20140209

एमाले मच्चिएको २४ घण्टा नबित्दै किन यसरी थँच्चियो ??

"एमाले सधै ढुलमुले कुरा गर्छ, पहिला मच्चिन्छ अनी अन्तिममा नराम्रो सँग थँचिन्छ, एमाले दुई जिब्रे हो, एमाले तेस्रो लिँगी हो, पिंध नभएको लोटा हो, नाम मात्रको कम्युनिस्ट हो, भाई काङ्रेस हो , आधा माओवादी हो" यि र यस्ता थुप्रै आरोपहरु एमालेलाई लगाइने गरेको छ एमालेका बिपक्षीहरुबाट । नभन्दै फेरी एमाले एक पटक चुकेको छ रास्ट्रपति, उपरास्ट्रपतीको चुनाव प्रकरणमा । रास्ट्रपति, उपरास्ट्रपतीको चुनाव  हुनुपर्ने अन्यथा एमालेले शुशिल कोइराला लाई प्रधानमन्त्री बन्न नदिने भनी चेतावनी दिएको २४ घण्टा नबित्दै एमाले एका एक लल्याक लुलुक गलेर काङ्रेसले जे जे भन्यो त्यही त्यही बुँदामा हस्ताक्षर गर्‍यो । आखिर एमाले यसरी गल्नु नै थियो भने सँसद मा ३२ मिनेट लामो बिशेष समय लिएर केपी ओलीले काङ्रेस लाई धम्क्याएको अर्थ के नै रह्यो । यो घटना पछी एमालेको बिस्वसनियता मा फेरी प्रश्न उठेको छ । यो घटना पछी एमाले मात्रको होइन केपी ओली जस्ता कडा र अडान राख्ने भनिएका नेता र बामदेब माथि पनि
प्रश्न उठेको छ ।
कांग्रेस र एमालेबीच आइतबार नयाँ बानेश्वरमा सातबुँदे सहमति भएको छ। कांग्रेस नेतृत्वमा सरकार जाने निर्णय गरेको एमाले एक वर्षभित्र संविधान जारी गरी राष्ट्रपतिको निर्वाचन गर्न सहमत भएको छ। 
 
कांग्रेस र एमालेका नेताहरु अहिले दुई दलबीचको सहमतिलाई कागजी रुप दिन काम गरिरहेका छन्। 
 
यस्तो छ कांग्रेस र एमालेबीच भएको सहमति
 
१. १२ बुँदेदेखि अहिलेसम्म भएगरेका सहमतिलाई संस्थागत गर्न एक वर्षभित्र नयाँ संविधान जारी गर्ने। 
२. अघिल्लो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने।
३. संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने। त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने। 
४. एमालेले कांग्रेसको नेतृत्वमा सुशील कोइरालाको सरकारलाई समर्थन गर्ने। 
५. एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने।
६. सरकार निर्माणका लागि कांग्रेसले सात दिनभित्र नीति तथा कार्यक्रमको खाका तयार गर्ने। 
७. संविधानसभा अध्यक्ष पदमा नेपाली कांग्रेसले समर्थन गर्ने।  
 व्यवस्थापिका संसदबाट नयाँ प्रधानमन्त्री चयन भए सोमबार (भोलि) नै सपथ ग्रहण हुने भएको छ । संसदमा प्रधानमन्त्री चयनका लागि सोमबार बिहान ११ बजे निर्वाचन हुने कार्यक्रम छ ।
 
राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्रीको सपथ निर्वाचित भएको दिनमै गर्ने गरी तयारी पूरा गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका लागि कांग्रेस सभापति सुशील कोइरालाको मात्रै उम्मेदवारी परेको छ । 
 
दोस्रो ठूलो दल नेकपा एमालेले समर्थन गर्ने सहमति भएकोले अन्य कुरा यथावत रहेमा कोइराला भोलि नेपालको ३७ औँ प्रधानमन्त्रीको रुपमा चयन हुनेछन् ।
 
बिहान ११ बजे हुने प्रधानमन्त्रीको निर्वाचनबाट प्रधानमन्त्री चयन भएपछि शीतल निवासमा सपथको कार्यक्रम सम्पन्न गर्ने राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।
 नेकपा एमालेले कांग्रेस नेतृत्वको सरकारमा सहभागि हुने निर्णय गरेको छ । गृह लगायतका महत्वपूर्ण मन्त्रालय आफूले पाउनुपर्ने दाबी सहित एमालेले उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सचिव शंकर पोखरेलले जानकारी दिए ।
 
संविधानसभा भवन नयाँबानेश्वरमा आइतबार बसेको एमाले स्थायी समिति बैठकले कांग्रेसको प्रस्ताव अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन एक वर्ष भित्र गर्न सहमत भएको छ । सचिव पोखरेलले संविधान जारी भए पनि नभए पनि राष्ट्रपतिको निर्वाचन एक वर्षभित्रै गर्नुपर्ने पार्टीको प्रस्ताव रहेको जानकारी दिए । एमालेले एक वर्ष भित्र राष्ट्रपतिको निर्वाचन गर्ने प्रस्ताव अहिले नै संसदबाट पारित गर्नुपर्ने माग गरेको पोखरेलले जानकारी दिए ।
 
‘कांग्रेसले पनि हाम्रो प्रस्तावलाई सकारात्मक रुपमा लिएकोले सरकारमा जाने निर्णय भएको हो’ उनले भने, ‘उपाध्यक्ष गौतमलाई उपप्रधान सहित महत्वपूर्ण मन्त्रालय दिने मोटामोटी कांग्रेसको प्रस्ताव छ, हामीले गृह दाबी गरेका छौ ।’
 
उनले सरकारमा आफूहरुको सहभागिता सम्मानजनक हुनुपर्ने बैठकले निर्णय गरेको बताए । ‘दुवै पार्टीको हैसियत बराबर जस्तै हो’ उनले भने, ‘त्यसैले मन्त्रालय पनि त्यही अनुसार बाँडफाँड हुनुपर्छ ।’
 
स्थायी समिति बैठक सकिएपछि अहिले कांग्रेस सँग छलफलको तयारी भैरहेको पोखरेलले जानकारी दिए । दुई दलबीच सहमति भएपछि आजै कांग्रेस सभापति सुशील कोइरालाले प्रधानमन्त्रीका लागि आफ्नो उम्मेदवारी दिने तयारी छ । उम्मेदवारी दिने आइतबार अन्तिम दिन हो । प्रधानमन्त्रीका लागि सोमबार संसदमा निर्वाचन हुनेछ ।    

सरकार गठनमा आफूलाई सहयोग गरेबापत कांग्रेसले सभामुखमा एमाललाई सहयोग गर्ने भएको छ । आइतबार भएको सात बुँदे सहमतिको अन्तिम बुँदामा ‘एमालेलाई कांग्रेसलाई सघाउने’ भन्नुको आशय सभामुखका लागि भएको एमाले सचिव शंकर पोखरेलले जानकारी दिए ।
 
एमालेबाट सभामुखका लागि आकांक्षी धेरै भएपनि पहिलो संविधानसभामा सभामुख रहेका सुवासचन्द्र नेम्वाङलाई नै अगाडि सार्ने सहमति शीर्ष नेतामा भइसकेको एमालेका एक नेताले जानकारी दिए ।
 
‘नेम्वाङलाई अगाडि सार्दा एमाओवादीको पनि समर्थन पाउने आशा भएकोले पार्टीका शीर्ष नेताले उक्त निर्णय गरेका हुन्’ ति नेताले भने, ‘कांग्रेसले समर्थन गर्ने भएपछि अब उहाँनै सभामुख हुने पक्कापक्की जस्तो छ ।’
 
एमालेबाट उपाध्यक्ष विद्या भण्डारी, स्थायी समिति सदस्य अमृतकुमार बोहोरा र नेता भिम आचार्यले पनि सभामुखमा इच्छा व्यक्त गर्दै आएको स्रोतले जनाएको छ ।             

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक