20140201

प्रचण्ड र बाबुरामलाई उनिहरुकै कार्यकर्ताले भ्रस्टाचारको आरोप लगाउँदै आफुहरु सँग प्रमाण भएको र कुनै हालतमा नछोड्ने चेतावनी !

 बहिर्गमित पूर्व लडाकूहरुले लडाकू शिविरमा भ्रष्टाचार भएको भन्दै छानविनको माग गरेका छन् । शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एमाओवादी भ्रष्टाचारमा लिप्त
रहेको आरोपसमेत लगाए । उनीहरुले राज्यले लडाकु शिविरमा भएको भ्रष्टाचार तत्काल छानविन नगरे अन्तर्राष्ट्रिय समुदाय गुहार्न आफूहरु बाध्य हुने चेतावनीसमेत दिए ।
एमाओवादीले गरेका भ्रष्टाचारको मुद्दा शान्तिपूर्ण तरिकाले किनारा लागोस भन्ने आफ्नो चाहना रहेको बताउँदै उनीहरुले राज्य र सम्बन्धित निकायले यो मुद्दालाई वेवास्ता गरेमा संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायसम्म आफूहरु पुग्ने चेतावनी दिएका हुन् । आवश्यक परे फेरि हतियार उठाउन पछि नपर्ने उनीहरुको भनाइ थियो । पत्रकार सम्मेलनमा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले भ्रष्टाचारको मुद्दा उठाउँदा आफूलाई बाबुराम भट्टराई नेतृत्वको सरकारले झुठा मुद्दा लगाई एक वर्षसम्म जेल बस्न बाध्य गराएको आरोप लगाए । उनले शिविरमा भ्रष्टाचार भएको बारे हाल अख्तियारले मुद्दा हेरिरहेको भन्दै राज्यलाई चाहिने सबैखाले सहयोग र जानकारी दिन आफूहरु तयार रहेको बताए । ‘कहाँ र कसरी भ्रष्टाचार भएको छ भन्नेबारे राज्यले जानकारी मागेको खण्डमा दिन तयार छौं,’ उनले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक