20140224

भारतमा आपराधिक क्रियाकलापमा संलग्न संदिग्ध आतंकवादी समूह इण्डियन मुजाहिद्दिन (आइ एम)ले बुद्ध जन्मस्थल लुम्बिनीमा समेत आक्रमण गरेर ध्वस्त बनाउने योजना बनाएको खुलासा

भारतमा आपराधिक क्रियाकलापमा संलग्न संदिग्ध आतंकवादी समूह इण्डियन मुजाहिद्दिन (आइ एम)ले बुद्ध जन्मस्थल लुम्बिनीमा समेत आक्रमण गरेर ध्वस्त बनाउने योजना बनाएको
खुलासा भएको छ । म्यानमारको मुस्लिम समूदाय रोहिन्ग्यामाथि भएको आक्रमणको बदला लिन इण्डियन मुजाहिद्दिनले लुम्बिनी र भारतमा रहेका बुद्ध धर्मावलम्बीका तीर्थ स्थलमा आक्रमण गर्ने योजना बनाएको खुलासा भएको हो । टाइम्स अफ इण्डियामा प्रकाशित समाचारअनुसार आइ एमले बोधगया, श्रवस्ती र खुसीनगरमा आक्रमण गर्ने योजना बनाएको थियो । आइ एमले यी ठाउँमा एकपछि अर्को गरी आक्रमण गर्नको लागि अध्ययन र योजना बनाइरहेको अनुसन्धानपछि खुलेको टाइम्स अफ इण्डियाले जनाएको छ । आइएमले बुद्ध धर्मावलम्बीका तीर्थस्थलमा आक्रमण गर्नको लागि बनाइएको हातले कोरिएको नक्सा भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सी (एनआइए)ले फेला पारेको छ । तर बोधगया आक्रमणपछि आइएमका प्रमुख यासिन भाटकल भनेर चिनिने अहमेद सिद्धिबप्पा पक्राउ परेपछि सो योजना तुहिएको थियो । एनआइएले हालै भाटकलसहित असदुल्लाह अख्तर र उनका दुई सहयोगी विरुद्ध २ सय पृष्ठभन्दा बढीको अभियोग पत्र दर्ता गराएको छ । एनआइएले इण्डियन मुजाहिद्दिनहरुलाई नेपालमा पाकिस्तानी गुप्तचर संख्या ‘इन्टर सर्भिसेस इन्टेलिजेन्स’ (आइएसआइ)ले सक्रियता बढाउन सहयोग गर्दै आएको जनाएको छ । आएएमका व्यक्तिहरुलाई आइएसआइले फर्जी पासपोर्ट बनाई भारत पठाउने, नेपाली नागरिकता दिलाउने र यूएइ लगायतका खाडी मुलुकहरुमा पठाउन सहयोग गर्ने गरेको प्रमाण फेला पारेको एनआइएले जनाएको छ । इण्डियन मुजाहिद्दिन (आइ एम)ले सन् २०११ जुलाई १३ मा भारतको मुम्बईमा बम आक्रमण गरी २६ जनाको ज्यान लिएको थियो । मुम्बईको ओपेरा हाउस, जाभेरी बजार, ददारमा आक्रमण हुँदा १ सय ३० जना घाइते भएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक