20140218

अमेरीकामा काम गर्ने अनुमतिपत्र (Work Permit) बारेमा केही कानूनी जानकारी


- Binod Roka, Attorney at Law, New York
आप्रवाशीले अमेरीकी अद्यागमन विभाग वा अद्यागमन अदालत समक्ष दिएको शरणार्थीको निवेदन रितपर्ूवकको ठहर भै स्वीकार भएकोे मितिबाट काम गर्न पाऊने अनुमतिपत्र अर्थात इम्प्लाईमेण्ट अथर्राईजेशन डकुमेण्टको लागि चाहिने १८० दिनको घडी चल्न थाल्दछ। आप्रवाशीले दिएको निवेदनमा एजाईजम अफिस वा अद्यागमन अदालतले १५० दिन भित्र निर्ण्र्ाानगरेमा आप्रवाशीले कामगर्ने अनुमतिपत्र पाऊ भनि अद्यागमन विभाग समक्ष पहिलो पटक दस्तुर विनानै निवेदन दिन सक्ने र १८० दिन सम्ममा पनि निवेदनमा निर्ण्र्ाानभएमा निजले अमेरीकामा काग गर्ने अनुमतिपत्र पाऊन सक्दछन अरु जघन्य अपराध गरे वापत सजाय पाएको वा कानुनले अयोग्य नठहरिएको अवस्थामा। तर आप्रवाशीको कारणले गर्दा निर्ण्र्ाागर्नमा ढिला भएको अवस्थामा भने १८० दिन तीर घडी नकुदी बिचैमा रोकिन्छ। शरणार्थी सम्वन्धि व्यवस्था मानविय पक्षसंग बढी सम्वन्धित रहेको हुदा आफनो देश वा अमेरिकामा आऊनु भन्दा अगाडी बसोबास गरिरहेको देशमा त्यहाको सरकार वा सरकारले पनि नियन्त्रणमा लिन नसकेको व्रि्रोही समुहले व्यक्तिको जाती, धर्म, राष्ट्रि्यता, राजनितिक बिचारधारा, वा कुनै सामाजीक समुहको सदस्य भएको मध्ये कुनै एक कारणले गर्दा यातना पाएको। र त्यो देशमा बस्न नसक्ने अवस्थामा परी अमेरीकामा आएको, र फर्किएर गएको अवस्थामा सरकार वा व्रि्रोही समुहबाट यातना पाऊने सम्भावना
रहेको तथ्य पुष्टि गर्न सकेमा अमेरीकी सरकारले शरणार्थीको दर्जा प्रदान गर्दछ।

४ जनवरी १९९५ भन्दा अगाडी आप्रवाशीले अमेरीकी अद्यागमन समक्ष आई ५८९ फाराम भरी शरणार्थीको दर्जा पाऊ भनि निवेदन दिदा काम गर्ने अनुमतिपत्र पनि पाऊ भनि आई ५६७ नामक फाराम भरी पठाऊथे। अनि एजाईजम अफिसरले आप्रवाशीले दिएको निवेदनलाई dmुठृो व्यहोरा हाली सुविधा पाऊने उद्देस्यले मात्र निवेदन दिएको हो भन्ने ठहर गरेकोमा बाहेक आप्रवाशीलाई अमेरीकामा काम गर्ने अनुमति पत्र दिईन्थ्यो। अफिसरले दिएको निवेदनलाई dmुठृो व्यहोराको हो भन्ने ठहर गर्नुपर्दा पनि लचकता अपनाऊनु पर्ने अद्यागमनको निर्देशन रहेको हुदा प्राय जसो आप्रवाशीहरुले अमेरीका आएको केही समयपछि नै कामगर्ने अनुमतिपत्र पाऊथे। यसरी कामगर्ने अनुमतिपत्र पाएपछि उनीहरुले अमेरिकाको सोसर सेक्युरिटी नम्वर, राज्य सरकारबाट दिईने परिचयपत्र अनि सवारी चालक प्रमाणपत्र पनि पाऊथे। जस्ले गर्दा काम गरेर सरकारलाई कर तिर्दै आफनो जिविकोपार्जन गर्दथे। तर यो लचिलो व्यवस्थालाई दुरुपयोग गरी आप्रवाशीहरुले कामगर्ने अनुमतिपत्र पाऊनकालागि मात्रै पनि शरणार्थीको निवेदन दिन थाले। किनकि उनीहरुसंग अमेरिकामा आएपछि कामगर्ने कागज पाऊने यो भन्दा अरु सजिलो अरु कुनै उपाए थिएन। त्यसैले गर्दा यो व्यवस्थालाई खारेज गरि हाल भै रहेको प्रावधान अमेरिकी अद्यागमन कानुनमा राखियो।
यो १९९५ देखि शरणार्थीको निवेदनमा जोडिएको घडी सम्वन्धि कानुनी व्यवस्थालाई विभिन्न समयमा निस्कीएका निर्देशीकाको आधारमा निर्ण्र्ाार्ताहरुले साघुरो तरिकाले व्याख्या गर्न थाले। १९९५ पछि राखिएको कानुनी प्रावधान अनुसार शरणार्थीको निवेदनसंग जोडिने घडी बन्द हुने अवस्थामा सामान्यतया शरणार्थीको निवेदन दिने व्यक्ति तोकिएको अर्न्तवार्ताका दिन उपस्थित नभएमा वा अर्न्तवार्ताको समय सारि पाऊ भनि निवेदन दिएमा, निर्ण्र्ााा दिन कार्यालयमा उपस्थित नभएमा, स्टाटसमा रहेका आप्रवाशीले दिएको निवेदन अस्विकृत भएमा, अद्यागमन अदालतका न्यायाधिशले शरणार्थीको निवेदन १८० दिन भित्रै अस्विकृत गरेमा, अद्यागमन अदालतका न्यायाधिशले पहिलो सुनुवाईका दिन आप्रवाशीले वकिल नलिई उपस्थित भएको कारणले मुद्दाको पेशी सरेमा, पेशीका दिनमा एजाईलमको निवेदन र सो संग सम्वन्धित कागजातहरु पेश नगरेमा, न्यायाधिशले मुद्दा सुनुवाईका लागि दिएको पहिलो पेशीको तारिख लिन अस्विकार गरेमा, तोकिएको समयमा बायोमेट््रीक नगराएमा।

यस्का साथै एजाईलम अफिसले शरणार्थीका लागि दिएको निवेदनलाई अद्यागमन अदालतमा ७५ दिन नाध्नु अगाडीनै पठाएको रहेछ भने यस्लाई पहिलो प्राथमिकताको् श्रेणीको शरणार्थी मुद्दा अर्थात एक्सीर्डाईट एजाईलम केश मानिन्छ जस्लाई १८० दिन भित्र निर्ण्र्ाार्ताले निर्ण्र्ाागरिसक्नु पर्दछ। तर्सथ यस्ता मुद्दाहरुमा अद्यागमन अदालतका न्यायाधिशहरुले शरणार्थीलाई निजको मुद्दा प्राथमिकताको सुचिमा राखेर हेरिईन्छ तपाईलाई स्विकार छ कि छैन- भनि प्रश्न गर्दछन। आप्रवाशीले हुन्छ भनेमा न्यायाधिशले कम्तीमा पनि ४५ दिन पछिको फैसला हुने पेशी तारिख दिन्छन। सामान्यतया न्युर्योक लगायतका अन्य कतिपय बढी जनसंख्या भएका अदालतहरुमा न्यायाधिशको डकेट १ बर्षेखी २ बर्षसम्म भरिएको भएपनि केही पुरातनवादी न्यायाधिशहरुले मुद्दाका पक्षहरुलाई यो प्रश्न गर्ने गर्दछन। र १८० दिन पुग्नु भन्दा अगाडी नै मुद्दा फैसला गरी कामगर्ने अनुमतिपत्र नपाऊने अवस्थामा पुरयाऊछन आप्रवाशीले प्राथमिकताको सुचिमा राखी मुद्दाको सुनुवाईको माग गरेमा। यदि आप्रवाशीले चाडो मुद्दाको सुनुवाई हुने समय लिन नचाहेमा न्यायाधिशले १ बर्षवा सो भन्दा बढी समय पछि मुद्दाको सुनुवाई हुने तारिख तोकी घडी बन्द गरि दिन्छन आप्रवाशीको कारणले मुद्दामा ढिलाई भएको कारण देखाएर।
तर आप्रवाशीहरु प्रति मानवियभाव राख्ने न्यायाधिशहरुले भने आप्रवाशीलाई भन्ने गर्दछन यो मुद्दालाई कानुनत प्राथमिकताको सुचिमा राखेर हेरिनुपर्ने र तपाईले सोही बमोजिम मुद्दा हेरि पाऊ भनि अनुरोध गरेमा तर मेरो डकेटमा १ बर्षभन्दा बढी समयसम्म कुनै ठाऊ नभएको हुदा म त्यसो गर्न सक्दीन। तर्सथ तपाईलाई १ बर्षभन्दा पछिको तारिख तोकि दिएको छु। तपाईको मुद्दामा घडी रोकिदैन भन्दछन। कुनै बेला न्यायाधिशले घडीको कुरा नभनि कानुन व्यवसायीले घडी चल्छ कि चल्दैन भनि प्रश्न गरेमा हास्तै चल्नेमात्र होईन घडी पौडिपनि खेल्छ भन्ने मिठासीलो जवाफ दिने गर्दछ। त्यसैले शरणार्थी सम्वन्धि मुद्दामा राम्रो न्यायाधिश र एजाईलम अफिसर पर्नुपनि भाग्यकै खेल जस्तो अनुभुती हुन्छ अमेरीका जस्तो कानुनी शासन र पद्दतीमा चल्ने देशमा पनि।

आप्रवाशीहरुले आफनो शरणार्थी सम्वन्धि मुद्दामा घडी घुमिरहोस भन्ने तर्फबढि चनाखो हुनु पर्दछ। किनकि आफनै र्स्वईच्छाले एजाईलम अफिसमा पेश गरेको वा अद्यागमन अदालत समक्ष प्रतिरक्षाको क्रममा दिएको शरणार्थी निवेदन पुनरावेदनको तहसम्म पुगेर फैसला हुन बषर्ार्र्ै लाग्दछ। यदि सुरुमा कुनै कारणबस कहिले नचल्ने गरी घडि रोकियो भने आप्रवाशीले अद्यागमन विभागबाट कामगर्ने अनुमतिपत्र पाऊन सक्दैनन। कामगर्ने अनुमतिपत्र पाईएनभने अमेरिकामा कानुनन कामगर्न, सोसलसेक्युरिटी नम्बर लिन, परिचयपत्र बनाऊन, बैंकमा खाता खोल्न र अन्य दैनीक जिवनमा अपरिहार्य पर्ने ठाऊहरुमा सुविधा प्राप्त गर्न सकिदैन। कतिपय अदालतमा मुद्दा चलिरहेका नेपालीहरुको गुनासो सुनेको छु अद्यागमन अदालतमा मुद्दा चलेको बषर्ाै भएर पनि काम गर्ने अनुमतिपत्र किन पाइएन भन्ने। जवाफमा मैले माथिका कुरा बताऊदा यो कुरा त हामीलाई थाहा नै थिएन। वकिलले पनि भनेनन भन्ने गर्नुहुन्छ। तर्सथ यो सानो जानकारीमुलक लेख मार्फ तपाईहरुको शरणार्थी सम्वन्धि मुद्दामा घडी नरोकियोस भन्ने तर्फसचेत  गराऊने प्रयास गरिएको छ।


ंबिनोद रोका, न्यर्ूयाेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा र्एटनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकर्ीर् इम्रि्रेशन बार एशोसियसन एवं न्यूर्योकर् इम्रि्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षा रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तर्सथ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दार् इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com / www.binodlaw.com मा सर्म्पर्क राख्न सक्नुहुने छ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक