20140218

आफुलाई देखी नसहने सुर्य बहादुर थापालाई कमल थापाले दोस्रो पटक संसदमा ब्यँग बाण हाने !


संविधानसभानका अध्यक्ष सूर्यबहादुर थापाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई रोष्टममा चढ्न नदिई तलैबाट बोल्न आग्रह गरेका छन् । सभासध्यक्षको चयनका लागि जारी संविधानसभा बैठकमा बोल्नका लागि रोष्टममा चढ्न लागेका बेला अध्यक्ष सूर्यबहादुरले हातले इशारा गर्दै आफ्नै सीटबाट बोल्न आग्रह गरेपछि कमल थापा आफ्नै सीट तर्फ फर्किएका थिए । प्रचण्ड, कृष्णप्रसाद सिटौला र केपी ओलीलाई रोष्टममा उभिएर लामो समय बोल्न दिएका सूर्यबहादुर थापाले कमल थापालाई भने तीन मिनेटमात्रै समय दिए । आफ्नो सीटबाट बोल्न शुरु गर्दै अध्यक्ष कमल थापाले सूर्यबहादुरमाथि व्यंग्य गर्दै भने- ‘संविधानसभा अध्यक्ष ज्यूले मलाई बेलाबखत यसैगरी माया गर्दै आउनुभएको छ ।’ राप्रपा नेपालका अध्यक्ष कमल थापा राप्रपाका अध्यक्ष सूर्यबहादुर थापावीच यस्तो व्यवहार संविधानसभा र व्यवस्थापिका संसदमा मंगलबार पहिलोपटक देखिएको चाहिँ होइन । यसअघि पनि दुई थापाहरुवीच संसदभित्र यस्तै व्यक्तिगत छेडखान हुने गरेको थियो । अघिल्लो पटक एउटा बैठकमा कांग्रेस, एमाले र
एमाओवादी नेतालाई बोल्न दिँदा दलको नाम किटेर बोलाएका सूर्यबहादुरले कमल थापालाई भने दलको नाम भनेका थिएनन् । त्यसबेला पनि कमल थापाले आफ्नो दलको नाम नभनेकोमा संसदमै गुनासो पोखेका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक