20140218

फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर मृत्यु दण्ड !!!

फेसबुक चलाएको भन्दै सिरियाकी एक युवतीलाई ढुङ्गाले हिर्काएर मृत्यु दण्ड दिइएको छ । फ्याटुम अल जसिम नाम गरेकी ती युवतीलाई ढुङ्गाले हानेर मार्न त्यहाँस्थित एउटा धार्मिक अदालतले आदेश दिएको थियो । अल–रेक्का नामक अदालतले फेसबुक चलाउनुलाई आफ्नो श्रीमान् वा श्रीमतीसँग नभएर परस्त्री वा
परपुरुषसँग सम्बन्ध राख्न चाहेको रुपमा अथ्र्र्याएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले ती युवतीले फेसबुक अकाउन्ट खोलेर अनैतिक व्यवहार गरेको फैसला गरेको थियो । समाचारहरुमा जनाइएअनुसार ढुङ्गा हान्नेहरुमा इस्लामिक स्टेट अफ इराक एण्ड सिरियाका सुन्नी समूदायका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक