20140309

फेरी शुरु भयो ढुङ्गा मुढाको राजनीति : सभासदको नेतृत्वमा नेविसंघले थापाथली र शंकरदेव क्याम्पस आसपासमा सवारी साधनमाथि ढुंगामूढा गरेर सडकभरि राता ईटाका टुक्रा भरिभराऊ !

पक्राउ परेका नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघनेताहरुलाई रिहा नगरे नेपाल विद्यार्थी संघ कडा संघर्षमा उत्रने चेतावनी !
आफ्नै पार्टीका सभापति प्रधानमन्त्री भएका बेला आरोपितलाई कानुनबमोजिम छानबिन गर्न सघाउनुपर्नेमा उल्टै छुटाउन दबाब

रमेश खरेलले कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा वा कसैको दबाबमा आएर गैरकानुनी हातहतियारसहित पक्राउ परेका नेविसंघका नेताहरुलाई नछाड्ने बताए
हतियारसहित पक्राउ परेका नेता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सभासद्कै नेतृत्वमा हिंसात्मक आन्दोलनमा उत्रेपछि छानबिनमा बाधा पुगेको छ। आफ्नै पार्टीका सभापति प्रधानमन्त्री
भएका बेला आरोपितलाई कानुनबमोजिम छानबिन गर्न सघाउनुपर्नेमा उल्टै छुटाउन दबाब दिन सडकमा सभासद् नै उत्रिँदा सुशासनको खिल्ली उडेको छ। केही दिनयता संघका विद्यार्थीले सडक अवरुद्ध पारेर निरन्तर विरोध कार्यक्रम गरिरहेका छन्। यसले प्रहरीको छानबिनमा बाधा पुगेको छ र सर्वसाधारणले पनि सास्ती पाएका छन्। संघका अध्यक्ष एवं कांग्रेस सभासद् रञ्जित कर्णले आन्दोलनको नेतृत्व गरेपछि प्रधानमन्त्री कोइराला पनि अप्ठ्यारोमा परेका छन्। कर्ण उनीहरू निर्दोष रहेकाले तुरुन्त रिहा गर्नुपर्ने र पक्राउ गर्ने प्रहरीमाथि नै कारबाही माग गर्दै आन्दोलनको नेतृत्व गरेर सडकमा छन्। प्रहरीले गत बुधबार राति शंकरदेव क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति नेविसंघका नेता शुभराम बस्नेत, संघका पूर्वसहामन्त्री शतीश शर्मा तथा कार्यकर्ताहरू जोन खड्का, राजेशविक्रम शाही र लीलाबहादुर खड्कालाई पक्राउ गरेको थियो। उनीहरूलाई स्वयम्भू प्रहरी वृत्तले सीतापाइलाबाट हतियारसहित पक्राउ गरेको थियो। प्रहरीले उक्त हतियारको इजाजत नवीकरण नभएको तथा रातिको समयमा समूहमा हतियार बोकेर हिँड्नु अवैध भएको स्पष्ट पारेको छ। महानगरीय प्रहरी परिसर हनुमानढोकाका प्रमुख एसएसपी रमेश खरेलले पक्राउ प्रसंगबारे आफू नबोल्ने बताउँदै प्रवक्ता अर्जुनबहादुर चन्दलाई सोध्न आग्रह गरे। चन्दले भने, 'रातिको समयमा समूहमा हतियार बोकेर हिँड्नु अवैध हो। घटना रहस्यमय छ।' उनका अनुसार बस्नेतको समूहलाई तीनवटा हतियार बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो। चन्दले भने, 'उनीहरूले यसअघि हतियारको इजाजत लिए पनि अहिले बोकेका हतियारको इजाजत नवीकरण भएको छैन।' पक्राउ परेका सबैलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत मुद्दा चलाउने तयारी प्रहरीको छ। बरामद हतियार जिल्ला प्रशासन कार्यालयबाट इजाजत प्राप्त भएको दाबी गर्दै संघले सबैलाई रिहा गर्न सरकारसँग माग गरेको छ। सभासद् कर्णले भने, 'बस्नेतको समूहलाई पक्राउ गर्ने प्रहरीलाई नै कारबाही गर्नुपर्छ र सबैलाई बिनासर्त रिहा गर्नुपर्छ। अन्यथा कडा आन्दोलन गर्छौं।' उनीहरुले हतियार राख्न पाउने इजाजतको समय सकिए पनि नवीकरण प्रक्रिया चलिरहेको दाबी गरेका छन्। संघका कार्यकर्ताले आइतबार थापाथली इन्जिनियरिङ क्याम्पसअगाडि प्रदर्शन गरे। प्रदर्शनका कारण तीन घन्टासम्म थापाथलीसहित राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो। संघका कार्यकर्ताले शुक्रबार पनि त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेर पक्राउ परेकालाई छाड्न माग गरेका थिए। त्यो दिन पनि राजधानीको सवारी आवागमन घन्टौंसम्म अस्तव्यस्त भएको थियो।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले नाम कमाउने र सेलिब्रेटी बन्ने नाममा काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गैर कानुनी रुपमा आफ्ना नेताहरुलाई गिरफ्तार गरेको आरोप लगाएको छ । उसले खरेललाई तत्काल कारवाही गर्न माग समेत गरेको छ ।फागुन १९ गते नेविसंघका पूर्व सहमहामन्त्री सचित शर्मा, शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेत, नेविसंघका नेता राकेश विक्रम शाही, लिलाबहादुर खड्का र जोन खड्कालाई प्रहरीले स्वयम्भूबाट हतियारसहित पक्राउ गरेको थियो । आइतबार पत्रकार सम्मेलन गरी नेवि संघले सरकारद्वारा इजाजत प्राप्त हतियारलाई गैर कानुनी भनि पक्राउ गर्ने प्रहरी प्रसाशनको काम नै गैरकानूनी भएको बताएको छ । पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष एवं सभासद् रञ्जित कर्णले पक्राउ परेका नेताहरुलाई रिहा नगरे नेपाल विद्यार्थी संघ कडा संघर्षमा उत्रने चेतावनी दिए । उनले भने-’आफूलाई कानुनको पहरेदार ठान्ने रमेश खरेल आफू नै गैरकानूनी बाटोमा हिँडेका छन्, उनलाई प्रधानमन्त्री र गृहमन्त्रीले तत्काल कानुनको कठघरामा ल्याई कारवाही गर्नुपर्छ ।’ नेविसंघका पूर्व उपाध्यक्ष ऋषिकेश शाहले राज्यले उपलब्ध गराएको सुविधा र कानुन बमोजिम नै इजाजतपत्र सहितको हतियार वोक्दा पनि रमेश खरेलले गलत ढंगले नाटक मञ्चन गरी आफ्ना नेताहरुलाई पक्राउ गरेको भन्दै रिहा गर्न माग गरे । यसैवीच सभासद कर्णको नेतृत्वमा रहेको नेविसंघले आइतबार थापाथली र शंकरदेव क्याम्पस आसपासमा सवारी साधनमाथि ढुंगामूढा गरेर सडकभरि राता ईटाका टुक्रा भरिभराऊ पारेको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले कसैले ढुंगामुढा गरेर अराजकता मच्चाउँदैमा वा कसैको दबाबमा आएर गैरकानुनी हातहतियारसहित पक्राउ परेका नेविसंघका नेताहरुलाई नछाड्ने बताएका छन्। खरेलले आइतबार  भने, ‘ढुंगा हानेर अराजकता मच्चाउँदैमा पुलिसले छोड्छ भन्ने भ्रम उनीहरुलाई होला, तर पुलिसले कानुनको कोर्स पूरा नगरी छोड्ने छैन।’ आजैमात्र (आइतबार) जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनीहरुलाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति लिएको जानकारी पनि उनले दिए। सोमबार बिहान काठमाडौंको सीतापाइलाबाट एउटा पेस्तोल, टु नट टु र बाह्र बोरका बन्दुकसहित पक्राउ परेका शंकरदेव क्याम्पसका स्ववियु सभापति शुभराम बस्नेतसहित पाँचजनालाई प्रहरी हातहतियार तथा खरखजाना कानुनअन्तर्गत कारबाही चलाइरहेको छ। खरेलले बस्नेतको टोलीबाट बरामद भएका तीनवटा हतियारमध्ये एउटा पेस्तोलको अनुमति नवीकरण नगरेको जानकारी दिए। ‘स्वीकृति लिएर हतियार घरमा राख्न पाइन्छ, तर उनीहरु शंकास्पद अवस्थामा बिहान तीन बजे हतियार लिएर हिँडेका थिए,’ खरेलले भने, ‘उनीहरु हतियार बोकेर कहाँ र किन जाँदै थिए?’ खरेलले भने, ‘नवीकरण नभएको हतियार बोक्नु भनेको गैरकानुनी हतियार बोक्नुसरह नै हो।’ पक्राउ परेकामध्ये राजेश शाहीले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको स्विमिङ पुल भाडामा चलाएको र उनी त्यसको पैसा नतिरी फरार रहेको खरेलले जानकारी दिए। पक्राउ परेका अरु शंकरदेव क्याम्पसअगाडि गाडी तोडफोड गर्ने र जलाउने कार्यमा संलग्न रहेकोसमेत उनले बताए। अनुसन्धान सकिएपछि अभियुक्तहरुलाई अदालतमा मुद्दा चलाउने जानकारी खरेलले दिए।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक