20140309

अमेरिकाको भर्जिनियामा २० औं कोठे कबिता गोस्ठी सम्पन्न

अमेरिकाको भर्जिनिया स्थित प्रेम तथा मन्जु सङ्रौलाको निवासमा २० औं कोठे कबिता गोस्ठी सम्पन्न भएको छ । नेपालबाट आउनुभएका बरिस्ठ  नाट्य एबम साहित्यकर्मी प्राज्ञ अशेस मल्ल, अर्का प्राज्ञ एबम नाट्य तथा साहित्यकर्मी कृष्ण शाह यात्री, बरिस्ठ साहित्यकार एबम समाजसेबी  डा. साबित्री मल्ल, बरिस्ठ लेखक एबम साहित्यकार हिरण्य कुमारी पाठक समेतको उपस्थिती एबम रचना बाचन रहेको उक्त कार्यक्रममा
कवि  प्रेम सङ्रौलाले आगन्तुकलाई स्वागत गर्दै कबिता बाचन शुरु गर्नुभएको थियो । कार्यक्रममा कवि  तथा साहित्यकारहरु क्रमश: हरिराज भट्टराई, हरि घिमिरे, शरद निरौला, रामप्रसाद खनाल, सरोज खनाल, सुर्यमाला खनाल,गोपाल रेग्मी, हेमन्त श्रेष्ठ, बसन्त श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, सुदीपभद्र खनाल, बासु श्रेष्ठ, प्रकाश नेपाल, कल्पना सुबेदी, मन्जु सङ्रौला, रबिन्द्र श्रेष्ठ, रजनी श्रेष्ठ, शारदा कार्की, सुमन तिमील्सेना आदिले कबिता बाचन गर्नु भएको थियो । कार्यक्रममा गायिका मिरा राणा, मन्जु सङ्रौला, खेम सङ्रौला, प्रेम सङ्रौलाले गीत हरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार तथा साहित्यकार सोमनाथ घिमिरेले साहित्यिक मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बरिस्ठ कलाकार एबम अन्तरराष्ट्रिय कलाकार मँचका सल्लाहकार सरोज खनालले अाफ्ना नाट्य गुरु अशेस मल्लको एउटा कृति बिमोचन समेत गर्नुभएको थियो ।  कार्यक्रमको अन्त्यमा बरिस्ठ साहित्यकार हरि घिमिरेले एउटा छन्द कबिताका माध्यम बाट आयोजक प्रेम मन्जु सङ्रौलालाई बिशेष धन्यवाद दिनुभएको थियो । आगामी छ औं कोठे कबि गोस्ठी कल्पना सुबेदीको निवासमा हुने कुरा संयोजक बासु श्रेष्ठले जानकारी गराउनुभयो ।  कार्यक्रम अत्यन्त उत्साहजनक थियो त्यसका लागि नेपाल मदर डट कम आयोजक प्रेम र मन्जु सङ्रौलालाई हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्दछ । कार्यक्रमका केही तस्बिरहरु आफै यसरी बोल्छन :      

                                      













No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक