20140319

अराजकताको पराकास्ठ : आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनका कार्यकर्ताले पाँचवटा गाडीमा आगजनी, ६१ वटा सवारीसाधनमाथि तोडफोड, देशभर प्रहरीले १ सय ५६ धरपकड गरेको दावी

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनमा उत्रिएका विद्यार्थी संगठनका कार्यकर्ताले उपत्यकामा ६१ वटा सवारीसाधनमाथि तोडफोड गरेका छन् । पाँचवटा गाडीमा आगजनी
गरिएको छ ।आन्दोलनमा उत्रिएका विद्यार्थीहरुले उपत्यकाका विभिन्न ठाउँमा गरी पाँचवटा सवारी साधनमा आगजनी गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै आन्दोलनमा उत्रिएका अखिल क्रान्तिकारीसहितका विद्यार्थी संगठनले आहृवान गरेको बुधवार राजधानीको पुरानो वसपार्क र तीनकुनेमा गरी दुईवटा बस, डिल्लीबजारमा एउटा ट्याक्सी तथा संखमूलमा र सोह्रखुट्टेमा मोटरसाइकलमा आगजनी गरेका हुन् । बन्दकर्ता विद्यार्थीहरुको समूहले बुधबार बिहानै काठमाडौँको पुरानो बसपार्कमा सिन्धुपाल्चोक जाने तयारीमा रहेको बा २ छ ८७९ नम्बरको जुगल ट्राभलको गाडीमा आगजनी गरेका थिए । ट्राफिक प्रहरीका अनुसार आन्दोलित विद्यार्थी यात्रुका रुपमा बसमा प्रवेश गरी पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । बसका सम्पूर्ण सिट जलेर नष्ट भएका छन् । त्यस्तै शङ्खमूल चोकमा आन्तरिक राजस्व विभागको बा१ब ५०२० नम्बरको मोटरसाइकलमा आगो लगाई पूर्णरुपमा क्षति पुर्‍याइएको छ भने मध्यबानेश्वरमा बा१घ २६९७ नम्बरको टयाम्पु र बा१ज ७४९९ नम्बरको टयाक्सीमा तोडफोड गरी क्षति पुर्‍याइएका छन् । त्यसैगरी आन्दोलनकारीले शान्तिनगर गेटमा बा २ ख ९१९३ नम्बरको भाडाको माइक्रोबस र बा२ख २८३५ नम्बरको माइक्रोबस क्षति पुर्‍याएका छन् । थ्यस्तै मध्यबानेश्वर खरिबोटस्थित बा १ ज ३८१० र बा १ ज ३०६३ नम्बरको भाडाको टयाक्सीमा क्षति भएको छ । कोटेश्वर-जडीबुटीमा बा १ ज ८८४३ नम्बरको टयाक्सीमा आगजनी भएको कोटेश्वर ट्राफिक प्रमुख प्रहरी निरीक्षक विदुर थापाले जानकारी दिए । १०५ आन्दोलनकारी पक्राउ यसैवीच आन्दोलनमा उत्रिएका अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मासहित १ सय ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । राजधानीका विभिन्न स्थानबाट पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्ल, सचिव नरेन्द्र न्यौपाने, सचिवालय सदस्यहरु उमेश थापा र धु्रव ओली, नेताहरु छविन्द्र ओझा प्रकाशचन्द्र सापकोटा, प्रकाश अधिकारी लगायत रहेको अखिल क्रान्तिकारीका उपाध्यक्ष जागृत रायमाझीले जानकारी दिए । पक्राउ परेका विद्यार्थी नेतालाई अनामगर, कमलपोखरीलगायतका प्रहरी विटमा राखिएको छ । आफूहरुलाई प्रहरीले बागबजारस्थित कार्यालय नजिकैबाट पक्राउ गरेको र कमल पोखरीस्थित प्रहरी कार्यालयमा सञ्चार सम्पर्कसमेत गर्न नदिई ‘ज्ञानेन्द्र शैली’मा थुनामा राखिएको क्रान्तिकारीका उपाध्यक्ष रमेश मल्लले बताए ।
मानिस र सवारीसाधनको बाक्लो चहलपहल हुने राजधानी काठमाडौंको पुतलीसडकमा मंगलबार दिउँसो विस्फोटक पदार्थ भेटिएको हल्लाले त्यस क्षेत्रमा आतंकको वातावरण बन्यो । पेट्रोलियम पदार्थको मूल्य वृद्दि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरूले गरेको उपत्यका बन्दका दिन वागबजारतर्फ जाने सडकको छेउमा विस्फोटक पदार्थसहितको झोला रहेको खबर प्रहरीले सेनासम्म पुर्यायो । विहानैबाट सडकमा रहेको त्यो झोला सैन्य पोशाकजस्तै देखेपछि बम भएको अनुमानमा प्रहरी सशंकित भएको थियो । सैनिक पोशाकको झोलालार्इ कसिलो बनाएर व्यस्त सडकमा राखिएको खबर पाउनेबित्तिकै सेनाको टोली पुतलीसडकमा पुगेको थियो । बम भएको अनुमानमा नेपाली सेनाको बम डिस्पोजल टोलीले सो स्थानलार्इ घेरा हालेर मेसिनको प्रयोग गरेर झोलालार्इ सतर्कतापूर्वक खोल्दा विस्फोटन हुने कुनै सामान नै फेला परेन । बम डिस्पोजल मेसिनले झोला खोलेर सेनाको टोलीले हेर्दा झोलामा जिन्स पाइन्ट र लिपस्टिक फेला परेको हो । बम भएको अनुमानमा करिब २ घण्टासम्म त्रसित बनेको पुतलीसडक र बागबजार क्षेत्र झोला हटाइएपछि सामन्य बनेको हो । बम डिस्पोजल मेसिनसहित, बम सुरक्षा पोशाकसहित पुगेको सेनाको टोलीले सैन्य पोशाकको झोलालार्इ डिस्पोज गर्दा ठूलो आवाजमा पड्कँदासम्म सर्वसाधरणाले बम नै भएको अनुमान लगाएका थिए । डिस्पोजल टोलीका सदस्य एक सैनिकले झोलालार्इ लठ्ठीले चलाइ खोलेर हेर्दा जिन्स पाइन्ट, लिपस्टिक, बोत्तल, मोबाइल फोनका रिचार्ज कार्ड र अन्य सामग्री भेटिए । ती सबै सामानलार्इ नेपाली सेनाको टोलीले त्यहाँबाट हटाएपछि जनजीवन सामन्य भइसकेको हो ।

पेट्रोलियम पदार्थ मूल्यवृद्धिबिरुद्ध आन्दोलनरत अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले प्रहरी हिरासतमै भोक हड्ताल सुरु गरेका छन्। ‘सरकारले मूल्यवृद्वि फिर्ता नगरेसम्मका लागि भोक हड्ताल सुरु गरेको छु,’ शर्माले भने, ‘मैले बिहान छ बजेदेखि केही पनि खाएको छैन।’ अठार विद्यार्थी संगठनको आन्दोलन नेतृत्व गरेका शर्मालाई प्रहरीले बिहान छ बजे नै पक्राउ गरेर कमलपोखरी प्रहरी वृत्तमा राखेको छ। देशभर प्रहरीले १ सय ५६ जानाको धरपकड गरेको दावी गर्दै उनले सबैको रिहाईको माग गरेका छन् । ‘प्रहरीले मलाई छाड्न खोजेको छ,’ उनले भने, ‘सबै साथिहरु रिहा नभई म हिरासत पनि छाड्दिन।’

मुल्यवृद्धि विरुद्ध आन्दोलन विद्यार्थीहरुले बुटबलमा चक्काजामको साथै गाडिहरु तोडफोड गरेका छन् । उनीहरुले दुग्ध विकास संस्थानको  र निजी एक कार गरि २ गाडि तोडफोड गरेका हुन्  ।
 
बुटवलबाट  नेपालगन्ज जाँदै गरेको  लु १ घ ३९ र बुटवलको मिलनचोकमा  बा ९ च १९५८ नं को निजी कार  तोडफोड गरेका हुन् ।  संस्थानको गाडी अस्पताललाई र निजीकार मिलन चोकमा तोडफोड गरेका छन्  ।
 
प्रहरीले आन्दोलनमा  उत्रेका ४ जना विद्यार्थीहरुलाई गिरफ्तार समेत गरेको छ । अखिलका २ र अखिल क्रान्तिकारीका २  रहेका छन् । गिरप्तार हुनेमा  लक्ष्मण पान्डे, बोझु गुरुङ विजय पोख्रेल र वालकृष्ण अर्याल रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ  ।  
 
विद्याथीहरुले बिहान ९ बजेदेखि  ११ बजेसम्म  चक्काजाम गरे । चक्काजामाका कारण  विहान भएकोले  स्कुलका विद्यार्थी तथा कर्मचारीहरुलाई समस्या भएको थियो  ।
 

photo: prakash lama

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक