20140322

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका नेपाली महेन्द्र केसीलाई १९ लाख अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) को चिठ्ठा !

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका नेपाली महेन्द्र केसीलाई १९ लाख अमेरिकी डलर (करिब १८ करोड रुपैयाँ) को चिठ्ठा परेको छ। सानफ्रान्सिस्कोमा रहेका महेन्द्रले क्यालिफोर्नियाको मेगा मिलियन गेममा यो चिठ्ठा जितेको खबर आजको कारोबारमा छापिएको छ। ५० वर्षका केसीले १ डलरमा मेगा मिलियन टिकट
किनेका थिए । सार्वजनिक भएका ६ वटा नम्बरमध्ये उनका ५ वटा नम्बर ११, १९, २४, ३३ र ५१ मिलेका थिए । ‘मेगा नम्बर ७’ मिलेको भए उनले फ्लोरिडा र मेरिल्यान्डका अर्का २ बिजेतासँग ४ अर्ब १४ करोड डलरको चिठ्ठा बाँड्ने सौभाग्य पाउने थिए । महेन्द्र पुरस्कार दाबीका लागि बुधबार बिहानै दक्षिणी सानफ्रान्सिस्को कार्यालयमा उपस्थित भएका छन्। उनका छोरा निरञ्जनले चिठ्ठा अधिकारीलाई उक्त रकम हजुरबुबा र हजुरआमाको उपचार तथा बुबाको मुटुरोग उपचारमा खर्च गरिने बताएका थिए । १ दशकअघि अमेरिका आएदेखि नै महेन्द्रले ठूलो चिठ्ठा पनै आशा पाल्दै आएका थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक