(संसारका १७५ देशमा पढिने, फोहोरी राजनीति
र छाडापनबाट
पुरै अलग, संसारभर छरिएर रहेका नेपालीहरुको साझा, स्वतन्त्र, अनलाइन पत्रिका www.NepalMother.com, एउटा क्लिकमा सबैथोक)

दशैंको गीत " बडादशैं आएकोछ " | रामप्रसाद खनालको दशैंको गीत | Dashain song of Ram Prasad Khanal

20140323

त्रिशुली नदीमा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु, घाइते १३ मध्ये ३ जनाको अवस्था चिन्ताजनक !

काठमाडौंबाट धनकुटातर्फ जाँदै गरेको  बस चितवनको दारेचोक–९ स्थित फिस्लिङ नजिकै त्रिशुली नदीमा दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ। आइतबार राती पौने आठ बजे ना ४ ख ५८२९ नम्बरको बस पृथ्वीराजमार्गबाट करिव २ सय मिटर तल त्रिशुली नदीमा पल्टिएर दुर्घटना भएको हो। मृतक दुई महिला र ३ पुरुष रहेको सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिन्टरका प्रहरी विष्णु
धरेलले जानकारी दिए। मृतकको सनाखत हुन सकेको छैन। घाइते १३ मध्ये ३ जनाको अवस्था चिन्ताजनक रहेको उद्धारमा संलग्न प्रहरीले जा नकारी दिए। काठमाडौंबाट १२ जनाको चलानी बाकेर गुडेको बसमा बाटोमा चढेका समेत गरी १८ जना रहेको छ । यस मध्ये चाल सहचालक को हुन भन्ने खुल्न सकेको छैन। घटनाको प्रारम्भिक अवस्था हेर्दा तीब्र गतिका कारण दुर्घटना भएको अनुमान गरिएको धरेलले बताए। घटनास्थलमा बस आधा बगरमा आधा पानीमा डुबेको अवस्थामा छ। दुई जना घाइतेलाई पानीबाटै उद्धार गरिएको छ। दुर्घटनामा पर्नेको संख्या थप हुन पनि सक्ने अनुमान गरिएको छ। उद्धार कार्यमा वरिष्ठ प्रहरी उपरिक्षकको कमाण्डमा एक सय जना सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालय मुग्लिङ र स्थानीयले सघाएका थिए। घाइतेको कुरिनटारस्थित मनकामना पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका निम्ति तीन वटा एम्बुलेन्समा काठमाडौं पठाइएको छ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक