20140323

अमेरीका प्रवेश गर्न पाऊने आप्रवाशीहरुको कोटा र यसबारेमा केही जानकारी

- विनोद रोका, Attorney at Law, न्यूर्योक

अमेरिकी काग्रेसले प्रत्येक बर्षा लागि अमेरीका प्रवेश गर्न पाऊने आप्रवाशीहरुको कोटा निर्धारण कानुनद्धारा गरेको हुन्छ। र यसरी निर्धारण गरिदिएको कोटाको संख्यमा नबढने गरी अमेरीकाको डिर्पाटमेण्ट अफ स्टेट, अद्यागमन विभाग र अमेरीकी सरकारका विदेशमा रहेका कन्सुलेट अफिस मार्फ आप्रवाशीहरुलाई भिषा उपलव्ध गराऊदछ।  त्यसैगरी अमेरीकामा कानुनको प्रकृया पुरा गरी प्रवेश गरेका तर कानुनको दायरा भन्दा बाहिर हुन पुगेका वा गैरकानुनी रुपबाट अमेरीकामा प्रवेश गरेका आप्रवाशीहरु मध्ये प्रतिदिन कतिजनालाई थुनामा राख्ने भन्ने संख्याको कोटा पनि अमेरीकी कांग्रसले निर्धारण गरेको हुन्छ। यो कुरा सामान्यतया बाहिर नआऊने हुदा धेरै मानीसहरुलाई थाहा पनि हुदैन। तर हालै अमेरीकी अद्यागमन कानुन व्यवसायी संघले दिएको जानकारी अनुसार अमेरीकाको संघिय सरकारले प्रत्येक दिन ३४ हजारको संख्यामा कानुनले तोकेको शर्त उलंघन गरी अमेरीकामा बसोबास गरी रहेका आप्रवाशीहरुलाई थुनामा राख्ने कोटा र तस्का लागि चाहिने बजेटको व्यवस्था गरेको छ। संघिय सरकारको तर्फाट थुनामा राख्ने काम  US Immigration and Customs Enforcement (ICE)    माध्यमबाट गर्दछ। यसरी थुनमा राखिने आप्रवाशीहरुको कोटा नै कानुनले तोकिदिएको हुदा आईसका अधिकारीहरुले अमेरीकी सरकार र समाजलाई खतरा पुरयाऊने अपराध गरेका, त्यस्ता आपराधिक गतिविधीमा लागेका वा लाग्न सक्ने सम्भावना रहेका आप्रवाशीहरुलाई प्राथमिकताको सुचीमा राखेर पक्रने र थुनामा राख्ने भन्दा पनि कानुनले तोकि दिएको अनि त्यो बमोजिमका
आप्रवाशीहरुलाई थुनामा राखीदिने व्यवस्था गर्ने ठेकेदारहरुको आम्दानी र खर्चको व्यालेन्ससिट मिलाऊने प्रयोजनका लागि थुनामा राखिने गरेको जस्तो महशुस गरिन्छ। यसरी दैनीक थुनामा राखिएका ३४ हजार आप्रवाशीहरुलाई प्रतिबर्ष२ विलियन अमेरीकी डलर खर्च हुने गर्दछ जुन अमेरीकी नागरिकहरुले तिरेको करबाट संघिय सरकारले व्यहोर्ने गर्दछ।

भनिन्छ अमेरीकी सरकरको यो नितीका आधारमा २००९ साल देखि २०११ सालसम्म थुनिएका आप्रवाशीहरुको संख्यालाई हर्ेदा आधाभन्दा बढी आप्रवाशीहरु कुनै अपराधिक गतिविधीमा संलग्न रहेका थिएनन। यदि कानुनद्धारा नै प्रतिदिन थुनिनु पर्ने आप्रवाशीहरुको संख्या नतोकि त्यस्ता आप्रवाशीहरुले अमेरीकी सरकार, राज्य सरकार, र अमेरीकी समाजलाई अहित हुने खालका अपराध गरे वापत सजाय पाएका, यस्ता अपराधिक गतिविधिमा लागेका, वा लाग्न सक्ने सम्भावना रहेका आप्रवाशीहरुलाई मात्र अमेरीकी संघिय सरकारका तर्फाट अधिकार प्राप्त निकाय आईसले राख्न पाऊने व्यवस्था भएमा अमेरीकी नागरिकहरुले तिरेको करको दुरुपयोग हुदैन थियो। यस्तो व्यवस्थाले केवल ठेकेदारहरुलाई मात्र फाईदा पुग्न सक्दछ। अमेरीकी कांगेशले कानुनद्धारा निर्धारीत आप्रवाशीहरुलाई प्रतिदिन थुनामा ३४ हजारमा नघटने र नबढने गरी आईसले पक्रीएर थुनामा राख्नुपर्ने हालको व्यवस्था अव्यवहारिक हुदा अन्त गरिनु पर्छ र यो छुट्याईएको बजेटलाई शिक्षा, स्थास्थ्य, एवं विकाश निर्माणको कार्यमा लगाऊनु पर्दछ भन्ने आवाज अमेरीकी कांग्रेश समक्ष पुग्नु आवस्यक भएको धारणा कानून व्यवसायी संघको रहेको छ।

यो थुनमा राख्नु पर्ने कानुनी व्यवस्थाले गर्दा भविष्यमा आऊने आशा राखिएको आप्रवाशी सुधार कानुन बमोजिम सुविधा पाऊन सक्ने सम्भावना रहेका कैयौ निर्दोष आप्रवाशीहरु अमेरीकाबाट निष्कासन भै सकेका छन। किनकि संघिय सरकारले यसैगरी कति संख्यामा आप्रवाशीहरुलाई सरकारी खर्चमा अमेरीकाबाट निष्कासन गर्ने भन्ने कोटा तोकेको हुदा सरकारले प्राथमिकताको सुचिमा राखेको अपराधी गतिविधिमा संलग्न रहेका निष्कासन गरेका आप्रवाशी भन्दा अमेरीकामा ओभरस्टे भएका र कुनै अपराधिक गतिविधिमा संलग्न नरहेका आप्रवाशीहरुको बढी रहेको अनुमान गरिन्छ।

राष्ट्र्पति ओबामाले आफना्े दोःश्रो कार्याकालको सुरुवात मै अमेरीकी अद्यागमन कानूनमा शंसोधन गरी अमेरीकामा हाल कागजबिना बसोवास गरिरहेका एघार मिलियन भन्दा बढी अर्थात एक करोड दश लाख भन्दा बढी आप्रावासीहरुलाई सरकारलाई तोकिएको कर तिरी अपराधिक गतिविधिमा संलग्न नभएको पाईएमा अमेरीकामा स्थायी रुपले बसोवास गर्न दिई नागरिक हुने पाऊने अधिकार समेत प्रदान गर्ने, विज्ञान र प्रविधि ९क्त्भ्ः० मा अमेरीकी विश्वविद्यालयबाट माष्टरड्रि्र्री हासिल गरेका आप्रावासीहरुलाई सरल तरिकाबाट अमेरीकामा नै स्थायी बसोवासको व्यवस्था गर्ने, अस्थायी कामदारहरु सम्वन्धि व्यवस्था गर्ने र अमेरीकामा गैह्रकानूनी रुपबाट प्रवेशन गर्ने नाकाहरुलाई बढी सुरक्षित बनाऊने दृढता जनाउदै संसद र सिनेटले तोकिएको समय भित्र विल छलफलमा नल्याएमा आफैद्धारा तयार पारेको विललाई छलफलमा ल्याऊने जानकारी दिएका थिए।
राष्ट्र्पतिका नितीलाई प्राथमिकता दिएर अमेरिकी सिनेटमा ग्यांगअफ यट अर्थात आठजना न्यूर्योकबाट प्रतिनिधित्व गर्ने डेमोक्रयाट सिनेटर चार्ल्सच्छुमर लगायतका सिनेटरहरुको समुहले अमेरीकी सिनेटको ११३औ काग्रेसमा Border Security, Economic Opportunity and Immigration Modernization Act पेश गरको विलमा जुन २७, २०१३ का दिन सिनेटमा मतदान हुदा पक्षमा ६८ डेमोक््रयाट र केही रिपव्लीकन र विपक्षमा केवल ३२ जना रिपव्लीकनहरुको मत परेको हुदा विललाई पारित गरियो। यो विललाई छलफल र पारित गराऊनका लागि रिपव्लीकनहरुको बहुमत रहेको प्रतिनिधिसभा कांग्रेशमा विल पर्ठाईको भएता पनि त्यहाबाट पारित हुन नसकेको हुदा राष्ट्र्पति समक्ष हालसम्म नपुगेकोले कानुन बनी तदनुसारको सुविधाको बाटो खुल्न सकेको छैन।
 यो विल पास भै राष्ट्र्पतिको हस्ताक्षर भएमा यस्ले कानुनको स्वरुप पाऊने छ र ११ मिलियन भन्दा बढी अनधिकृत रुपबाट अमेरीकामा बसोबास गरिरहेका आप्रावासीहरुलाई कानुनले तोकेको शर्तहरुको आधारमा १० बर्षो परिश्रणकालीन ग्रिनकार्ड कतबतगक ९च्भनष्कतभचभम एचयखष्कष्यलब क्ष्िmmष्नचबलत क्तबतगक, यच च्एक्ष्०   दिने र यस्तो ग्रिनकार्ड पाएको ३ बर्षछि अमेरीकाको नागरिक्ता पाऊ भनि निवेदन दिनका लागि योग्य ठहरिने व्यवस्था गरेको छ। यस्तो सुबिधा पाऊने आप्रवाशीले जरिवाना र संघिय सरकारलाई तिर्न बाकी रहेको कर तिर्नु पर्दछ। यद्यपि यस्तो स्टाटस पाएका आप्रवाशीहरुले संघिय सरकारका तर्फाट पाऊने सुबिधा भने पाऊने छैनन। तर ड्रि्म एक्टका सुविधा पाऊने ड्रीमरहरुलाई भने ग्रीनकार्ड र चाडो नागरिक्ता दिने व्यवस्था यस्मा गरिएको छ। यस्का साथै कामदार सम्वन्धि अस्थायी भिषा र अन्य विविध विषयमा राष्ट्र्पतिले दिएको नितीलाई पुरा गर्ने खालका प्रावधानहरु राखेको छ।
हाल रिपव्लीकनहरुको बाहुल्यता रहेको प्रतिनिधिसभाले सिनेटद्धारा पारित गरेको विधेयकलाई पारित गरेको अवस्थामा  कोटामा थुनिएर देश निष्कासन गरिएका निर्दोष आप्रवाशी र यीन्का परिवारहरुले पनि यो देशमा बस्न पाऊने सपना साकार बनाऊन सक्छन। अनि यी निती निर्माणको तहमा पुगेका आप्रवाशीहरुका सन्ततीहरुले dmै अवशर र स्वतन्त्रताको भुमीलाई आफनो कर्मभुमी बनाई यो देशको चौतर्फी विकाशमा महत्वपर्ुण्ा योगदान पुरयाऊन सक्नेछन। अत यो औचित्यता नभएको कानुनद्धारा थुन्नैपर्ने गरी तोकिदिएको कोटाले अमेरीकी करदाताले तिरेको बाषिर्क २ बिलियन डलरको दुरुपयोग हुन गै अमेरीकी सरकार र आप्रवाशीहरुलाई अहित र ठेकेदारलाई मात्र फाईदा हुन पुगेको हुदा यस्तो कानुनी व्यवस्थाको अन्त हुन अत्यावस छ।  
- बिनोद रोका, न्यर्ूयाेक राज्यको उच्च न्यायालय, अपिलाट डिभिजनको दोश्रो न्याय विभागमा र्एटनी एट ल को रुपमा मान्यता प्राप्त वकिल र अमेरीकर्ीर् इम्रि्रेशन बार एशोसियसन एवं न्यूर्योकर् इम्रि्रेशन बार एशोसियसनका सदस्य हुनुहुन्छ। हाम्रो कानुनी सेवा प्रति यहाको ध्यानाकर्षा रहोस भन्ने ध्येय यहा राखिएको छ। तपाइहरुलाई अगाडीको जस्तैैै सफलता दिलाऊने हाम्रो प्रयास रहनेछ यद्यपि सफलताको ग्यारेण्टी भने हाम्रो हातमा छैन। यहालाई यो लेखमा चर्चा गरिएको विषयमा सामान्य जानकारी गराउने सम्मको ध्येय राखिएको छ। तर्सथ निश्चित सेवाको लागि वकिल मुकरर नगरेसम्म हामीमा पक्ष र वकिलको सम्वन्ध कायम रहने छैन। कानुनले दिएको सुविधा प्राप्तीका लागिे निवेदन गर्नुपर्दार् इजाजत प्राप्त सम्वन्धित विषयका वकिलको सल्लाह लिई गर्नु उचित हुन्छ।

तपाईको अमेरीकी अद्यागमन र न्यूर्योक राज्यको कानुन सम्वन्धि कुनै समस्या भए कानुनी सल्लाहको लागि रोकालाई वहाको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा info@binodlaw.com/ www.binodlaw.com मा सर्म्पर्क राख्न सक्नुहुने छ।











No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक