20140325

NASO कम्युनिटीको आयोजनामा ४९ औं जातिभेद उन्मुलन दिवसका सर्न्दर्भमा अन्तरक्रिया कार्यक्रम सम्पन्न



४९ औं अन्तर्रर्ााट्रय जातिभेद विरुद्धको दिवसका सर्न्दर्भमा नासोे कम्युनिटी, अमेरिकाले वासिंगटन डिसीमा एक भव्य अन्तरक्रिया कार्यक्रम आयोजना गरी मनायो । नेपालमा बन्न गैरहेको संविधानमा मूल प्रवाहीकरण हुन नसकेका समुदायका अधिकारका विषयमा विभिन्न अतिथि वक्ता एवं सहभागीहरुले आफ्नो
विचार राखेका थिए । नासो कम्युनिटीका अध्यक्ष श्री दीपकजंग विश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नासोका सदस्य इच्छा विश्वकर्माले सञ्चालन गर्नुभएको थियो भने नासो कम्युनिटीका उपाध्यक्ष श्री गोपाल विश्वकर्माले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो । नेपाल र अमेरिकाको राष्ट्रिय गान शुरुवातमा बजाइएको थियो । शान्ति र चेतनाको प्रतीक सेतो मैनबत्ति बालि कार्यक्रमको शुभारभ्म प्रमुख अतिथि का.वा. राजदूत श्री नारायणप्रसाद मैनालीले गर्नुभएको थियो । कार्यक्रममा अतिथि वक्ताहरु डा. गोपी उप्रेती, माधवी बस्नेत कार्की, डा. चित्रकृष्ण तिवारी, कृष्ण सोब र डा. विष्णु माया परियार र यसै गरी मन्तव्य राख्नेहरुमा डि.वि.सागर विश्वकर्मा, होमनाथ सुवेदी, डा. श्याम कार्की, प्रदिप थापा मगर, एच.वि भण्डारी हुनुहुन्थ्यो । कार्यक्रमका सहभागीहरुलाई धरम विश्वकर्माले धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा नेपालमा बन्न गइरहेको संविधानमा उत्पीडित समुदायको अधिकारलाई सुचिश्चि बनाउन सम्पर्ूण्ा सरोकारवालाहरुलाई नासो कम्युनिटीको आव्हान पत्र नासोका अध्यक्ष दीपकजंग विश्वकर्माले वाचन गरेर नेपाल सरकारका प्रतिनिधि नारायणप्रसाद मैनालीलाई हस्तान्तरण गरिएको थियो ।






No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक