20140326

अप्रेशन नै नगरी फर्काइए एमाले नेता केपी शर्मा ओली, नयाँदिल्लीको म्याक्स अस्पतालमा थप उपचार गर्न 'असम्भव' रहेको जनाउँदै सिङ्गापुर वा बेलायत लैजान सुझाव !

एमाले नेता केपी शर्मा ओलीको उपचारमा संलग्न चिकित्सकहरुले नयाँदिल्लीको म्याक्स अस्पतालमा थप उपचार गर्न 'असम्भव' रहेको जनाउँदै सिङ्गापुर वा बेलायत लैजान सुझाव दिएका छन् । ओली निकट स्रोतका अनुसार चिकित्सकहरुले ओलीको हातमा देखिएको समस्याको कारण पत्ता लाग्न नसकेपछि अन्यत्रै लैजान सुझाव दिएका हुन् । चिकित्सकहरुले उपचारको लागि बेलायत वा सिङ्गापुर लैजान सुझाव दिएपछि एमालेका
केही नेताहरुले बुधबार परराष्ट्रमन्त्री महेन्द्र पाण्डेसँग छलफल गरेका थिए । एमाले विदेश विभागका सचिव केशव पाण्डेले हातमा भएको इन्फेक्सन पत्ता नलागेका कारण ‘डाइग्नोसिस’को लागि बेलायत वा सिङ्गापुर लैजानेबारे छलफल भएको बताए । ‘आज (बुधबार) परराष्ट्रमन्त्रीसँग पनि हामीले छलफल गर्यौँ’ उनले भने, ‘उहाँको अरु स्वास्थ्य अवस्था ठिक छ, हातको रोग पहिचान नहुँदा लैजाने कि भन्नेबारे छलफल भएको हो ।’ तीन सातादेखि उपचाररत एमाले संसदीय दलका नेता केपी ओलीको उपचार हाल म्याक्स अस्पतालमा भइरहेको छ । लामो उपचारपछि पनि ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार नआएपछि एमालेका नेताहरु धमाधम दिल्लीतर्फ लागेका छन् । बुधबारमात्रै पार्टी उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम दिल्ली गएका छन् । उनका साथमा नेता खगराज अधिकारी पनि ओलीको स्वास्थ्य अवस्था बुझ्न गएका छन् । गौतम फर्किएलगत्तै उनको अवस्था बुझेर एमाले अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल पनि दिल्ली जाने तयारीमा रहेको स्रोतले बतायो । तर एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले आगामी शनिबारसम्म ओली नेपाल आइसक्ने जानकारी आफूले पाएको बताए । यसअघि उद्योगमन्त्री कर्ण थापा, नेता कृष्णगोपाल श्रेष्ठ सहितका नेताहरु ओलीलाई भेट्न गएका थिए । म्याक्स अस्पतालमा उपचाररत ओलीको लगातारको ज्वरो नियन्त्रण आएको र हात सुन्निएको कारण पत्ता लाग्न नसकेको जानकारी अस्पतालले गराएको उनी निकट एक एमाले नेताले जानकारी दिए । ‘उहाँलाई बुधबार बिहान अप्रेशन कक्षमा पनि लगिएको थियो । तर अप्रेशन नै नगरी फर्काइएको छ, अस्पतालले यसबारे जानकारी गराएको छैन’ ती नेताले भने ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक