20140303

अदालतमा आत्मघाती बम हमला, एकजना न्यायाधीश र कम्तीमा ११ जना मारिए !

पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक अदालतमा सोमबार आत्मघाती बम हमला भएको खबर छ । सो बम आक्रमणमा परी एकजना न्यायाधीश नै मारिएका छन् । उक्त आक्रमणमा कम्तीमा पनि ११ जनाको ज्यान गएको पछिल्लो समाचारमा जनाइएको छ । पाकिस्तानमा अदालतमा नै यस्तो बम हमला भनेको अत्यन्त दुर्लभ घटना भएको छ । यसरी अस्पतालमा हमला हुने नगरेको सुरक्षा अधिकारीहरुले जनाएका छन् । साथै अदालतमा निकै कडा रुपमा गरिएको सुरक्षा व्यवस्थाका बाबजुद पनि यस्तो घटना हुनुलाई खतरनाक अवस्थाका रुपमा व्याख्या गरिएको छ । पाकिस्तान सन् २००७ देखि नै त्यहीँका तालिवान आतङ्कवादीहरुको हिंसाको चपेटामा पर्दै नै आएको छ । तरपनि यस अवस्था राजधानी इस्लामावादमै हमला हुने गरेको भने थिएन । पाकिस्तानको राजधानी शहर इस्लामावादमा भएको यस हमलामा पाकिस्तानका तालिवानहरुले भने हात नरहेको बताउएका छन् । उनीहरुले सो हमलामा आफुहरुलाई नमुछ्न पनि आग्रह गरेका छन् । इस्लामावाद प्रहरीका प्रमुख सिकन्दर हायातले भने– सोमबार बिहान ९ बजेतिर सो हमला भएको थियो र आत्मघाती आक्रमणका अतिरिक्त आरु
पनि केही बन्दुकधारीले गोली चआएका थिए । सो हमलामा परी एकजना न्यायाधीसहित ११ को ज्यान गएको छ । त्यसमा करिब २४ जना व्यक्ति घाइते पनि भएका छन् । पाकिस्तानका तालिवानहरुले दुई दिनअघिमात्र एकतर्फी रुपमा यद्धविरामको घोषणा गरेका थिए । उनीहरुले पाकिस्तान सरकारसँगको वार्ताका लागि युद्धविराम गरेको बताएका थिए । तर युद्धविरामको दुई दिनपछिमात्र यस्तो हमला भएको छ । यसलाई पाकिस्तानी प्रहरीले तालिवानकै काम भनेको छ भने तालिवानहरुले भने यसमा आफुहरुको कुनै हात नरहेको बताएका छन् ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक