20140316

एमाओबादी र प्रचण्डको सिको किन गर्दैछन बामदेब गौतम र एमालेका नेताहरु ?? यो त अली हजम भएन नि !!!

एमाले क्षेत्रीय अधिवेशनमा तीन हेलिकप्टर चार्टर ! बामदेबलाई बदनाम गराउन चाहने लाई थप मसला, किन बुझ्दैनन बामदेब ??   

काठमाडौ, चैत २ 


एमालेले क्षेत्रीय अधिवेशन उद्घाटनमा अतिथि ल्याउन/लान शनिबार तीनवटा हेलिकप्टर चार्टर गरेको छ। पार्टी उपाध्यक्ष तथा उपप्रधान एवम् गृहमन्त्री वामदेव गौतम, सभासद राजेन्द्र पाण्डे र अधिवेशनका केही
प्रतिनिधिलाई भब्यताका साथ अधिवेशनमा लगिएको खबर आजको कान्तिपुरमा धादिङबाट सुदीप कैनीले खबर लेखेका छन्।
उनीहरु काठमाडौबाट हेलिकप्टरमा कार्यक्रमस्थल आएका थिए। सदरमुकामबाट गाडीमा दुई घन्टामै पुग्न सकिने सल्यानकोट-८मा भएको कार्यक्रममा जान फजूल खर्च गरिएकोमा कार्यकर्ता नै असन्तुस्टी जनाइरहेका थिए।
क्षेत्र नम्बर १ का अधिकांश गाविसमा मोटरबाटो पुगेको छ। त्यसमाथि राजधानीसँगै जोडिएको जिल्लामा हेलिकप्टरको तामझामसाथ नेता आएको भन्दै एक जिल्ला सदस्यले गुनासो गरे।
सबै भन्दा पहिला गृहमन्त्री गौतम डाइनास्टिक एयरबा आए। उनको कार्यक्रम उद्घाटन गरी भाषण गरिरहँदा श्री एयरलाइन्सबाट पाण्डे आइपुगे। उनीसँगै फिस्टेल एयरबाट केही कार्यकर्ता अवतरण गरे।
कार्यक्रमस्थल नजिकै बारीको गरामा तीनवटा हेलिकप्टर बसेपछि अधिवेशनमा आउका प्रतिनिधिको भीड रमिता हेर्नतिर लागेको थियो। शुक्रबार साँझसम्म जिल्लामै रहेका सभासद पाण्डे शनिबार दिउँसो हेलिकप्टर चढेर आएका थिए। उनीहरु करिब एक/एक घन्टा अधिवेशनमा बसेर राजधानी फर्किए।
केही समयअघि उक्त क्षेत्रमा एमाले नेता शिव थापाको हत्या भएको थियो। उनको शव लैजान गाडीसमेत समयमा व्यवस्था भएको थिएन। 'तर पार्टी कार्यक्रममा ती/तीनवटाहेलिकप्टर चार्टर गरेर नेताहरु आएको देख्दा अचम्मलाग्यो,' कार्यकर्ता अम्बिका रुपाखेतीले भनिन्।
एमाले जिल्ला अध्यक्ष खेम लोहनीले भने प्रमुख अतिथि गौतमलाई मात्र पार्टीले हेलिकप्टर व्यवस्था मिलाएको दाबी गरे। ' अन्य साथीहरु आफै व्यवस्था गरेर आउनुभएको हो,' उनले भने,' अरु हेलिकप्टरमा आउने कुरा मलाई पनि थाहा थिएन।जिल्लाका तीनैवटा क्षेत्रमा पार्टीले चुनाव जितेपछि साथीहरुले उत्साहित भएर हेलिकप्टर चढेको हुनसक्छ।'

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक