20140327

नेपाल मदर डट कम स्वर्गीय प्रचण्ड पुत्री प्रती दिलै देखी हार्दिक श्रध्दान्जली ब्यक्त गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जनमा समबेदना प्रकट गर्दछ ।

भन्छन आफुखाने शत्रुलाई पनि यस्तो दिन देख्नु नपरोस । दुनियाँका छोरा छोरी मारेर नेता बनेका नेपालका आतंकबादी नायक प्रचण्डकी पुत्रिको दु:खद निधन भएको खबर ले यो हिन्दू धर्मबादी मन लाई पनि अत्यन्त दु:ख लागेको छ । यो दु:खद घडी मा समबेदना र सहानुभुति दिनु मानबिय धर्म हो नैतीक दायित्व हो त्यसर्थ नेपाल मदर डट कम स्वर्गीय प्रचण्ड पुत्री प्रती दिलै देखी हार्दिक श्रध्दान्जली ब्यक्त गर्दै शोक सन्तप्त सम्पूर्ण परिवार जनमा समबेदना प्रकट गर्दछ । भगवान ले शोक सन्तप्त परिवार जन मा धैर्य धारण गर्ने शक्ती प्रदान गरुन भनी भगवान सँग प्राथना गर्दछ । यो घटना पछी अधर्मी, हिन्दू धर्मका हत्यारा, सत्र हजार निर्दोस का हत्यारा नाइके कमरेड प्रचण्ड अर्थात छबिलाल दाहाल र उनका मतियारहरुले मानबियता कस्तो हुँदो रहेछ ? छोरा छोरीको माया कस्तो हुँदो रहेछ ? बाबु आमाले छोराछोरी गुमाउँदा कती पिँडा हुँदो रहेछ ? भन्ने अलिकती महसुस गर्न भगवान ले सदबुद्धी प्रदान गरुन कामना छ । हिन्दू धर्म लाई युरो र डलरमा बिक्री गर्ने अपराधी प्रचण्ड पशुपतिनाथ र आर्यघाट जनाइ पर्ने परिस्थितीको आँकलन गर्दै अरु छोटे प्रचन्डहरुको पनि बेलै मा सदबुद्धी फिरोस, हिन्दू धर्म र सन्स्कार प्रती गरिएका अन्याय र अत्याचार को पनि बेलै मा लेखाजोखा गरी हिन्दूधर्मा माथि पनि न्याय गरियोस नेपाल मदर
डट कम सबैलाई आह्वान गर्दै सचेत तुल्याउन चाहन्छ ।                    एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डका छोरी ज्ञानु केसीको निधन भएको छ । क्यान्सरबाट पीडित केसीको चावहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा निधन भएको प्रचण्डका स्वकीय सचिव एवं केन्द्रीय सदस्य चुँडामणि खड्काले बताए । केसीप्रति अन्तिम श्रद्धान्जली व्यक्ति गर्न आफन्त तथा विभिन्न दलका नेता कार्यकर्ता ओम अस्पताल पुगे । केसीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । केसीलार्इ अन्ति श्रद्दाञ्जली दिन एमाओवादीका नेताद्दय बाबुराम भट्टरार्इ, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र हिसिला यमी लगायतका पार्टीका शीर्ष नेता पशुपतिस्थित आर्यघाट पुगेका थिए । पशुपति आर्यघाटमा पुगेका थिए । त्यस्तै श्रद्धाञ्जली दिन सरकारका तर्फबाट सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, नेकपा माओवादीका अध्यक्ष मोहन बैद्य, नेकपा एमालेका सचिव विष्णु पौडेल, कांग्रेस नेता शेखर कोइराला र पूर्व प्रहरी प्रमुख कुवेर सिंह रानालगायत उच्च पदस्थ व्यक्ति आर्यघाट पुगेका थिए । अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर छोरीलाई श्रद्धाञ्जली अर्पण गरेका थिए । केसीको हिन्दू संस्कार अनुसार अन्त्यष्टि गरिएको हो । केसीका पति र दुई छोरी छन् । ४० वर्षकी केसी लामो समयदेखि स्तन क्यान्सरबाट पीडित थिइन् । अमेरिका र भारतमा उपचार गरेपनि स्वास्थ्य लाभ नभएपछि केसीलाई काठमाडौं ल्याइएको थियो । केसीका दुई छोरी छन् । जेठी छोरी ज्ञानु केसीको बिहीबार निधन भएपछि दिउँसो आर्यघाटमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल भावुक भेटिए। पशुपति प्राङ्गणमा उनकी छोरीको मृत शरीर पार्टीको झण्डा ओढाएर राखिएको थियो। ज्ञानुका दुई छोरी ‘नजानू न ममी’ भन्दै अनवरत रोइरहेको दृश्यले आर्यघाट आएका सर्वसाधारणको आँखा पनि रसाएका थिए। छोरीको लास राखिएको छेउको पाटीमा दाहाल नातिनीहरुको आर्तनाद सुन्दै आँखाभरि आँसु बनाइरहेका थिए। दाहालका वरिपरि उनका श्रीमती, छोरीज्वाइँहरु र आफन्तहरु पनि शोकमुद्रामा थिए। श्रद्धान्जलीका लागि चढाएका मालाले छोरीको लास पुरिइसकेको थियो। तैपनि बेलाबेला दाहाल तन्केर त्यतै हेर्दै थिए। दाहालले आफ्नी छोरी जाँदा आँसु थाम्न सकेनन्। ज्ञानु केसीको बिहीबार बिहान पौने १२ बजे निधन भएको थियो। उनी १० वर्षयता स्तन क्यान्सरले पीडित थिइन्। उनलाई नेपालमात्र होइन, भारत र अमेरिका लगेर गरिएको उपचारले समेत निको पार्न सकेन। पछिल्लो समय भारतमा उपचार गराइरहे पनि डाक्टरले रोग निको हुन नसक्ने भनेपछि नेपाल ल्याइएको थियो। नेपाल ल्याएपछि ज्ञानुलाई ओम अस्पतालमा डाक्टरहरुको निगरानीमा राखिएको थियो। लामो समयसम्म अस्पतालमा राखिएकी उनलाई बुधबार बेलुका ओम अस्पतालबाट घर ल्याइएको थियो। ‘निकै पछि, बिहानभरि ठूलोबुवा, आमाहरु र दिदीहरु सपरिवार बसेर गफ गर्दै चिया खाइरहनु भएको थियो, अकस्मात दिदीलाई बिमारले च्यापेर अस्पताल लगिएको थियो, त्यहीँ दिदी बित्नुभयो,’ आर्यघाटमा आएकी दाहालकी भतिजीले भनिन्। दाहालपुत्री ज्ञानुलाई श्रद्धान्जली दिन नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य पनि आएका थिए। दाहाल बसेको पाटीको बेन्चमा दाहिने र देब्रेतिर मोहन वैद्य र बाबुराम भट्टराई शोकमुद्रामा बसेका थिए। पार्टी फुटेर टाढिएका उनीहरु शोकमा एकै ठाउँमा भेटिए। एमाओवादी नेताहरु वर्षमान पुन, ओनसरी घर्ती, हिसिला यमी, टोपबहादुर रायमाझीलगायत नेताकार्यकर्ता र पत्रकारहरुको पनि बाक्लै भिड थियो। अन्तिम दर्शनका लागि आर्यघाटको छेउमा राखिएकी ज्ञानुलाई चितामा राखेपछि हिन्दु संस्कार अनुसार उनका श्रीमान अर्जुन केसीले दागबत्ती दिएका थिए। दागबत्ती दिएर फर्किँदै गर्दा दाहाललाई भेट्न एमाले नेता माधव नेपाल आर्यघाट पुगेका थिए।




सम्बन्धित समाचार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक