20140329

हार्दिक श्रध्दान्जली साथी बीरेन्द्र कार्की !

नेपाल टेलिभिजनमा मेरो प्रबेश सँगै मैले चाहे कार्यक्रम निर्माता, निर्देशक र संचालक भएर काम गर्दा होस् वा टेलिभिजनको संचालक समितिमा संचालकको रुपमा बसेर काम गर्दा होस् द्रिश्य सम्पादक बीरेन्द्र कार्की एउटा अत्यन्त अशल ब्यक्तिको रुपमा अनुभब गर्न पाएको थिएँ । मेरो शुरुको टेलिभिजन कार्यक्रम नेपालको सेरोफेरो, त्यस पछी बिद्युत र त्यस पछी लोक दोहोरी तीन वटै कार्यक्रमका द्रिश्य सम्पादकहरु मध्येका एक बीरेन्द्र कार्की काम को दौरान मा मेरो निकटको साथी बन्नु भयो । टेलिभिजनमा सधैं मलाई सहयोग गरेको यो साथी म अमेरिका आएको केही बर्ष पछी यही अमेरिका आउनुभयो म सँग पनि केही समय बस्नुभयो । ग्रीन कार्ड प्रोसेसमा मैले पनि आफुले जानेका कुरा र सक्दो सहयोग गेरेको थिएँ । ग्रीन कार्ड एप्रुभ भयो । बीरेन्द्रले सोध्नु भयो अब म जाँदा हुन्छ नेपाल ? केही त नबिग्रिएलानी है खनाल सर ? मैले भने अब ग्रीन कार्ड लिएरै जानुस्, वहाँले भन्नु भयो नेपाल टेलिभिजन मा मेरा थुप्रै मिलाउनुपर्ने कुरा छन, परिवार ल्याउनका लागि पनि तयारी गर्नुपर्छ त्यसैले जान्छु कार्ड आउन साथ म अहिले सँगै बसेको साथीले
कोही हस्ते नेपाल पठाइदिनुहुन्छ म फर्किन्छु । मैले त्यसो भये जाँदा हुन्छ भने । यसरी बिदा भएर अमेरिकाबाट नेपाल गएको मेरो साथी बीरेन्द्र केही दिन अगाडि फेन्ट भएको र नर्भिकमा भर्ना भएको खबर सहकर्मी साथी रमा सिंहले बताउनुभएको थियो । पछी फेरी रमाजी ले भन्नु भयो बीरेन्द्र कार्किलाई हामी ले गुमायौँ साथी थाहा पाउनुभयो ! म अवाक भएँ । स्तब्ध भएँ । परिवार लिन भनेर नेपाल गएको मित्र बीरेन्द्र
उतैबाट स्वर्ग तिर प्रस्थान गरे रे । नपत्याउनु कसरी नपत्याउनु ! पत्याउनु कसरी पत्याउनु !!! आखिर ढिलो चाँडो सबैले जाने बाटो त्यही नै हो भनेर मन बुझाउनुको कुनै बिकल्प रहेन । अल बिदा साथी बीरेन्द्र । हार्दिक श्रध्दान्जली र परिवार जनमा समबेदना । - रामप्रसाद खनाल

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक