20140329

लोक दोहोरीको क्षेत्रमा नयाँ तर राम्रो प्रतिभा गायिका मन्जु महतको दुर्घटनामा परि काठमाडौंमा निधन

लोक दोहोरीको क्षेत्रमा नयाँ तर राम्रो प्रतिभा गायिका बहिनी मन्जु महतको दुर्घटनामा परि काठमाडौंमा निधन भएको खबरले अत्यन्तै दु:ख लागेको छ । यस दु:खद घडीमा स्वर्गीय गायिका बहिनी मन्जु प्रती भाब पूर्ण श्रध्दान्जली र शोक सन्तप्त परिवार जन मा समबेदना प्रकट गर्दछौं । यि प्रतिभाशाली बहिनी पोखरामा २०५८ सालमा मेरो मित्र, नाता सम्बन्धले भाई, बरिस्ठ लोक गायक पुरुसोत्तम न्यौपानेका माध्यम बाट म सँग संपर्कमा आइन र मैले पोखरामै केही समयको रिहल्शल पश्चात यिनको दोहोरी रेकर्डिङ गरेर नेपाल टेलिभिजन मार्फत प्रशारण गरिदिएँ । पछी फेरी मन्जु म सँग आइन र भनिन दाजु हजुरको साथ र सहयोगले म नेपाल टेलिभिजन सम्म पुग्न सकें र मेरो दोहोरी प्रशारण पश्चात म गायिका भएको अनुभब गरेकी छु । सबैले मलाई टेलिभिजन मा हेरेको भरमा चिन्न थाले, तपाईं मेरा लागि भगवान साबित हुनुभयो । मैले जिन्दगी भर हजुर लाई भुल्ने छैन । मिठो मिजास कि, सरल र धेरै गुनले युक्त यि प्रिय बहिनी मेरो मानस पटलमा सधैं रहिरहने छिन । अल बिदा मन्जु । तिम्रो स्वर्गमा बास होस् भगवान सँग प्राथना ।
- रामप्रसाद खनाल - अध्यक्ष
अन्तराष्ट्रिय कलाकार मँच, एबम समस्त मँच परिवार

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक