20140329

बाबुराम भट्टराईले बाख्रापालन गर्ने तयारी !

पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी) का नेता बाबुराम भट्टराईले सक्रिय राजनीतिक जीवनपछिको बाँकी समय गोरखा जिल्लामै पशुपालन व्यवसाय गरेर बिताउने धारणा व्यक्त गरेका छन् । गोरखा पर्यटन समाजले आज आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा डा भट्टराईले भने, “मैले यस्तोभन्दा धेरैले मेरो भनाइमा विश्वास नगर्लान् तर म गोरखा जिल्लामै बसेर त्यहीँ मर्न चाहन्छु।” उनले विदेशिने वा काठमाडौँमा बस्ने प्रवृतिको अन्त्य गर्न जरुरी रहेको बताउँदै सबै व्यक्ति गाउँ फर्केर जान आवश्यक रहेको
बताए। उनले भने,“छोराछोरीलाई विदेश पठाउने र उनीहरु उतै बस्ने तथा बाबुआमा काठमाडौँमा आएर बस्ने दुवै प्रवृति बढ्दै गएको छ, यसलाई निरुत्साहित गर्न जरुरी छ।” परम्परागत खेतीपाती गर्ने वा जागिर गर्ने दुवै मानसिकता त्यागी अबको पुस्ताले आफैँ उद्यमशील बन्न जरुरी रहेको उनको भनाइ थियो। उनले भने,“मेरो गोरखाको घर रहेको क्षेत्रमा खेती बढी हुँदैन, सो ठाउँमा बाख्रापालन गर्न उपयुक्त छ, साथीसँग मिलेर अहिलेदेखि नै बाख्रापालन गर्ने तयारी समेत गरेको छु।” गोरखा जिल्लाका सभासद्समेत रहेका डा भट्टराईले गोरखालाई विकासको नमुना जिल्ला बनाउने पक्षमा आफू रहेकोसमेत बताए। कार्यक्रममा एमाओवादी नेता एवम् गोरखाका सभासद् हितराज पाण्डेले गोरखा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, हिमाली र युद्ध पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै यसको प्रवर्द्धनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा गोरखाको पर्यटन विकासबारे कार्यपत्र प्रस्तुत गरिएको थियो। रासस

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक