20140419

तीन दलले एक वर्षमा संविधान निर्माण गर्ने भन्दै जनतालाई ढाँट्दै आएको कमल थापाको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीनदलीय सिन्डिकेटबाट संविधान बनेमा त्यो आफूहरुलाई अमान्य हुने बताउनुभएको छ । राप्रपा नेपाल कटुञ्जे गाउँ एकाई समितिको पहिलो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सहमतिमा संविधान बनेमा मात्र स्वीकार्न सकिने बताउनुभयो । थापाले भन्नुभयो, “सबै दलको सहमतिमा संविधान निर्माण होस् भन्ने हाम्रो चाहना हो, तर नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीले जबरजस्ती आफ्नो एजेन्डालाई मात्र लादेर संविधान निर्माण गरे त्यसलाई स्वीकार्न सकिन्न ।” तीन दलले एक वर्षमा संविधान निर्माण गर्ने भन्दै जनतालाई ढाँट्दै आएको आरोप लगाउँदै उहाँले भन्नुभयो, “ठूला तीन दलले एक वर्षमा संविधान निर्माण गर्छौं भनेर जनतालाई ढाँटेर आएका छन् । अहिलेकै अवस्थामा संविधान बन्दैन । उहाँले पहिलो संविधानसभाबाट जुन कारण संविधान जारी हुन सकेन अहिले त्यही कारण तीन दलले दोह¥याइरहेको आरोप लगाउनुभयो । अहिले पनि तीन दलको त्रुटिपूर्ण मार्गचित्र, निषेधको राजनीति र सत्ता लिप्साका कारण संविधान बन्न नसकेको र अहिले पनि यही क्रम दोहोरिँदै गएको उहाँको भनाइ थियो । कार्यक्रममा काँग्रेसका सभासद् रामेश्वर ढुङ्गेलले जनमुखी संविधान निर्माणमा राप्रपा नेपालले पनि सघाउनुपर्नेमा जोड दिनुभयो । राप्रपा नेपालका कटुञ्जे गाउँ एकाई
समितिका अध्यक्ष प्रवीण ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपा नेपालका सभासद्हरु दिनेश श्रेष्ठ, कुन्ता शाहीलगायतले जनचाहनालाई संविधानसभाले आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक