20140419

डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया र संविधान निर्माण भाड्न खोजेको एमाओवादीका नेता अग्नि सापकोटाको आरोप

एमाओवादीका नेता अग्नि सापकोटाले राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त नाभी पिल्लेले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी अभिब्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् ।
Agni sapkotaउनले यस्ता व्यक्ति र संघसंस्थालाई सरकारले कारबाही गर्न समेत माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भनेका छन्-’शक्ति राष्ट्रहरुले मानवअधिकारको कुरा उठाएर कमजोर मुलुकहरुमाथि आधिपत्य जमाउन खोज्दैछन । यसमा सरकार र राजनीतिक दलहरु सचेत हुनुपर्छ ।’ डलरको खेती गर्नेहरुले शान्ति प्रक्रिया र संविधान निर्माण भाड्न खोजेको भन्दै उनले सरकार समेत डलर खेती गर्नेहरुको प्रभावमा परेको आरोप लगाए । उनले भने-’शान्ति प्रक्रिया भाड्न चाहनेहरुलाई सरकारले कानूनी दायरमा ल्याई कारवाही गर्नु पर्छ ।’
सापकोटाले प्रधानन्यायाधीश वा न्यायाधीश मात्रै नभइ द्वन्द्वलाई बुझेको र शान्ति सम्झौताप्रति प्रतिबद्ध ब्यक्तिलाई सहमतिका आधामा सत्य निरुपण र बेपत्ता छानविन आयोवगमा ल्याउनु पर्ने बताए । संसदमा पेश भएको विद्येयकलाई संशोधन गरेर द्वन्द्वकालका कुनै घटना नकोट्याउने र सबै घटनाहरुलाई आयोग मार्फत समाधान खोज्ने कांग्रेस र एमाले सहमत भइसकेको भन्दै उनले एमाओवादीले विद्येयकमाथि संसोधन प्रस्ताव लैजाने जानकारी दिए । एमाओवादी नेता सापकोटाले साउथ एसिया ट्रष्टको नाममा नर्वेजियन रदूतावासबाट कनकमणि दीक्षितले ल्याएको रकमको छानविन गरेर सरकारले कारवाही गर्नु पर्ने बताए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक