20140425

देश अझै पनि अन्यौलमा रहेको भन्दै सवैलाई समेट्ने किसिमको संविधान वनोस भन्ने जनता र आफ्नो चाहना रहेको बताए पूर्व राजा ज्ञानेन्द्र शाहले

पूर्व राजा ज्ञानेन्द्र शाहले जनताले चाहेमा राजतन्त्र फर्कन सक्ने बताएका छन् । चितवनको जुटपानी ६ सर्युपुरमा रहेको वौद्ध गुम्वामा पूजा अर्चनापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्व राजा ज्ञानेन्द्रले मुलुकमा अझै मेलमिलाप हुन नसकेको आफ्नो अनुभव रहेको सुनाए । देश अझै पनि अन्यौलमा रहेको भन्दै उनले सवैलाई समेट्ने किसिमको संविधान वन्नोस भन्ने चाहना जनता र आफ्नो चाहना रहेको बताए । देशमा देखिएको
अन्यौलता हटाउनकै लागि आफू देशका विभिन्न मठमन्दिरमा पुगेर प्राथना गरिरहेको उनको भनाइ छ । गुम्वामा पूजा गर्नु अघि खोलेसिमल वजारमा पूर्व राजा शाहलाई समर्थकले स्वागत गरेका थिए । उनले रत्ननगरको निपनीमा रहेको हरिहर मन्दिर र कालिका मन्दिरको पनि पूजा अर्चना गरेका छन् । उनी नारायणगढको सेन्ट्रल पाम होटलमा बास वस्ने छन् भने शनिबार नारायणगढस्थित नारायणिकला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । पूर्व राजा ज्ञानेन्द्र शाहले नारायणगढस्थित पशुपतिनाथ गौरिश्वर मन्दिरमा पूजा अर्चना गरी पुल्चोकसम्म पैदलयात्रा गर्ने आयोजकले जनाएको छ ।
















No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक