20140425

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा एमाओवादीका नेता बाबुराम भट्टराई सर्वसम्मत निर्वाचित

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको सभापतिमा एमाओवादीका नेता बाबुराम भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । खम्बुवान राष्ट्रिय मोर्चा नेपालका रामकुमार राईले उम्मेदवारी फिर्ता लिएपछि भट्टराइ सर्वसम्मत सभापति भएका हुन् । यस्तै संविधान मस्यौदा समितिको सभापतिमा कांग्रेसका कृष्ण सिटौला, अभिलेख अध्ययन तथा निक्र्यौल समितिको सभापतिमा एमालेका विष्णु पौडेल, क्षमता अभिबृद्धि समितिको सभापतिमा लक्ष्मी चौधरी र नागरिक सम्वन्ध समितिको सभापतिमा प्रमिला राना
निर्वाचित भएका छन् । नवनिर्वाचित सभापतिहरुको सपथ शनिबार विहान ११ बजे हुनेछ । पहिलो बैठक १५ गते सोमबार बस्नेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक