20140406

‘म वामदेव गौतमज्यू मात्र हैन कुनै गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न । आफ्नो ऊर्जा र समय ठूलाबडलाई अनुहार देखाउनमै खर्चिनाले व्यवसायिकतामा आघात पुगेको हो’ : रमेश खरेल

 गृहमन्त्री वामदेवको रोष संचार माध्यममा आएपछि सामाजिक सञ्जालमा गौतमको आलोचना भइरहेको छ । ‘गृहमन्त्रीले एसएसपीको रिस गर्ने ? सार्वजनिक रुपमा निन्दा गर्ने ? त्यो पनि भेट्न आएन भनेर ? कस्तो स्तर, कस्तो अपेक्षा !’ पूर्व मन्त्री निलाम्बर आचार्यले लेखेका छन् । आफू मातहत कर्मचारीको गल्ती, कमजोरी देखियो भने नसिहत वा सजाय दिने अधिकार गृहमन्त्रीलाई छ । प्रहरी अधिकृतहरुमध्ये धेरै वाहवाही पाइरहेका खरेलमाथि उनले पुरापुर निगरानी राख्न पाउँछन्, राख्नुपर्छ । एउटा एसएसपीभन्दा धेरै ख्याति कमाउने ‘स्कोप’ गृहमन्त्रीका सामुन्ने हुन्छ । संचारकर्मी रवीन्द्र मिश्रले फेसबुकमार्फत् गौतमलाई सुझाव दिएका छन्, ‘वामदेवजी, काम नपरी रमेश खरेलले तपाईलाई किन भेट्न आउनुपर्ने बताइदिनुस् न । बरु राम्रो काम गर्नोस् । तपाईलाई पनि सबैले सेलिव्रेटी मान्नेछन् ।’ विभागीय मन्त्रीले गरेको आलोचना खरेलले मिडिया मार्फत् थाहा पाइसकेका छन् । सेतोपाटीले कर गरेपछि उनले त्यसबारे छोटो प्रतिक्रिया दिन माने । ‘फोर्समा चेन अफ कमाण्ड हुन्छ,’ खेरेलले भने, ‘त्यसको मेन्टेन भएन भने प्रहरी बिग्रन्छ भन्ने मैले बुझेको छु ।’ फूलको गुच्छा बोकेर हाकिम, मन्त्री र नेताको घरघर धाउने प्रवृत्तिले नै प्रहरी बिग्रिएको बताउँदै खरेलले भने, ‘म वामदेव गौतमज्यू मात्र हैन कुनै गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न ।’ कानुनले दिएको
अधिकार र बैधानिक आदेश अनुसार काम गर्ने बानी भएकाले मन्त्रीकहाँ गइरहनु पर्ने जरुरत नभएको खरेलले बताएका छन् । ‘आफ्नो ऊर्जा र समय ठूलाबडलाई अनुहार देखाउनमै खर्चिनाले व्यवसायिकतामा आघात पुगेको हो,’ खरेलले भने, ‘म त्यसो गर्न सक्दिन ।’

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक