20140420

प्रचन्ड र बाबुराम सँगैका उनिहरुका साथी जो हिजो एकै थाल मा खान्थे, सँगै सुत्दथे अर्थात भरत दाहाल को सनसनी पूर्ण र सबैले पढ्नै पर्ने लेख

'प्रचण्ड र बाबुराम पहिला यि आठ प्रश्नको उत्तर देउ'

'प्रचण्ड र बाबुराम पहिला यि आठ प्रश्नको उत्तर देउ'
- भरत दाहाल
पहिले जस्तै जनता कसैकाे शिकार नहाेउन भन्ने उद्देश्यले लेखेका कुराहरू प्रचण्ड-बाबुरामका केहि हनुमानहरूलार्इ पचिरहेकाे छैन र उनीहरूले अभद्र शब्दहरू प्रयाेग गरिरहेका छन्। देशकाे अाजकाे अवस्था सिर्जना गर्ने सूत्रधारहरूमा राज्य र विदेशिहरू त हुँदै हुन् तर एमाअाेवादीका मूख्य नेताहरू पनि यसबाट अछुताे रहेका छैनन् भन्ने कुरामा मेराे जाेड छ। देश र जनतालार्इ जाेगाउने एकमात्र उपाय सबैतिरका षडयन्त्रकारीहरूलार्इ एउटै कित्ताका रूपमा बुझ्ने प्रयास गर्नु हाे। जसले फुजेल घटनामा प्रचण्ड-बाबुरामहरू जनताकाे पक्षमा उभिएकाे देखिरहेका छन्, तिनीहरू या भ्रममा छन्, या विक्षिप्त छन्। मलार्इ नकारात्मक भएकाे देख्नेहरूले पहिले निम्न प्रश्नहरूकाे जबाफ जनतालार्इ दिनुहाेस्।
१.)भारतका ठूला शहरहरूमा अारामकाे जीवन बाँचेर युद्ध हाँक्ने सुविधा उनीहरूलार्इ किन दिइयाे ? या उनीहरू बिकेकाे हुनुपर्छ, या भारतीय सत्ता विस्तारवादी नभएर समाजवादी-जनवादी भएकाेले हुनुपर्छ। तपार्इंहरूकाे जबाफ के हाे ?
२.)तपार्इंहरूले भन्नुहाेला उनीहरू भूमिगत थिए। मैले उनीहरूलार्इ २०५३ सालमा दिल्लीसंग जाेडिएकाे फरिदावादमा भेटेकाे हुँ। २०५४ सालमा लखनउमा बाेलार्इएकाे २०/२५ जनाकाे भेटघाटमा म पनि थिएँ। उक्त भेटघाट कृषि मंत्रालय अन्तर्गतकाे सुरक्षागार्ड सहितकाे सरकारी गेष्टहाउसमा राखिएकाे थियाे। दशबर्षे युद्धका दाैरानमा माअाेवादीले केन्द्रीय स्तरका ३१ वटा बैठक, भेला, प्रशिक्षण, सम्मेलन र विस्तारित बैठकहरू दिल्ली, फरिदावाद, कानपुर, लखनउ, सिलगढी, पटना, जालन्धर, नाेयडा, मैसुर, गाेवा, चेन्नइ, हरियाणा जस्ता ठूला शहरमा गरेकाे थियाे। प्रचण्ड-बाबुरामलार्इ याे सुविधा के
कारणले उपलब्ध गरार्इयाे ?

३.)भारतकाे स्वार्थ विपरित काम नगर्ने भनेर वाजपेयीकाे कार्यालयमा बिन्तिपत्र हालेकाे कुरा त एसडी मुनीले बाहिर ल्याइसकेका छन्। कहिले सिलगढी, कहिले पटना र अहिले दिल्लीमा तपाइंका नेताहरूले पटक पटक बैठक गरेका कुरा संसदवादीहरूसंगै साेध्नुहाेस्। दरबार र सेनासंग वार्ता गर्न काठमाडाैंमा स्थायी रूपमा टीम बसालिएकाे कुरा अाफ्नै नेताहरूलार्इ साेध्नुहाेस्। देश र जनता लुट्ने माथिल्लाे दर्जाका दलाल पूँजीपति, तस्कर, काला बजारीया, संसदवादी नेता, सेनाका जर्नेल, पुलिस हाकिम, एनजिअाे अाइएनजिअाे हाकिम, बहुराष्ट्रिय कंपनीका निर्देशक जस्ता अपराधिहरू कसैलार्इ पनि १० बर्षकाे अवधिमा छाेइएकाे नाम दिन सक्नुहुन्छ ? अब तपार्इंहरू नै जनतासंग भनि दिनुहाेस् कि त्याे युद्ध कसका विरूद्धमा लादिएकाे थियाे ?

४.)विकृति त सबै धर्ममा छन्। तर हिन्दु संस्था र व्यक्तिहरूलार्इ मात्र निशाना बनाउनुकाे कारण के हाे ?

५.) दासढुंगा हत्या प्रकरणकाे प्रमाण मेटाउने भारतीय षढयन्त्र बाहेक अमर लामाकाे हत्याका पछाडि अरू कुनै कारण छ ? उनले तपार्इहरूका कति जना काे काे मानिसकाे हत्या गराएका थिए र उनलार्इ मारिएकाे हाे भनि जबाफ दिनसक्नु हुन्छ ?

६.)भारतमा नन्दकिशाेर पुनले बम विष्फाेटकाे तालिम लिएकाे ठाउँ र नेपाली सेनाका जवानहरूले सैन्य तालिम लिने ठाउँ एउटै थियाे भनि स्वयं पुनले अाफ्नाे पुस्तकमा उल्लेख गरेकाे कुरा पढ्नु हाेस् र जनतालार्इ जबाफ दिनुहाेस् कि राज्य र माअाेवादी दुबैलार्इ लडाउने, दुबैसंग हतियार बेच्ने र दुबै पक्षलार्इ तालिम दिने शक्ति एउटै रहेछ कि रहेनछ ?

६.)बाह्रबुँदेकाे मस्याैदा भारतीयहरूले गरिदिएकाे कुरा हस्ताक्षरकर्ताहरूले धेरै पटक भनिसकेका छन्। बृहत शान्ति संझाैताकाे कागजकाे मस्याैदा एशिया फाउन्डेशनले लगानि गरेकाे डिल्लीबजार स्थित NTTP नामक पश्चिमी संस्थाले गरेकाे हाे भन्ने कुरा पनि सार्वजनिक भैसकेकाे छ। पार्टीमा छलफलकाे एजेन्डा नै नलगि हतार हतारमा विदेशिले लेखेकाे कागजमा सहि गर्नुपर्ने बाध्यता के थियाे ?

७.)तपार्इंका नेताहरूले छानि छानि माअाेवादीहरूकाे सामुहिक हत्यामा संलग्न सेना र पुलिसका काहिमहरूलार्इ बढुवा गर्नु र अाकिस्मिक रूपमा मध्य राति लडाकु शिविरहरूमा सेनालार्इ कब्जा गर्न पठाउनुकाे कारण के ? फुजेल प्रकरणबाट "सेनाकाे माथिल्लाे तह पनि फस्ने खतरा रहेकाे" भनि बाबुरामले चिन्ता जाहेर गर्नुकाे कारण भन्न सक्नुहुन्छ ? उनीहरूका लागि सेना नजिक कि तपार्इंहरू ?

८.)शान्ति प्रकृयामा अाउनासाथ तपार्इंका नेताहरूकाे प्राथमिक काममा शहिदहरू, वेपत्ताहरू, घाइतेहरू, विस्थापितहरू र लड्नेहरूकाे व्यवस्थापनकाे विषय नपरेर नागरिकता एेन, भारतकाे मेगा जल अायाेजना, विप्पा, सुपुर्दर्गी संधि, एएरपाेर्टहरू, जर्नेलहरूकाे बढुवा र पार्टी दस्तावेजबाट भारत विस्तारवादी हाेइन भनि लेख्ने विषयहरू किन परे ? विदेशिका काम फटाफट हुनसक्ने तर युद्धबाट पिडीतहरूसंग जाेडिएका समस्याहरू कार्यसूचीमा नपर्ने ?
अाँखा खाेलेर मात्र बाेल्न सिक्नुहाेस्। म माअाेवादीका नाममा सर्वसाधारणहरूलार्इ फसाउने षडयन्त्रकाे विरूद्धमा छुँ। तर यसमा प्रचण्ड-बाबुरामले खेल्दै अाएकाे खलनायककाे भूमिकालार्इ ढाकछाेप गर्ने पक्षमा छैन। यी दुइ व्यक्तिहरू देशकाे संकट र बढ्दाे विग्रहकाे अभिन्न अंग हुन्। राज्य संयन्त्र, माअाेवादी र संसदवादीकाे नेतृत्वपंक्ति एउटै ड्याङका मूला हुन्। यस्ता तथ्यहरू धेरै छन्। कसैलार्इ तथ्य पनि पच्दैन कुरा बुझ्न पनि मन लाग्दैन भने त्याे त्यसकै चिन्तनकाे समस्या हाे।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक