20140510

गैरआवासीय नेपाली संघ, अमेरिकामा समाजसेवी राजा घलेको विजय सुनिश्चित !

गैरआवासीय नेपाली संघ, अमेरिकामा समाजसेवी राजा घलेको विजय सुनिश्चित बनेको यहाँको नेपाली समाजका प्रतिनिधिहरुले जनाएका छन् । निर्वाचनको माहोलमा सरगर्मी बढ्दै गर्दा अमेरिकामा रहेको नेपाली समाजका सदस्यले यस प्रकारको धारणा सार्वजनिक गरेका हुन् । समाजसेवामा समर्पित क्यालिफोर्नियास्थित नेपाली एक सामाजिक संस्थाका प्रतिनिधिको धारणा छ, ‘राजा घलेको पृष्ठभूमि हेर्दा समाज सेवामा उनको योगदान विशेष देखिन्छ, नेपाली समाज पार्टीगत राजनीतिक विचारधारा र जातिका कारणले खण्डीकरण भइरहेका बेला घलेको व्यवहार सबैलाई समेट्ने प्रकृतिको छ ।’ क्यालिफोर्निया बे एरियामा रहेर एक दशकदेखि समाजसेवी संस्था सञ्चालन गर्दै आएका उनले नाम उल्लेख नगर्न अनुरोध गर्दै भने– गुरुङको छोरा घलेले जाति र राजनीतिक दलका आधारमा राजनीति गरेको मैले पाइनँ, उनले खस, मधेसी, जनजाति, दलित सबैलाई नेपालीका नाताले समेट्ने गरेको मैले देखेको छु । जजिर्या एटलान्टा
निवासी समाज सेवी राजा घलेले एनआरएन आईसीसी सदस्यका लागि उम्मेदवारी दिएपछि उनको नाममा एक प्रकारको लहर सिर्जना भएको हो । हरेक एक हजार एनआरएन सदस्य रहेको मुलुकबाट एनआरएन आईसीसीमा एकजना प्रतिनिधित्व हुने प्रावधान रहेको र अमेरिकामा करिब चार हजार एनआरएन एनसीसीका सदस्यहरु बनेका कारण उनको विजयलाई नेपाली समुदायले सुनिश्चित ठानेको हो । चारजनाले एनआरएन आइसीसीमा सदस्यका रुपमा प्रतिनिधित्व गर्न पाउनेमा पाँच जनाको उम्मेदवारी परेका कारण निर्वाचन प्रक्रियाबाट निर्णय हुनेछ ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिको लागि एकजनाको छनौट पहिले नै भइसकेकाले बाँकी ३ जनामा एक सदस्य घले हुने नेपाली समुदायको विश्वास छ । गैरनाफामुखी संस्थाहरु रुम्जाटार सेवा समिति, ओखलढुंगा, अमेरिकाका लागि नेपाली सद्भावना राजदूत, नेपलिज एसोसिएसन अफ जर्जिया, गुरुङ समाज जर्जिया, एटलान्टा भेडिक टेम्पल र नेपलिज अमेरिकन काउन्सिलमा रहेर अनुभव सँगालेका घले विभिन्न क्षेत्रबाट सम्मानित व्यक्ति पनि हुनुहुन्छ ।

बाहिरी मुलुकमा नेपालको प्रवद्र्धनका लागि गठन भएको कार्यदल एनआरएन नर्थ अमेरिकामा अध्यक्ष भएर सेवा पु-याएका घले उत्तर अमेरिकाका लागि पर्यटन वर्ष २०११ का पनि अध्यक्ष हुनुहुन्थ्यो । दक्षिण–पूर्वी अमेरिका नेपाली संघका अध्यक्ष रहिसकेका उहाँले नेपाली समुदायको उत्थानका लागि दुई दशकभन्दा लामो समयदेखि निरन्तर सेवा पु-याउनुभएको छ ।

शिक्षा र जनप्रशासनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका घलेसँग विमान उडाउने सीप र प्रमाणपत्र पनि छ । बहुमुखी प्रतिभा घलेलाई नेपलिज एसोसिएसन अफ जर्जियाले वर्षका समाजेवी नायक (सोसल हिरो अफ द इयर) प्रदान गरेको छ ।

घलेलाई अमेरिकाका लागि एनआरएन सदस्य निर्वाचित गराउँदा उहाँले आर्जन गरेको अन्तर्राष्ट्रिय जनसम्पर्कको लाभ आम नेपाली समुदायले पाउने पनि मतदाताहरुको ठहर छ । घले वर्तमान अवस्थामा एसियन पेसिफिक अमेरिकन काउन्सिल (एप्याक) का लागि निर्वाचित नेपाली प्रतिनिधि हुनुहुन्छ ।

एभरेष्ट अनलिमिटेड इन्कका संस्थापक, मालिक तथा अध्यक्ष घले ग्य्राण्डपा सपिङ सेन्टर, एटलान्टामा पनि सोही हैसियत राख्नुहुन्छ । अमेरिकाको एभरेस्ट इन्टरटेनमेन्टका पनि अध्यक्ष रहेका घले सिर्जनशील उद्दमीका रुपमा चिनिनु हुन्छ ।

‘म नामका लागि समाजसेवामा लागेको व्यक्ति होइन, हृदयदेखि यस क्षेत्रमा केही गरौं भन्ने भावनाले समर्पित छु’ घलेले भन्नुभयो – अहिले मेरो एक मात्र लक्ष्य नेपाली समुदायको आवाज सही ढंगले गैरआवासीय अन्तर्राष्ट्रिय नेपाली संघसम्म पु-याउनु हो ।

‘अमेरिकामा बसोबास गर्ने प्रवासी नेपालीहरुका लागि केही गर्ने चोखो भावनाले उम्मेदवारी दिएको छु, साथीभाइ र इस्टमित्रहरुको सर–सल्लाहअनुसार नै उम्मेदवारी दिएका कारण सहयोग पाउने कुरामा पनि विश्वस्त छु’ घलेले भन्नुभयो– एनआरएनको स्थापना कालदेखि नै अन्तर्राष्ट्रिय समितिमा अमेरिकाको प्रतिनिधित्व न्यून रहेको सन्दर्भमा मेरो उम्मेदवारी र विजयले पुरानो खाडल पुर्न पनि सघाउनेछ ।

 
Curriculum Vitae

Displaying Raja at NY.jpg
Raja Ghale
Residence: Atlanta ,GA
Academic qualifications:
Master of Education: Tribhuvan University, Kirtipur, Nepal
Master of Public Administration: Public Administration Campus, Nepal
Bachelor of Science: Tri-Chandra Multiple College, Nepal
Private Pilot License: Havershyam Aviation, GA, USA

Social Work:
Founding General Secretary: Rumjatar Sewa Samiti, Okhaldhunga, Nepal
Good Will Ambassador of Nepal to USA: Gurung of Nepal Association
Founding Member & Adviser: Nepalese Association of Georgia ( NAG )
Founder and Patron: Gurung Society of Georgia ( GSG )
Former Vice President: Atlanta Vedic Temple
Former Co-Chairman: Nepalese America Council, Now NRN NCC of USA
Chairman: NRN North America, Task Force on Promotion of Nepal Abroad
Chairperson: Visit Nepal 2011 for North America
Former President: Nepalese Association in Southeast America ( NASeA )

Award : Social Hero of the Year by Nepalese Association of Georgia ( NAG )

International Organization:
General Secretary: Asian / Pacific American Council (APAC) - Elected and representing Nepal and Nepalese for 2012-2014.

Entrepreneurship:
Founder, Owner and President: Everest Unlimited Inc., Grandpa shopping Center, Atlanta
President - Everest Entertainment, INC. USA


Atlanta ,USA
Displaying Raja at ACC-1.jpg

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक