20140526

एसएसपी रमेश खरेल मुख्यालय तानिए !


मर्यादा विपरीत आफ्नो संगठनका अधिकारीको विपक्षमा अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले काठमाडौं प्रहरी प्रमुख बरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेललाई मुख्यालय तानेको छ । उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई पठाउने भएको छ । प्रहरी मुख्यालयको सिफारिसमा गृहमन्त्रालयले खरेललाई मुख्यालय बोलाएर
कार्कीलाई पठाउन लागेको हो । कार्की अपराध अनुसन्धानमा राम्रो दख्खल भएका मानिन्छन् । तर असार ८ गते संविधानसभाको उप निर्वाचन हुने भएकाले मङगलबार निर्वाचन आयोगको सहमति लिएर मात्र सरुवा गरिने भएको छ । ब्यावसायिक दक्षता भएका खरेलले दुई दिन अघि राजधानीको एक सार्वजानिक कार्यक्रममा आफ्ना संगठनका बरिष्ठ अधिकारी नायब महानिरीक्षक (डिआईजिपी)हरु बढुवाका लागि ब्रिफकेस बोकेर शक्तिकेन्द्र धाउने गरेको अभिब्यक्ति दिएर विबादमा तानिएका थिए । उनले संगठनको नीति विपरीत गएर अभिब्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले डिआईजिपीको संयोजनमा छानबीन समिति समेत गठन गरेको छ । खरेललाई आइतबार नै मुख्यालय तानिने तय भएको थियो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक