20140526

न्यायधीश नियुक्तिमा भागभण्डा !

संसदीय सनुवाई विशेष समितिले आठै जना न्यायाधीशको नाम अनुमोदन गरेको छ । २ जनाको सर्वसम्मत र बाँकी ६ जनाको बहुमत प्रक्रियाबाट टुङगो लगाइएको हो । आठै जना न्यायाधीशका विषयमा मतदान भएपनि न्यायाधीश वैद्यनाथ उपाध्याय र ओमप्रकाश मिश्र सर्वसम्मतबाट अनुमोदन भएका छन्। उनीहरुको विपक्षमा एक जनाले पनि मतदान गरेनन । बाँकी ४ जनाको न्यायाधीशको विपक्षमा एक मत मात्रै परेको थियो । सबैभन्दा विवादित दिपराज जोशी र चालेन्द्रशमसेर जबराको विपक्षमा धेरै मत थियो । एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय समाजवादी पार्टीले जोशी र जबराको विपक्षमा मतदान गरेका छ। जोशीको पक्षमा २५ र राणाकोृ विपक्षमा २४ मत परेको थियो । एमाओवादी राणाको विपक्षमा भएपनि टोपबहादुर रायमाझिले भने मत दिएनन । संसद सञ्चालनसम्बन्धी नियमअनुसार दुई तिहाईले मात्र नाम अस्वीकृत हुनुपर्नेमा एकतिहाई मात्र परेकाले दुबैजना स्वतः अनुमोदन भएका छन् । सुनुवाईका क्रममा सवैभन्दा बढी उजुरी परेका विवादास्पद न्यायाधीश गोपाल पराजुलीको विपक्षमा भने चीत्रबहादुर केसी एक जनाले मात्र मत जाएर गरेका थिए। उनको चर्को विरोध गर्दै आएको एमाले, एमाओवादी र अरु साना दलले पनि विपक्षमा मत दिएनन्। न्यायापरिषद्ले वैशाख ९ गते पुनरावेदनका न्यायाधीश वैजनाथ उपाध्याय, गोपाल पराजुली, दीपकराज जोशी, गोविन्दकुमार
उपाध्याय, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर राणा र जगदीश शर्मालाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरेको थियो। न्यायधीश नियुक्तिमा भागभण्डा भएको भन्दै राप्रपा नेपालले मतदान वहिस्कार गरेको छ। दलहरुबीच कसलाई सिफारिस गर्ने भन्नेमा कुरा नमिलेपछि मतदान प्रक्रियाबाट टुङ्गो लगाउने सहमति भएको हो । स्तावित न्यायाधीश चोलेन्द्रसमशेर जबरा र दीपकराज जोशीको नाम अनुमोदन गर्ने कि नगर्ने भन्नेमा दलहरु दुई धुव्रमा बाँडिएका थिए । भागबण्डाका आधारमा न्यायाधीश सिफारिस गर्न खोज्दा पनि कांग्रेस र अरुदलबीच कुरा नमिलेपछि चुनावमा गएको एक सदस्यले बताए । बैठकमा सहभागी सुनुवाइ समितिका सदस्यमध्ये नेपाली कांग्रेसका सभासदहरु राणा र जोशीलाई पनि सदर गर्नुपर्ने पक्षमा छन् भने एमाले र एमाओवादीका सभासदहरु उनीहरुलाई अस्वीकार गर्नुपर्ने पक्षमा थिए ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक