20140526

माथि उठ्ने होकी हामी ??

एमाले जन भन्छन मलाई एमाले नै हुनुपर्छ  
काङ्रेसी जन भन्छन मलाई काङ्रेस नै बन्नुपर्छ 
अपहरण गरी मार्न खोज्नेले नि अाइज भन्छन 
थाहा छैन के गर्न हो मान्छेहरु उनकै बन्छन ! 

एकसय सत्ताइस पार्टी कतै लागे एउटा खुशी
किन हाम्रो हुन्नस भन्दै अरु सबै बन्छन दुखी !
एउटा मात्रै ज्यान मेरो कता तिर लागुँ हजुर ?!
यही समाज चाहिन्छ मलाई कता तिर भागुँ हजुर ??

कुनै पार्टी नेता हेर्दा मन बुझाउने ठाउँँ छैन 
बाध्यताले लाहुरे बनेँ मेरो आफ्नो गाउँ छैन 
लाहुर पनि नेपाल भन्दा फरक कत्ती बनाएनन 
त्यही फोहोरी राजनीतिमा डुबे फरक भनाएनन !

जात जाती भाषा भासी क्षेत्रगत कुरा गर्छन् 
नेपालकै जस्तै गर्दै आफ्नो इच्छा पुरा गर्छन् 
चन्द्रमामै गए पनि हामी फरक कहाँ हौँला !
ख्याल गरौँ नेपाल नै रहेन भने कहाँ रौँला !

राजनीति भन्दा माथि उठ्ने होकी अब हामी 
राष्ट्रलाई माया गरे बन्नु पर्छ प्रतिगामी 
जे जे भन गाली गर मात्र राष्ट्र बँचे पुग्छ 
नेपालका नेपाली हौँ मात्र यत्ती सोंचे पुग्छ । 
                             राम प्रसाद खनाल - भर्जिनिया अमेरिका (www.NepalMother.com) 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक