20140529

प्रधानमन्त्रीको निवासमा आतङ्ककारी आक्रमण, अमेरिकाले आफ्ना नागरिकहरुलाई तुरुन्तै लिविया छोड्न आदेश !

लिवियाका प्रधानमन्त्रीको निवासमा आतङ्ककारीले मङ्गलबार राति आक्रमण गरेको समाचार छ । राजधानी त्रिपोलीमा रहेको उहाँको निवासमा भएको सो हमलासँगै त्यहाँ सुरक्षा अवस्था निकै नै चुनौतीपूर्ण बन्दै गएको समाचारमा जनाइएको छ । सो हमलापछि अमेरिकाले आफ्ना नागरिकहरुलाई तुरुन्तै लिविया छोड्न आग्रह गरेको छ । हमलाको समाचारले असुरक्षाको अवस्था नाजुक देखाएको पनि अमेरिकाले जनाएको छ । लिवियामा असुरक्षाको अवस्था बढ्दै गएको भन्दै तत्कालै लिविया छोड्न अमेरिकाले आफ्ना नागरिकलाई आदेश दिएको समाचारमा जनाइएको छ । लिवियाका एकजना व्यापारिक पृष्ठभूमिका ४२ वर्षीय अहमद मितिग यसै महिना लिवियाको प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई गरिएको मतदातको प्रक्रिया नै विवादास्पद भएको भनिएको थियो । त्यसअघिका प्रधानमन्त्रीले पनि आफूलाई आक्रमणको धम्की आएको भन्दै अप्रिलमा राजिनामा दिनुभएको थियो । प्रधानमन्त्री मितिगको निवासमा आज बिहानीपख आक्रमण
गरिएको उहाँका एकजना सहयोगीले जानकारी दिएका छन् । रकेट र मेसिनगनले उहाँको निवासमा हमला गरिएको थियो । त्यस समयमा प्रधानमन्त्री उहाँका परिवारसहित सोही निवासमै हुनुहुन्थ्यो । उहाँहरुलाई चोटपटक भने नलागेको समाचारमा जनाइएको छ । निकै समय आक्रमण भएको तर उहाँहरु सकुशल रहनुभएको सो समाचारमा उल्लेख गरिएको छ । सो आक्रमण त्यहाँको विद्रोही सशस्त्र समूह अन्सर अल सावियाले गरेको अनुमान गरिएको छ । उता अमेरिकाले बुधबार पनि अन्तिम पटक सूचना जारी गरी आफ्ना नागरिकलाई जतिसक्यो चाँडै लिविया छोड्न आदेश दिएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक