20140504

तपाईंलाई कस्तो लाग्छ कुन्नी ? छ कोही नेपाल मदर डट कमका यि प्रश्न सुन्नी ??!!

अमेरिकामा: 
१- एमालेको प्रबासी नेपाली मँच, त्यस भित्र पनि झलनाथ जी को एउटा समुह, केपी जी को अर्को समुह, माधव जी को झनै अर्को समुह, समुहै समुह रे ! 
२ - नेपाली काङ्रेसको जन संपर्क समिती, त्यहा भित्र पनि शुशिल दादाको एउटा, देउबा दाई को अर्को समुह, रामचन्द्र जीको अर्को समुह रे ! हुँदा अ हुँदा अर्जुन जोशी जी को अर्को समुह पनि छ रे ! 
३- अमेरिकाको कानुन ले बर्जित गरेकाले एमाओबादी को भात्री संगठन भनिएको छैन तर यहाँ पनि प्रचन्ड, बाबुराम, नारायण काजी सबै मार्का का एमाओबादीहरु र बैद्य बा को निकट समुह पनि कृयाशिल छन रे । 
४- रा.प्र.पा को आफ्नै समुह छ रे ! त्यहा भित्र पनि थापा काजी र पशुपती बाबुको लबी अलग अलग छ  रे !
५ - रा.प्र.पा नेपालका कमल थापा जि को अर्को समुह पनि कृयाशिल छ रे ! त्यहा भित्रको राजाबादी समुह र गणतन्त्र बादी समुह पनि अस्तित्वमा छन भन्ने हल्ला सुनिन्छ ! 
५- मधेशबादी हरेक दलका अलग अलग समुह छन रे यहाँ पनि ! 
७  - बाहुन र छेत्री बाहेक अमेरिकामा हरेक जात जाती भाषा भासी सबैका एउटा मात्र होइन धेरै संघ संस्था कृयाशिल छन, देखिन्छन ! 
८ - त्यती मात्र होर भन्या ! हरेक जिल्ला, नगर, क्षेत्र समुदायका पनि संघ संगठन कती हो कती !!!
९- कलाकार, पत्रकार, इन्जिनियर देखी ब्यबसायिहरु का अाफ्ना अाफ्ना संघ संगठन त्यो पनि नेपाल र नेपाली नाम जोडीएका !         
सामान्य नेपाली नागरिक देखी पिएचडि धारी,  सारी देखी दारी सम्म सबैलाई, जात जाती भाषा भासी, छेत्रगत हरेक हिसाबले बिभाजन गरिएको छ अमेरिकामा पनि ।
 कती खेर त लाग्छ हामी अमेरिका मा होइन नेपाल मै छौं, त्यहा को गन्धा राजनीति, त्यहाको बिक्रिती सबै हामी ले यहाँ बोकेर ल्याएका छौं । नेपाल र नेपाली जम्मा दुई वटा शब्दमा एकै ठाउँँ अटाउने हामीहरु किन यती सारो अबुझ र अर्काको गोटी बनिरहेका हौँला ?? अमेरिका आएर पनि किन हामी राम्रो कुरा सिक्न सक्दैनौँ होला ?? किन हामी नेपाल मा भन्दा बढी बिभाजित भएर जगत हँसाइरहेका हौँला ?? के हामी नेपाली हुनुको अर्थ सधैं यस्तै यस्तै मात्रै होत ?? हाम्रो घैँटोमा घाम कहिले लाग्ला ?? हामी एक हुन कहिले सिकौँला ?? अमेरिका बाट राम्रो कुरा सिकेर नेपाल र नेपाली लाई हामीले यहाँ बाट पनि त केही दिन सकिन्छ होला नि होइन र ?? यि र यस्ता थुप्रै प्रश्न उठ्छन मनमा तर हरेक बर्ष लाग्छ हामी झन पछाडि धकेलिँदैछौ । अनी मन निराश हुन्छ । तपाईंलाई कस्तो लाग्छ कुन्नी ? छ कोही यि प्रश्न सुन्नी ??!!       - www.Nepalmother.com                      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक