20140620

"तिमीहरु सबै घोप्टो पर, नत्र गोली हान्छु’ भनेर धम्क्याएपछि सबै चुप बसे", करोडौँको लुटपाट

डोल्पाको फोक्सुण्डो गाविसको नाउरे पाटनमा करोडौँको लुटपाट भएको प्रहरीले बताएको छ । यार्सागुम्बा सङ्कलन गर्न नाउरे पाटनमा गएका व्यापारी र सर्वसाधारण राति सुतिरहेको पालबाट १२ जना हतियारसहित आएका  लुटेराको समूहले रु चार करोड बराबरको नगद र सङ्कलन गरेको यार्सागुम्बा लुटेर लगेको प्रहरीले बताएको छ ।  राति सुतिरहेका बेलामा एक्कासि पालमा पसी ‘तिमीहरु सबै घोप्टो पर, नत्र गोली हान्छु’ भनेर धम्क्याएपछि सबै चुप बसेका र उनीहरुको नगद र यार्सागुम्बा लुटेर लगेको बताइएको छ  ।     लुटपाट से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र भएकाले आज बिहान से–फोक्सुण्डो निकुञ्जबाट नेपाली सेनाको एक टोली र जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेले नेतृत्वको ११ सदस्यीय अर्को टोली घटनास्थलतर्फ गएको डोल्पाका प्रमुख जिल्ला अधिकारी कृष्ण खनालले राससलाई बताउनुभयो ।     त्यसैगरी, रिग्मो पोस्टबाट नेपाली सेनाको एक टोली घटनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ गएको नेपाली सेनाले बताएको छ । दुनै सदरमुकामबाट तीन दिन पैदल हिँडेपछि मात्र सो घटनास्थलमा पुगिने भएका कारण थप जानकारी आउन समय लाग्ने प्रजिअ खनालले बताउनुभयो ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक