20140620

प्रधानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार जिब्रोको परीक्षण सम्पन्न !

प्रधानमन्त्री सुशील कोइरालाको जिब्रोको अवस्था परीक्षणबाट सामान्य देखिएको छ । धानमन्त्री कोइरालाको अमेरिकाको न्युयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा बिहीबार जिब्रोको परीक्षण सम्पन्न भएको थियो । प्रधानमन्त्रीकोसमेत कार्यभार सहाल्नुभएका उपप्रधानमन्त्री वामदेव गौतमले प्रधानमन्त्रीका
साथमा रहनुभएका प्रमुख सेनानी प्रकाश देउजासँग आज बिहान टेलिफोन सम्पर्क गरी प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको थियो । प्रमुख सेनानी देउजाले प्रधानमन्त्री कोइरालाको जिब्रोको परीक्षणबाट सामान्य नतिजा देखिएको उपप्रधानमन्त्री गौतमलाई जानकारी दिनुभएको सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले बताउनुभयो । फोक्सोमा देखिएको दागबारे आवश्यक परीक्षण गरिएको र त्यसको नतिजा आउन केही समय लाग्ने प्रमुख सेनानीबाट जानकारी प्राप्त भएको सूचना तथा सञ्चारमन्त्री डा. रिजालले जानकारी दिनुभयो । प्रधानमन्त्री कोइराला स्वास्थ्योपचारका सिलसिलामा गत सोमबार अमेरिका प्रस्थान गर्नुभएको थियो । उहाँले सोही सेन्टरमा केही वर्षअघि जिब्रोको उपचार गर्नुभएको थियो । मन्त्री डा. रिजालले भन्नुभयो, “प्रधानमन्त्री कोइरालालाई जिब्रोबाटै सङ्क्रमण भई त्यसको असर अन्यत्र परेको थियो कि भन्ने जुन आशङ्का थियो त्यो आशङ्का अब रहेन ।”

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक