20140623

निर्वाचनमा एक पछि अर्कों हार वेहोर्नु सामान्य कुरा होइन : बाबुराम भट्टराई

एनेकपा माओवादी उपनिर्वाचनसम्म पुग्दा पाँचौ स्थानमा झरेको छ, जमानत समेत गुमाएको छ !
२०६४ सालमा सम्पन्न संविधान सभाको पहिलो निर्वाचनमा कैलाली क्षेत्र नम्बर ६ मा अग्रस्थानमा रहेको एनेकपा माओवादी २०७१ को उपनिर्वाचनसम्म पुग्दा पाँचौ स्थानमा झरेको छ। २०७० मंसिर ४ गते सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा तेस्रो स्थानमा झरेको एनेकपा माओवादीले उपनिर्वाचनमा जमानत समेत गुमाएको छ। एनेकपा माओवादीका सुन्दरराज रेग्मीले १ हजार ७ सय ६६ मत हासिल गरेका छन्। जमानत
जफत हुनेमा एनेकपा माओवादी सहित १२ उम्मेदवार रहेका छन्। नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा नेपालले मात्रै जमानत फिर्ता पाएका छन्। उम्मेदवारले कुल खसेको मतको १० प्रतिशत मत प्राप्त गरे मात्रै जमानत फिर्ता हुने कानूनी व्यवस्था रहेको छ। मंसिर ४ मा एनेकपा माओवादी भन्दा पछि चौथो र पाँचौ स्थानमा रहेका राप्रपा नेपाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले उपनिर्वाचनमा उसलाई पछि पारेका छन्। तर मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले समेत जमानत जोगाउन नसकेको निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ। मंसिर ४ मा पाँचौ स्थानमा रहेको राप्रपा नेपाल उपनिर्वाचनमा तेस्रो स्थानमा उक्लिएको छ भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिक चौथो स्थानमै रहेको छ। उपनिर्वाचनमा राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६७ र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका लक्ष्मण थारुले ३ हजार ५ सय ८९ मत प्राप्त गरेका छन्। मंसिर ४ मा तेस्रोमा रहेको एनेकपा माओवादीले ४ हजार ७ सय ६४, चौथोमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले ४ हजार ४ सय ७३ र पाँचौमा रहेको राप्रपा नेपालले २ हजार ४ सय ७३ मत प्राप्त गरेको थियो। मंसिर ४ मा पहिलो नम्बरमा रहेर निर्वाचन जितेको काँग्रेस उपनिर्वाचनमा समेत पहिलो नम्बरमा रहन पुगेको छ। मंसिर ४ मा काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा १६ हजार ४ सय ८९ मत प्राप्त गरेर विजयी भएका थिए। त्यसैगरी उपनिर्वाचनमा समेत काँग्रेसकै पुष्करनाथ ओझा १४ हजार ७ सय ८४ मत हासिल गरेर विजयी भएका छन्। मंसिर ४ र उपनिर्वाचन दुवैमा नेकपा एमालेका महेश्वर पाठक निकटतम् प्रतिद्वन्द्वीका रुपमा पराजित भएका छन्। उनले मंसिर ४ मा ८ हजार ५ सय ६३ र उपनिर्वाचनमा ११ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्। उपनिर्वाचनमा पूर्वानुमान अनुसार नै काँग्रेस र एमालेबीच प्रतिस्पर्धा भएको छ। मंसिर ४ को तुलनामा उपनिर्वाचनमा एमालेले मत संख्या बढाएको छ भने काँग्रेसले गुमाएको छ। राप्रपा नेपालले समेत मंसिर ४ को भन्दा उपनिर्वाचनमा आफ्नो जनाधिकार बलियो बनाएको छ। उसले मंसिर ४ को भन्दा उपनिर्वाचनमा १ हजार ८ सय ९४ मत बढि प्राप्त गरेको छ। मंसिर ४ र उपनिर्वाचन दुवैमा चौथो स्थानमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले भने उपनिर्वाचनमा मंसिर ४ का केही मत गुमाएको छ। उसले मंसिर ४ को भन्दा ८ सय ८४ मत गुमाएको छ। उपनिर्वाचनमा छैठौं स्थानमा रहेको थरुहट तराई पार्टी नेपालका भानुराम चौधरीले १ हजार २ सय ८८ मत प्राप्त गरेका छन्। उपनिर्वाचनमा कुल ६१ हजार ८ सय १७ मतदाता मध्ये ३९ हजार ६ सय ६३ ले मात्रै मतदानमा भाग लिएका थिए। निर्वाचन कार्यालय कैलालीका अनुसार कुल मतदाताको करिव ६३ मत खसेको छ। निर्वाचन क्षेत्रका ३० मतदान स्थलमा रहेका ७५ मतदान केन्द्र मार्फत मतदाताहरुले मतदान गरेका थिए।
एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा एक पछि अर्को हार बेहोर्नु सामान्य कुरा नभएको बताएका छन्। आज सम्पन्न संविधानसभा उपनिर्वाचनमा एमाओवादीले जमानत जफतसहितको लज्जास्पद हार बेहोरेपछि सोमबार राती आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेख्दै भट्टराईले भने- 'हालै सम्पन्न ४ वटा उपनिर्वाचनको नकारात्मक परिणामलाई एमाओवादीले गम्भीरतापूर्वक लिनैपर्छ। संविधानसभा, गणतन्त्र , धर्मनिरपेक्षता, समावेसी/समानुपातिक लोकतन्त्र जस्ता युगान्तकारी राष्ट्रिय एजेण्डाहरुको अगुवाइ गर्ने शक्तिले संस निर्वाचनमा एक पछि अर्कों हार वेहोर्नु सामान्य कुरा होइन।' वेलामा वस्तुनिष्ठ आत्मसमीक्षा गरौं । नत्र भोलि धेरै ढिलो भैसकेको हुनेछ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक