20140622

"गायव सभामूख" :बासुदेव अधिकारीको एकल कविता वाचन कार्यक्रम क्यानडाको एडमन्टनमा सम्पन्न

कुसुम ज्ञवाली
क्यानडा, एडमन्टन / शब्द संयोजन साहित्यिक मासिकका सम्पादक बासुदेब अधिकारीको एकल कविता वाचन कार्यक्रम क्यानडाको एडमन्टनमा सम्पन्न भयो । अधिकारीका हालै प्रकासित कविता संग्रह 'गायव सभामूख' मा समेटिएका एक दर्जन भन्दा बढी कविता बाचन
गरिएको थियो । अनैापचारिक शैलिमा सम्पन्न उक्त कार्यक्रममा कविताको रचना गर्भको पनि रोचक प्रसंग बासुदेब अधिकारीले वीचविचमा सुनाउनु भयो । 'सडक इन्जिनिएरसंग' शीर्षकको कविताले मुल जिम्मेवारी विर्सेर झिनामसिना कुरामा अल्झेको नेतृत्व प्रति ब्यङ्ग्य अभिब्यक्त थियो भने 'संविधान लेखकसंग' शिर्षक कविताले मतदाताको भावनाको अबमुल्यन भएको पिडा अभिब्यक्त थियो । 'होमअोर्क र फेसबुक जुलुस' शिर्षक कविताले नयाँ पुस्ताले नेतृत्वको अकर्मन्यतालाइ गहनढंगले मुल्याङ्कलाइ कलात्मक रूपमा उतारिएको थियो भने 'हैरान सभामुख' शिर्षक कवितामा सभासदहरूले निदाउने, भाग्ने, अनुपस्थित हुने गर्दा पनि सभामुख मात्र एक्लैले केही गर्न नसक्ने यथार्थ पोखिएको थियो । 'नाक जोखाइ' शिषर्क कवितामा जातिय एकता भाड्न नेपालमा अोइरिएको विदेशी अनुदानको अालोचना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रज्ज्वल चापागाइ, रामप्रसाद ज्ञवाली, शान्ता बस्नेत, रूद्र गैातम, भावना पोखरेल, नवराज अधिकारी, कुसुम ज्ञवाली, गोविन्द खनाल, रजनी अधिकारी, अनमोलमणी पैाडेल लगायतका सहभागी हुनुहुन्थ्यो ।


एकल कविता पछि दिवाभोज र नेपाली भाषा-साहित्यका विदेशमा रहेका नेपाली समुदाय र त्यहाँका नयाँ पुस्तामा पुराउन रहेका चुनैातिका बारेमा अनैापचारिक छलफल भएको थियो । 'यो क्यानडियन अंग्रेजी बातावरणमा हुर्केको मेरो छोराको पुस्ताले नेपाली त बोल्ला तर लिपी लेख्न सक्ने बनाउनु साँच्चिनै चुनैाति छ' कथाकार/पत्रकार अनमोलमणीले भन्नु भयो । 'लगभग ३० लाख नेपाली मुलुक बाहिर रहेको अबस्थामा भाषा साहित्यलाइ विदेशमा जन्मे हुर्केको पुस्तामा प्रभावकारी ढंगले लैजान सकिएको छैन, नेपालमा रहेकी हजूर अामा जसले अंग्रेजी जान्नुहुन्न उहाँले अाफ्ना नाति-नातिनासंग कुरा गर्ने रहर अधुरो रहने दुखद अबस्था छ ।' रामप्रसाद ज्ञवालीले भन्नु भयो । 'भाषा साहित्यलाइ स्थानिय नेपाली समुदायले प्रार्थमिकताको क्षेत्रको रूपमा योजना बध्द रूपमा कार्यक्रम ल्याउन पर्छ ।' प्रज्ज्वल चापागाइले जोडदिनु भयो । नेपाली सिकाउने क्यानडियनशैली अपनाउन सके नेपाली हाम्रा छोराछोरीलाइ सिकाउन सजिलो हुने अनुभव रजनी अधिकारीले सुनाउनु भयो । 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक