20140622

तेरियाको जितमा पनि जातीय राजनीतिक रंग दिने प्रयास, आङकाजी शेर्पाको अर्को पागल पन !

शनिबार राति जिटिभीको डिआइडी लिल मास्टर्स टाइटल जितेकी तेरिया मगरको जितमा सबै नेपालीले खुसी ब्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालमा तेरियालाई बधाइ नदिने कोही पनि छैन भन्दा पनि हुन्छ । देश भित्र र बाहिर रहेका सबैले तेरियाको जितलाई नेपालको सानकोरुपमा अर्थ्याएको देखिन्छ ।
तर तिनै तेरियाको जितमा पनि जातीय राजनीतिक रंग दिने प्रयास भएको आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पाको फेसबुक स्टेटस र त्यसमा देखिएका कमेन्टले देखाएको छ ।
आङकाजीले तेरिया मगरको जितमा जनजातिको भोटले मुख्य भूमिका खेलेको र आर्यहरु भारतकी प्रतियोगी अनुस्का क्षेत्रीलाई भोट गरेको टिप्पणी सहित तेरियालाई बधाइ दिएका छन् ।
यस्तो छ उनको फेसबुक स्टाटसको स्क्रिन सटः
उनको स्टेटससमा उनको भनाइसँग सहमत राख्ने र विरोध गर्नेहरुबीच निक्कै चर्को जुहारी समेत चलेको
देखिन्छ ।

तर अहिले भने आङ काजीले यो स्टेटस हटाएका छन् ।

यस अघि आङ काजी पत्रकारलाई सार्वजनिक कार्यक्रममा हातपात गर्न खोजेपछी चर्चामा आएका थिए ।

तेरिया मगरलाई जिताउन काठमाडौं सहित देशका सबै जसो सहरमा एसएमएस अभियान नै चलाइएको थियो । तर यसमा पनि जातीय राजनीतिको गन्ध छिराइएको भन्दै आङ काजीको स्टेटसमा तिव्र विरोध समेत भएको छ ।
बुटवलकी तेरिया मगरले शनिबार जिटिभीको डान्स शोमा प्रथम भएर देशको सान बढाउने काम गरेकी थिइन् 

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक