
नसक्ने भएपछि कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुुभयो -" अहिलेका लागि एनआरएनले प्रधानमन्त्रीको सम्मानमा गर्ने कार्यक्रम स्थगित भएको छ । उहाँको स्वास्थ्यमा सुधार आएपछि समय मिलेमा कार्यक्रमको अर्को मिति तय गर्नेछौं । " गएराती प्रधानमन्त्रीको स्वास्थ्य अचानक बिग्रिएपछि कार्यक्रममा सहभागी हुन नसक्ने अवस्था आएको प्रधानमन्त्रीका सहयोगी मृदुला कोइरालाले जानकारी दिनुुभयो । गएराती अचानक खोकी बढेपछि प्रधानमन्त्री कोइराला रातभर सुत्न नसकेकाले एनआरएनको कार्यक्रममा सहभागी हुन नसक्नुुभएको हो । मृदुला कोइरालाले भन्नुुभयो -"उहाँलाई पहिले पनि खोकी लागिरहेको थियो । तर गएराती अचानक खोकी बढ्यो । रातभर सुत्न सक्नुुभएन । प्रधानमन्त्रीले पनि कुनै कार्यक्रममा सहभागी हुन सक्दिन भन्नुुभयो । उहाँका नीजि चिकित्सक करविरनाथ योगीले पनि प्रधानमन्त्रीलाई कुनै कार्यक्रममा सहभागी नहुन र आराम गर्न सुुझाव दिनुुभएकाले सबै औपचारिक कार्यक्रमहरु रद्द गरिएको छ ।" -खसोखास
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक