20140622

नेपालकी बालिका टेरिया मगरले इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि जितिन !



नेपालकी बालिका टेरिया मगरले भारतीय टेलिभिजन च्यानल जीटिभीको रियालिटी शो डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्स–३ को उपाधि जितेकी छन् । शनिबार राती भएको फाइनलमा ११ वर्षकी टेरियाले अरु तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । अडिसन राउण्डदेखि नै उत्कृष्ट नृत्य गर्दै आएकी रुपन्देहीकी उनले १४ वर्षसम्मका ४० हजार बालबालिकालाई पछि पार्दै दर्शकबाट सबैभन्दा धेरै भोट पाएर उपाधि जितेकी हुन् । उपाधिसँगै उनले ५० लाख भारतीय रुपैयाँ र एउटा कार जितेकी छन् । रुपन्देही
रुद्रपुरको पिसल्याण्ड भूपू सैनिक विद्यालयमा ५ कक्षामा अध्ययन गर्ने टेरियाले बुटवलको बागेश्वरी संगीतालयमा ५ वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । प्रतियोगितामा नेपाली मूलकी भारतीय बालिका ८ वर्षकी अनुष्का क्षेत्री दोश्रो हुन सफल भइन् । भारत बेंगलोरका १० वर्षका सद्विन सेट्टी तेश्रो र मुम्बईका १२ वर्षका हार्दिक रुपारेल चौथो भए । भारतका बिभिन्न प्रतियोगिताहरुमा नेपाली मूलका भारतीयले सफलता पाएपनि नेपालमा नै जन्मिएर डिआइडी लिटिल मास्टर्सको उपाधि हात पार्ने टेरिया पहिलो नेपाली हुन् । कार्यक्रममा नेपाली परम्परागत पोशाकमा टेरियाका बाबु, आमा र अरु धेरै नेपालीहरु पुगेका थिए । टेरियाले फाइनलमा १७ लाखभन्दा बढी भोट पाइकी थिइन् । टेरियालाइ जिताउन धेरै नेपालीले अनलाइन र टेलिफोन मार्फत भोट दिएका थिए । टेरियाकी आमा रुपन्देही रुद्रपुरको पिसल्याण्ड भूपू सैनिक विद्यालयमा क्यान्टिन सञ्चालन गर्नुहुन्छ भने बुबा रोजगारीका क्रमम संयुक्त अरब इमिरेट्सको दुबइमा हुनुहुन्छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक