20140626

जिव्रोको क्यान्सरबाट निको भएका प्रधानमन्त्री सुशिल कोईरालालाई फोक्सोमा क्यान्सर भएको पुष्टि !

न्युयोर्क / मेमोरियल स्लोन केटरिड सेन्टरमा उपचार गराईरहेका प्रधानमन्त्री सुशिल कोईरालालाई फोक्सोको क्यान्सर भएको मेडिकल रिर्पोटले देखाएको छ । अघिल्लो पटकको जिव्रोको क्यान्सरबाट निको भएका कोइरालालाई फोक्सोमा क्यान्सर भएको रिपोर्टबाट पत्ता लागेको उपचारमा संलग्न अधिकारीहरुले जनाएका
छन् । फोक्सोमा देखिएको सेतो दाग क्यान्सर भएको आसंंकामा अमेरिका पुर्याइएका कोइरालालाई उक्त दाग क्यान्सर नै भएको पुष्टि भएको छ । कोइरालाको फोक्सोमा देखिएको दागको क्यान्सर शुरुवातको अवस्था भएको र आगामी बुधबार देखि रेडिएसन थेरापि सुरु हुने भएको छ। थेरापि दिने डाक्टर एन्डेज रिमनेर को भनाइ अनुसार यो पाँच दिनको कोर्स हुनेछ । त्यसपछि केहि दिन आराम गरेर नेपाल फर्कने योजना रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । पछिल्लो क्यानसरबाट खोकी वाहेक अरु समस्या नदेखिएको वताईन्छ । मेडिकल भाषामा रेडियो थेरापीको क्रममा फोक्सोको गाठोमा लक्षित विकिरण चिकित्सा गरिने छ । जसमा फोक्सोमा भएको गाँठोका कोषहरुलाई केन्द्रित गरेर विकिरण दिइने छ ।

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक