20140607

सुनचाँदी ब्यवसायीहरुले सुरक्षाको जिम्मा लिएको प्रहरीबाट नै असुरिक्षत भएको गुनासो गरे !!!

- लक्ष्मण पौडेल 

भैरहवा । सुनचाँदी ब्यवसायीहरुले सुरक्षाको जिम्मा लिएको प्रहरीबाट नै असुरिक्षत भएको गुनासो गरेका छन् । लुम्बिनी अञ्चलमा प्रहरीले सुनचाँदी व्यवसायीलाई गाँजा, अफिमको व्यापार गर्ने व्यापारीलाई भन्दा बढी दुखः दिएको उनीहरुको आरोप छ । सुनचाँदी ब्यवसायीहरुले शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै आफुहरु राज्यले तोकेको हरेक प्रक्रिया पुरा गरेर काम गर्दा पनि प्रहरीबाट नै सताइएको दाबी गरे । सुनचाँदी
व्यवसायी महासंघका उपाध्यक्ष प्रेमकुमार सेन्चुरीले कानुनसंगत रुपमा स्थानीय बजारमा सुनचाँदी खरिद बिक्री गर्दा समेत प्रहरीले व्यवसायीलाई दुःख दिएको बताउनुभयो । “नेपालभित्रै बिलविजक सहित खरिदबिक्री गर्दा पनि प्रहरीले विभिन्न अभियोग लगाई व्यवसायीलाई प्रताडित पारेका छन्, यसले ब्यवसायीहरु निरुत्साहित भएका छन्”–सेन्चुरीले भन्नुभयो । जेठ २० गते बुटवल अमरपथको बज्राचार्य आभुषण सेन्टरबाट इन्द्रपुजा सुनचाँदी पसल गल्याङ स्याङ्जाले २२ तोला सुन खरिद गरी लैजाँदै गर्दा पाल्पा प्रहरीले चोरी तस्करीको सुन भन्दै बरामद गरेको थियो । इन्द्रपुजा सुनचाँदीका कालीगढ ज्ञानबहादुर बि.क. र कुल बहादुर बिकले ११ लाख ३३ हजारमा बुटवलमा खरिद गरेको २२ तोला छापावाल सुन झोलामा राखी मोटरसाइकल मार्फत सुन सहित पाल्पा जाँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । पत्रकार सम्मेलनमा कालीगढ ज्ञानबहादुरले प्रहरीले आफुहरुमाथि अमानवीय व्यवहार समेत गरेको बताउनुभयो । आफुहरुसँंग कानुन सम्मत तरिकाले खरिद गरेको सुन रहेता पनि फसाइएको सुन खरिदकर्ताले बताएका छन् । उनीहरुका अनुसार मंगलबार राति बिलबिजक सबै हेरेर प्रहरीले बुधवार बिहान ९ बजे छाडिदिने भनेको थियो । तर अर्कोदिन ८ बजेतिर नै पत्रकार सम्मेलन गरेर कानुनसम्मत सुन खरिद गरी आफ्नो पसलमा लैजाँदै गरेकोलाई तस्करी अभियोगमा राजस्व अनुसन्धानको हिरासतमा पठाएको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार पाल्पाका डिएसपी शिव श्रेष्ठले अर्कोदिन छाडिदिने भनेका थिए । तर अर्कोदिन हाम्रा मान्छेहरु नआउँदै एक्कासी पत्रकार सम्मेलन गरेर खरिदकर्तालाई तस्कर घोषित गरिएको खरिदकर्ताहरुको भनाई छ । प्रहरी सहायक निरीक्षक गोविन्द न्यौपानेको कमाण्डमा खटिएको प्रहरी टोलीले लामीडाँडामा चेकजाँच गरेको थियो । पाल्पा प्रहरी प्रमुख श्रेष्ठले कमिसनको खेलमा सुनचाँदी व्यवसायीलाई तस्करीको अभियोगमा फसाउने प्रयास गरेको व्यवसायीको आरोप छ ।


No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक