20140607

केटाले केटी भगाए पछी राजमार्ग बन्द, राजमार्ग खुलाउने क्रममा सात राउण्ड हवाइ फायर र १० राउण्ड आँशुग्याँस !

महेशपुर गमहरीया ४ का डिम्पलकुमारी सिंहलाई इटारी प्रशाहीका मोहित मण्डलले लगेको भन्दै माइती पक्षले पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । मिर्चैया घुर्मी चोकमा अवरुद्ध राजमार्ग खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपमा परी पाँच प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । मोहित मण्डलले छोरीलाई अपहरण शैलीमा लिएर गएको भन्दै आफन्त लाठीसहित सडकमा उत्रिएका थिए । सिंहको परिवारले प्रहरीमा उजुरी समेत दिएका छन् । पाँच दिनअघि इलाका प्रहरी कार्यालय मिर्चैयामा तीन दिनभित्र केटा पक्षले केटीलाई आफन्तसँग भेट गराउने सहमति गरेको थियो । तर, सहमति पूरा नभएको भन्दै सिंहका आफन्तले शनिबार विहानै सडक अवरुद्ध पारेका हुन् । राजमार्ग खुलाउने क्रममा सात राउण्ड हवाइ  फायर र १० राउण्ड आँशुग्याँस समेत हानेको छ ।
****************************************************

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक